आज मिति २०८२ चैत्र ३० गते , 13 april 2026 साेमबार , यस्तो छ तपाईको राशिफल

मेष  (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) चुनौतीका बाबजुद नसोचेका काम बन्न सक्छन् । धैर्यपूर्वक अघि बढ्ने समय छ । छर छिमेकमा केही असमझदारी बढ्ने सम्भावना रहेपनि प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । सन्तान वा अनुयायीबाट खुसी मिल्नेछ । परिवारजन तथा आफन्त बीच आत्मीयता बढ्नेछ, तर मान्यजनसँग भने केही असमझदारी हुन सक्छ । […]

सुरक्षण मुद्रण केन्द्रमा सवारी लाइसेन्स छपाइ तीव्र

बनेपा, चैत २९ गते । सरकारले सवारीचालक अनुमतिपत्र (सवारी लाइसेन्स) छपाइको कामलाई तीव्रता दिएको छ । सरकारले कात्तिक २१ गतेदेखि काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्रबाट सवारीचालक अनुमतिपत्र (सवारी लाइसेन्स) छाप्न सुरु गरेको हो । यातायात व्यवस्था विभाग र केन्द्रबिच सम्झौता भएबमोजिम केन्द्रबाट छ महिनाभित्र १२ लाख थाम लाइसेन्स छाप्ने सम्झौताबमोजिम लाइसेन्स छपाइको कामलाई […]

जाजरकोटमा नयाँ शैक्षिक सत्र अगावै पुग्यो पाठयपुस्तक

जाजरकोट, चैत २९ गते ।  नयाँ शैक्षिक सत्र अगावै जाजरकोटका पुस्तक पसलमा किताब आइपुगेका छन् । शैक्षिक सत्र २०८३ आउन केहि दिन बाँकी रहेपनी जनक शिक्षा सामग्री केन्द्रले अनुमति पाएका व्यवसायीले खरिद जिल्लामा ल्याएका छन् । शैक्षिक सत्र सुरु हुनु अगावै पाठयपुस्तक विद्यालयम पुगेपछि विद्यार्थी अभिभावक खुसी भएका छन् । जाजरकोटका सात वटा स्थानीय तहका […]

आज केही स्थानमा वर्षा र हिमपात हुने

काठमाडौँ, चैत २९ गते । हाल देशमा कमजोर पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावले देशका विभिन्न भागमा आंशिक बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका पहाडी र हिमाली भागमा आंशिक बदली रहेको छ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ । महाशाखाका अनुसार आज दिउँसो […]

आज मिति २०८२ चैत्र २९ गते , 12 april 2026आइतबार , यस्तो छ तपाईको राशिफल

मेष  (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यवसायिक काममा फाइदा उठेपनि तत्काल खर्च समेत गर्नुपर्ला । अप्रिय समाचारले मन खिन्न रहला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । काममा परिवारजनको सहयोग जुटाउन सक्दा लाभ मिल्नेछ । पशुधन र जमिनबाट सामान्य लाभ हुने योग […]

नवनियुक्त मन्त्रीहरूले लिनुभयो शपथ

काठमाडौं, चैत २७ गते ।  नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । शुक्रबार शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त मन्त्री द्वय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा रामजी यादवले सपथ ग्रहण गर्नुभएको हो । समारोहमा उपराष्ट्रपति रामहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय […]

सुरु भयो बिस्का जात्रा

भक्तपुर, चैत २७ गते ।  आठ रात नौ दिनसम्म भव्य रुपमा मनाइने भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक महत्त्व बोकेको बिस्कास् अर्थात् बिस्केट जात्रा शुक्रबारबाट सुरु भएको छ । तौमढीस्थित भैरवको रथमा पूजा गर्न बिहानैदेखि भक्तजनको घुइँचो लागेको थियो । पूजा गर्दै भैरवको रथमा भैरवनाथ र बेताल विराजमान गराई खड्ग, तरबार र निशान राखेपछि विधिपूर्वक रथ तानेर […]

उपसभामुख ठाकुरद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

काठमाडौं, चैत २७ गते । प्रतिनिधि सभाका नवनियुक्त उपसभामुख रुबी कुमारी ठाकुरले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । शुक्रबार उपसभामुखमा निर्वाचित उहाँलाई सभामुख डोलप्रसाद अर्यालले शपथ खुवाउनुभएको हो । शपथ ग्रहण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री बालेन्द्र शाहको समेत उपस्थित थियो । प्रतिनिधि सभामा आज भएको मतदानमा उहाँले कुल उपस्थित ‍‍२५६ मध्ये २२९ सदस्यको […]

श्रममन्त्री पदमुक्त

काठमाडौँ, चैत २७ गते ।  राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधान २०७२ को धारा ७६ उपधारा ९ बमोजिम चैत १३ गते गठित मौजुदा मन्त्रीपरिषद्मा प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा हेरफेर र कार्यविभाजन गर्नुभएको छ । प्रधानमन्त्री शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई बिहीबार पदमुक्त गर्ने सिफारिस गर्नुभएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको […]

लाइसेन्स छपाइ तीव्र

काठमाडौँ, चैत २७ गते ।  सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तीव्र पारिएको छ । दुई/तीन वर्षदेखि छाप्न बाँकी रहेका लाइसेन्स दैनिक पाँच/छ हजार छापिँदै आएकोमा हाल झन्डै ४० हजार प्रतिसम्म छापिन थालेको छ । सुरक्षण मुद्रण केन्द्रले दुई सिफ्टमा छपाइ सुरु गरेको छ । बिहान ७ देखि ३ र ३ देखि बिहान १ बजेसम्म गरी दुई […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल