alliance khabar

आइतबार, आश्विन १८, २०८३

काठमाडौँ, असोज १८ गते ।

  नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपाली कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा र देशको मुहार परिवर्तन गर्ने समय आएको बताउनुभएको छ ।

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै पोखरेलले कांग्रेस सभापति गगनकुमार थापा गणतन्त्र स्थापनाका लागि भएको आन्दोलनमा आफूहरूसँगै रहेको स्मरण गर्नुभयो। त्रिचन्द्र क्याम्पसको सभादेखि नै आफूहरू सँगै उभिएको उल्लेख गर्दै उहाँले थापा कांग्रेसको नेतृत्वमा आउनु सकारात्मक भएको बताउनुभयो।

‘थापा गणतन्त्र ल्याउने नेतृत्वको आन्दोलनमा हामीसँगै थियौँ। त्रिचन्द्र क्याम्पसको सभाबाट हामीसँगै उभिएका थियौँ। अहिले पुरानो पार्टी कांग्रेसको नेतृत्वमा आउनुभएको छ। यो एकदमै सकारात्मक कुरा हो’ पोखरेलले भन्नुभयो ।

महासचिव पोखरेलले भन्नुभयो, “जसरी हिजो हामी नेपालका वामपन्थीहरु लोकतन्त्रवादी शक्तिहरु मिलेर राणा शाही शासनलाई परास्त गरेका थियौं, पञ्चायतलाई परास्त गरेका थियौं । राजा ज्ञानेन्द्रको तानाशाही शासनलाई परास्त गरेका थियौं । त्यसैगरी, लोकतन्त्रको रक्षाका लागि फेरि एकपटक सामूहिकरुपमा उठ्नुपर्ने अवस्था आएको छ।”

उहाँले नेपालको राजनीति चुनौतीको बाटोबाट अगाडि बढेको भन्नुहुँदै प्राकृतिक विपद्को सामनादेखि भावी दिनका समस्याहरु मिलेर सामना गर्नुपर्ने भनाइ राख्नुभयो । एकातिर जलवायु परिवर्तनका कारणले नेपाल चरम् सङ्कटमा छ, भर्खरै हामीले लाङटाङ हिमालमा गएको हिमपहिरोले, भोटेकोशी र त्रिशुलीमा आएको विनाशकारी बाढाीका पीडाहरुबाट गुज्रेका छौं ।

अहिले पनि ६ हजारभन्दा बढी दिदीबहिनी दाजुभाइहरु, बेपत्ता हुनुहुन्छ” उहाँले भन्नुभयो, “आज जुन हिसाबले वातावरणमा परिवर्तन भइरहेको छ । हाम्रा हिमालहरु तातिरहेका छन् यसले हाम्रो भविष्यलाई असुरक्षित बनाइरहेको अवस्थामा हामीले नेपालको सुरक्षित भविष्यको यात्रा कसरी कोर्छौं ? जलवायु न्यायको प्रश्न नेपालका साझा प्रश्न हो ।” उहाँले राजनीतिक द्वन्द्वका कारण नेपालको भविष्य के हुने हो भन्ने प्रश्न् खडा भएको पनि बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ