पूर्वराष्ट्रपति भण्डारी स्वदेश फिर्ता

काठमाडौँ, कात्तिक ९ गते । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीनको हपवे प्रदेशको स्योङआनमा आयोजना भएको ‘ग्लोबल गभर्नेन्स् फोरम’मा सहभागी भएर आज स्वदेश फर्कनुभएको छ । स्वदेश फर्कने क्रममा अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै आफू सम्मेलनमा भाग लिएर फर्किएको जानकारी दिनुभयो । ‘परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनःनिर्माण’ विषय रहेको उक्त ग्लोबल गभर्नेन्स सम्मेलन यही अक्टोबर […]

प्रधानमन्त्री शाहद्वारा एनपिएल तेस्रो संस्करणको उद्घाटन

काठमाडौँ, कात्तिक ९ गते । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गर्नुभएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरर्राष्ट्रिय क्रिकेट मैदानमा उहाँले अम्पायरलाई बल हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गर्नुभयो । एनपिएलको उद्घाटन खेल आज साँझ ५ः०० बजेदेखि सुरु भएको छ । उद्घाटन खेलमा दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम […]

बिहीबारदेखि शनिबारसम्म वर्षाको सम्भावना

काठमाडौँ, कात्तिक ९ गते । नेपाल जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबारदेखि शनिबार दिउँसोसम्म वर्षाको सम्भावना रहेको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेले कात्तिक १२ गते बिहीबारदेखि पानी पर्नसक्ने सम्भावना रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “बिहीबारदेखि पानी पर्न सक्ने सम्भावना छ । शनिबार बिहानसम्म वर्षा रहने र त्यसपछि मौसम सुधार […]

कागेश्वरी मनोहराद्वारा प्रहरी वृत्त बौद्धलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

काठमाडाैं, असाेज ३० गते । कागेश्वरी मनोहरा नगरपालिकाले सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले प्रहरी वृत्त बौद्धलाई साढे १४ लाख रुपैयाँभन्दा बढी मूल्यका सडक सुरक्षा सामग्री हस्तान्तरण गरेको छ। नगरप्रमुख उपेन्द्र कार्कीले ७७ वटा ठूला र ४० वटा साना प्लास्टिक सफ्ट ब्यारियर (सडक डिभाइडर) प्रहरी वृत्त बौद्धका प्रहरी नायव उपरीक्षक मदनजित […]

कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनलाई सर्वाधिक मत

ललितपुर, असोज ३० गते । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत खुलातर्फको केन्द्रीय सदस्य पदमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन सर्वाधिक मतसहित विजयी हुनुभएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार महर्जन पाँच हजार ३३० मत ल्याएर पहिलो स्थानमा निर्वाचित हुनुभएको हो। त्यसैगरी, प्रतिनिधिसभामा कांग्रेस संसदीय दलका सचेतक निष्कल राई चार हजार ९५६ मत प्राप्त गरी […]

बाढीले अवरुद्ध कालीगण्डकी पुल पुनः सञ्चालनमा

तनहुँ, असोज ३० गते । कालीगण्डकी नदीमा आएको बाढीले पहुँच मार्ग बगाएपछि अवरुद्ध तनहुँको घिरिङ गाउँपालिका र पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिका जोड्ने पुल पुनः सञ्चालनमा आएको छ। बाढीले क्षति पुर्‍याएको दुवैतर्फको पहुँच मार्ग पुनर्निर्माण सम्पन्न भएसँगै बिहीबारदेखि सवारी साधन सञ्चालनमा आएका हुन् । गत असोज ११ गते आएको बाढीले पुलको दुवैतर्फका पहुँच मार्ग बगाएपछि आवतजावत […]

घटस्थापनापछि उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

काठमाडौँ, असोज ३० गते । नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा/व्यवसायमा संलग्न मानिस धमाधम गाउँ फर्कन थालेका छन् । काठमाडौँ उपत्यकाका विभिन्न नाकामा देशका विभिन्न जिल्ला जाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुको चहलपहल बढेको छ […]

श्रमिक क्लस्टरतर्फको कांग्रेस केन्द्रीय सदस्यमा कुँवर,दाहाल र काफ्ले निर्वाचित

काठमाडौँ, असोज ३० गते। नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्रकुमार कुँवर, पूर्वअध्यक्ष खिलानाथ दाहाल र केन्द्रीय सदस्य सीतादेवी काफ्ले कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ । उहाँहरु नेपाली कांग्रेसको श्रमिक क्लस्टरतर्फको केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो । कांग्रेसको विधान अनुसार श्रमिक क्लस्टरतर्फ खुला दुई र महिला एक गरि ३ पदको व्यवस्था […]

प्रधानमन्त्रीको भारत भ्रमण तयारी

काठमाडौँ, असोज ३० गते । प्रधानमन्त्री वालेन्द्र शाहको निकट भविष्यमा हुने छिमेकी मुलुक भारतको औपचारिक भ्रमणको तयारी सुरु भएको छ । भ्रमणको औपचारिक मिति तोक्न बाँकी रहे पनि भ्रमणको प्रारम्भिक खाका तथा कार्यसूची निर्माण गर्न आवश्यक तयारी सुरु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार दुई देशको आपसी सहमतिमा औपचारिक मिति तय हुने छ । मङ्सिरको पहिलो […]

प्रहरीलाई प्रविधियुक्त र सक्षम बनाइनेछः प्रधानमन्त्री शाह

काठमाडौँ, असोज ३० गते । प्रधानमन्त्री बालेन्द्र शाहले बढ्दो साइबर तथा वित्तीय अपराध नियन्त्रण गर्न एकीकृत ठगी नियन्त्रण केन्द्र स्थापना गर्ने र नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने सरकारको योजना रहेको बताउनुभएको छ । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवसका अवसरमा व्यक्त शुभकामना सन्देशमा प्रधानमन्त्री शाहले प्रहरी संगठनलाई प्रविधियुक्त, दक्ष र विपद् व्यवस्थापनमा सक्षम […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ