टप एन्ड टी–२० सिरिजः नेपाल ‘ए’ र अस्ट्रेलियन क्यापिटल मैदानमा

काठमाडौँ, भदौ १० गते ।  अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले बुधबार अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)विरुद्ध खेल्दैछ । यी दुई टोलीबिचको खेल आज अपराह्न ३ः१५ बजेदेखि डार्विनस्थित मारारा क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाली टोली दोस्रो जितको खोजीमा छ । नेपालले पछिल्लो खेलमा होबार्ट हरिकेन्स एकेडेमीविरुद्ध ३९ रनको जित निकालेको […]

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

काठमाडौँ, भदौ १० गते । इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल) को १५०१ औँ जन्मजयन्ती बुधबार विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । मुस्लिम समुदायको सन्देष्टाका रूपमा मोहम्मदलाई मान्ने गरिन्छ । पैगम्बर मोहम्मदको जन्म साउदी अरबको मक्कामा भएको थियो । पछि साउदी अरबको मदिनामा जानुभयो । उहाँ जन्मेको ५३ वर्षपछि इस्लामिक पात्रो (हिजरी संवत्) […]

यस्तो छ आज कृषिउपजको थोक मूल्य

काठमाडौँ, भदौ १० गते ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठुलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा ठुलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ६५, गोलभेँडा सानो (भातीय) प्रतिकिलो रु ५०, आलु […]

नवलपुरमा सर्पदंशको जोखिम, एक महिनामै १७३ प्रभावित

नवलपुर, भदौ १० गते । चालु आर्थिक वर्षको एक महिनामा नवलपुरमा १७३ जनालाई सर्पले डसेको छ। जिल्लामा एक महिनामा सबैभन्दा बढी विनयी त्रिवेणी गाउँपालिकामा ८३ जना र कावासोती नगरपालिकामा ८१ जनालाई सर्पले डसेको प्रादेशिक जनस्वास्थ्य कार्यालयका प्रमुख केशवप्रसाद चापागाईंले जानकारी दिनुभयो। त्यस्तै, देवचुलीमा सात तथा बौदीकाली र बुलिङटारमा एक–एक जनालाई सर्पले डसेको छ। तीमध्ये नौ […]

फोहोर व्यवस्थापनबारे ध्यानाकर्षण गराइने

काठमाडौँ, भदौ १० गते ।  काठमाडौँ उपत्यका मेयर्स फोरमले प्रधानमन्त्री वालेन्द्र शाहलाई भेटेर उपत्यकाको फोहोर व्यवस्थापनलगायत समसामयिक विषय अवगत गराउने निर्णय गरेको छ । फोरमको मङ्गलबार बसेको बैठकले सो निर्णय गरेको फोरमका अध्यक्ष तथा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले जानकारी दिनुभयो । उपत्यकाभित्रको फोहोर व्यवस्थापन तीन वटै तहका सरकारको साझा सरोकारको विषय भएको फोरमले निष्कर्ष […]

स्याङ्जामा तीन नगरपालिकामा आज सार्वजनिक बिदा

स्याङ्जा, भदौ १० गते । स्याङ्जामा बुधबार तीन वटा नगर पालिकामा सार्वजनिक बिदा दिइएको छ । ईस्लाम धर्मका संस्थापक एवं प्रवद्र्धक पैगम्बर मोहम्मद मुस्तफा सल्लल्हाहु अलैहे ओसल्लमको १५०१ औँ जन्म जयन्तीको अवसरमा यहाँका तीन पालिकामा सार्वजनिक बिदा दिइएको हो । यहाँका वालिङ, पुतलीबजार र भीरकोट नगरपालिकाले आज सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् । पुतलीबजार […]

प्रतिनिधिसभामा प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिनुहुने

काठमाडौँ, भदौ १० गते । प्रधानमन्त्री वालेन्द्र शाहले बुधबार प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिनुहुने भएको छ । सङ्घीय संसद् सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधिसभा नियमावली, २०८३ को परिच्छेद–९ अनुसार सांसदहरूले सोधेका प्रश्नको प्रधानमन्त्री शाहले जवाफ दिने सम्भावित कार्यसूची छ । बैठकमा प्रधानमन्त्री शाहले मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन, आव २०८१/८२ प्रस्तुत […]

देशभर मनसुनी वायुको प्रभाव: चार प्रदेशमा हल्का वर्षा

काठमाडौँ, भदौ १० गते । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ । कोशी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी […]

संसदमा उठेका विषयको सुनुवाइ गर्ने सरकारको संयन्त्र प्रभावकारी बन्दै

काठमाडौँ, भदौ ९ गते ।  संसद्का बैठकमा बोल्ने अधिकांश सांसदहरुको गुनासो एउटै हुन्छ, हामी संसदमा त बोल्छौँ, तर सुनुवाइ हुँदैन । संसदमा जनताका मुद्दा उठान गर्ने, त्यसले सञ्चारमाध्यममा पनि स्थान पाउने तर सम्बन्धित मन्त्रालयसम्म वा सरकारसम्म पुग्दैन भन्ने उहाँहरुको गुनासो हुन्छ । र, यो समस्या आजको होइन, विगतको अभ्यास पनि यस्तै रहँदै आएको छ । […]

चारित्रिक प्रमाणपत्रको प्रक्रिया सरल बनाउन आग्रह

काठमाडौँ, भदौ ९ गते  । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले संयुक्त अरब इमिरेट्स (युएई) जाने श्रमिकले लिनुपर्ने प्रहरी चारित्रिक प्रमाणपत्र (पुलिस रिपोर्ट) सम्बन्धी विद्यमान दोहोरो प्रक्रियालाई सरल बनाउन आग्रह गर्नुभएको छ । सोमबार मन्त्री यादव र नेपालका लागि (युएई) का राजदूत अब्दुल्ला सइद मुबारक जारवान अल सामसीबिच भएको भेटमा यस्तो आग्रह गर्नुभएको हो । […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ