मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज मेहनतको प्रतिफल प्राप्त हुने दिन छ । विगतमा गरेका प्रयासले सकारात्मक नतिजा दिन सक्छन् । व्यवसाय विस्तार वा नयाँ योजनामा लगानी गर्ने अवसर मिल्न सक्छ । पारिवारिक वातावरण सुखद रहनेछ भने अध्ययन, अनुसन्धान तथा यात्राबाट लाभ मिल्ने संकेत छ । वृष (इ, उ, ए, […]
रौतहट, जेठ १८ गते । मधेश प्रदेश सरकारका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री कनिश पटेलले मधेश प्रदेशलाई धार्मिक तथा पर्यटकीय केन्द्रका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ। रौतहटमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पटेलले प्रदेशका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदालाई विश्वसामु चिनाउन मन्त्रालयले विभिन्न योजना सञ्चालन गरिरहेको जानकारी दिनुभयो। उहाँले यहाँका धार्मिक तथा सांस्कृतिक सम्पदाको […]
फुङलिङ, जेठ १८ गते । दोस्रो कञ्चनजङ्घा साहसिक म्यारथन प्रतियोगिताको उपाधि पाँचथरका विशाल राईले हात पार्नुभएको छ । दोस्रो सिरिजङ्घा पर्यटन महोत्सवको अवसरमा आयोजित उक्त साहसिक खुल्ला म्याराथनको उपाधि राईले हात पार्नुभएको हो । २४ प्रतिस्पर्धीलाई पछि पार्दै राईले ५ घण्टा ३० मिनेट ८ सेकेण्डमा ४२ किलो लामो दूरी पार गर्नुभएको थियो । सिरिजङ्घा गाउँपालिका–८ […]
काठमाडौँ, जेठ १८ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सोमबार भारत भ्रमणमा जाने हुनुभएको छ । भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा सभापति लामिछानेले जेठ १८ देखि २२ गते (जुन १ देखि ५ तारिख) सम्म भारत भ्रमण गर्नुहुने रास्वपाले जनाएको छ । पार्टीले आइतबार जारी गरेको प्रेस विज्ञप्ति […]
तनहुँ, जेठ १८ गते । तनहुँका सबै स्थानीय तहमा क्रमशः मगर भाषाको पठनपाठन विस्तार गरिने भएको छ । मगर भाषा, लिपि, संस्कृति तथा पहिचानको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले स्थानीय पाठ्यक्रम निर्माण तथा शिक्षक प्रशिक्षण प्रदान गरेर विद्यालयस्तरमा पठनपाठन विस्तार गर्ने तयारी थालिएको हो । नेपाल मगर संघ तनहुँको आयोजनामा तथा शुक्लागण्डकी नगरपालिकाको सहयोग आइतबार […]
काठमाडौँ, जेठ १८ गते । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले वित्तीय समावेशीकरण र उद्यमशीलता विकासका माध्यमबाट गरिबीको समाधान गर्न सकिने बताउनुभएको छ । स्रोहौँ सामाजिक व्यवसाय दिवसका अवसरमा स्वावलम्बन विकास केन्द्रले आइतबार राजधानीमा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । नोबेल शान्ति पुरस्कार विजेता प्राध्यापक मोहम्मद युनुसको ‘तीन शून्य’ (शून्य गरिबी, शून्य […]
काठमाडौँ, जेठ १८ गते । सोमबार देशका विभिन्न भूभागको मौसम सामान्यतया बदली रहने छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ भने तराई भू–भागमा आंशिक बादल लाग्नेछ । यस्तै, कर्णाली र सुदूरपश्चिमलगायत कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै […]
भैरहवा, जेठ १७ गते । बुद्धसँग सम्बन्धित ऐतिहासिक तथा धार्मिक स्थल संरक्षण, सौन्दर्यीकरण र पर्यटन पूर्वाधार विकासका लागि विश्व बैङ्कको सहयोगमा सञ्चालन हुने बहुवर्षीय परियोजना कार्यान्वयन चरणमा प्रवेश गरेको छ । परियोजना कार्यान्वयनका लागि सहरी विकास तथा भवन निर्माण विभागले रुपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीका चार स्थानीय तहसँग सम्झौता गरेको छ । सम्झौतामा कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप […]
गुल्मी, जेठ १७ गते। पश्चिम गुल्मीको मदाने गाउँपालिका वडा नम्बर १ अग्लुङ्गमा निःशुल्क बृहत् स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। स्थानीय नागरिकहरूलाई गाउँघरमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित यहि जेठ २१ र २२ गते स्वास्थ्य शिविर आयोजना गर्न लागिएको वडा अध्यक्ष सुशील चन्दले जानकारी दिनुभयो। उहाँका अनुसार अग्लुङ्ग वडा कार्यालय आयोजना तथा डाक्टर राजेन्द्र […]
हिले, जेठ १७ गते । १८औँ संस्करणको शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि बेलबारी फुटबल क्लब, मोरङले जितेको छ। धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा शनिबार सम्पन्न फाइनल खेलमा आयोजक शहीद भीमनारायण स्मृति प्रतिष्ठानलाई ट्राइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै बेलबारीले उपाधि जितेको हो। निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय ट्राइब्रेकरबाट गरिएको थियो। ट्राइब्रेकरमा बेलबारीका […]