alliance khabar

आइतबार, आश्विन १८, २०८३

काठमाडौं, असोज १८ गते ।

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बाहिर हल्ला भएजस्तो सरकार कमजोर नरहेकाले नढल्ने बताउनुभएको छ । नेपाली कांग्रेसको १५ औं महाधिवेशनको उदघाटनसत्रमा धारणा राख्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “सरकार अहिले ढल्छ, दसैंमा ढल्छ, तिहार र छठपछि ढल्छ भन्ने हल्ला बाहिर छ, त्यो सम्भव छैन । सरकार बलियो छ, सरकार ढल्छ भन्नेहरु नै ढल्नेछन् ।” देश बनाउने अभियानमा सबै दललाई साथै लिएर अघि बढ्ने उहाँले बताउनुभयो ।

सरकारको शैली र नियत सही रहेको बताउँदै उहाँले परिवर्तनको मुद्दामा रास्वपाले नेतृत्व गरिरहेको बताउनुभयो । दलीय सहकार्यका लागि रास्वपा जहिले तयार रहेको बताउँदै उहाँले देश परिवर्तनको मुद्दामा सबैलाई साथ हिँड्न आव्हान गर्नुभयो ।

रास्वपा नेतृत्वको सरकारले मुलुकको लोकतन्त्र कमजोर हुन नदिने, मुलुकको अर्थतन्त्रलाई कमजोर बन्न नदिने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । जनताले भोट हालेर ठुलो पार्टी बनेको रास्वपाले परिवर्तनको मुद्दामा सदैव गम्भीर रहने बताउनुभयो ।

उहाँले थप्नुभयो, “जनताको मन जित्नेगरी काम गर्दैछौं । लोकतन्त्रको हुर्मत लिने काम गर्नेछैनौं । तपाईहरुले कसैले पनि त्यो काम नगर्नुहोला ।” सो अवसरमा सभापति लामिछानेले आफ्नो दललाई आमन्त्रण गर्नुभएकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ