alliance khabar

आइतबार, चैत्र ०८, २०८२

काठमाडौँ, चैत ८ गते ।

नेपाल स्वयंसेवी रक्तदाता समाजको डोल्पा जिल्ला शाखा गठन गरिएको छ । शनिबार दुनैमा आयोजित भेलाले सामाजिक अभियन्ता तथा स्वास्थ्यकर्मी राजनकुमार डाँगीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । नवगठित समितिको उपाध्यक्षमा दिलमाया केसी, सचिवमा कर्ण विक र कोषाध्यक्षमा मिनराज बुढा (विवस) चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरूमा सुमन थापा, जयकृष्ण हमाल, प्रेम थापा, नवीनकुमार शाही, रूपलाल बोहरा, आनन्द सिंह रावल र चन्द्रराज बुढा हुनुहुन्छ ।

बैठकले राज्यलक्ष्मी हमाल र डा. अखण्ड उपाध्यायलाई मनोनीत सदस्यका रूपमा चयन गरेको छ । कार्यक्रम डोल्पा जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सिजन रावलको अध्यक्षतामा सम्पन्न भएको थियो। नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्य तथा जिल्ला प्रशासन कार्यालय डोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी रमेश पौडेलको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाली सेनाका सेनानी संग्राम सार्दुल, डा. अजयप्रसाद पाण्डे, दीपकराज भट्ट र सुवास राना लगायतको उपस्थिति रहेको थियो ।

उक्त अवसरमा स्वयमसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष कर्माचार्यले ध्रुवतारा आधारभूत विद्यालय अन्तर्गत अपाङ्ग स्रोत कक्षामा अध्ययनरत कक्षा ४ की छात्रा शर्मिला विकको कक्षा १२ सम्मको अध्ययन खर्च व्यहोर्ने घोषणा गर्नुभएको थियो ।  प्रमुख अतिथि कर्माचार्यले समाजसेवाको अभियानमा जोडिएका सबैलाई बधाई तथा शुभकामना व्यक्त गर्दै रक्तदान अभियानलाई देशव्यापी रूपमा सुदृढ बनाउन आग्रह गर्नुभयो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल