काठमाडौँ, चैत १८ गते । मुगु जिल्लाको धैनाकोट आसपास केन्द्रविन्दु बनाएर बुधबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार स्थानीय समय अनुसार बिहान २ः२२ बजे ४.० म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का आसपासका क्षेत्रहरूमा महसुस गरिएको जनाइएको छ। हालसम्म भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त भएको छैन।
काठमाडौँ, चैत १७ गते । काठमाडौँ उपत्यकाका चार लोकेश्वरमध्ये सद्भावका देवताका रूपमा पूजिने सेतो मच्छिन्द्रनाथलाई रथयात्रापछि पुनः मन्दिरमा प्रतिस्थापन गरिएको छ । हिजो (सोमबार) बेलुका रथयात्राको क्रममा लगन पुर्याइएका आर्यावलोकितेश्वरको मूर्तिलाई रथबाट निकालेर खटमा राखी लगन, ज्याबहाल, द्यःलं, यूतुननी, कोहिटी भीमसेनस्थान, मरु, यतखा, नरदेवी, किलागल, भेडासिंह र केलटोल हुँदै मच्छिन्द्रबहाल ल्याई पुनः मन्दिरमा प्रतिस्थापन गरिएको […]
बाजुरा, चैत १७ गते । बाजुराको गौमुल गाउँपालिका–३ स्थित अजयखोलामा निर्माण गरिएको झोलुङ्गे पुलले दुई बस्ती जोडिएसँगै दूरी पनि छोटिएको छ । माझपाली र धौलकाँडा बस्तीबीच खोलामा बनेको यो पुलले स्थानीयको आउजाउ सहज बनाएको छ । पुल नहुँदा एक बस्तीबाट अर्को बस्तीमा जान झन्डै एक घण्टाको पैदल यात्रा गर्नुपर्ने अवस्था थियो । त्यति मात्र होइन, […]
म्याग्दी, चैत १७ गते । म्याग्दीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुने विद्यार्थी संख्या घटेपछि यस वर्ष एउटा स्थानीय तह परीक्षा केन्द्रविहीन बनेको छ । शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीका अनुसार गत वर्षको तुलनामा एकसय ८१ जना परीक्षार्थी घटेपछि रघुगंगा गाउँपालिकाको परीक्षा केन्द्र हटाइएको हो । यस वर्ष जिल्लाभर २ हजार ३५ जना […]
म्याग्दी, चैत १७ गते । यहाँको धवलागिरि गाउँपालिका–५ मल्कवाङको माकुसका किसानले व्यावसायिक रूपमा जडीबुटीखेती गरेका छन् । परम्परागत खेतीको विकल्पमा सतुवा जातको जडीबुटीखेती गरेका हुन् । माकुसका बलबहादुर रोकाले चार रोपनी पाखोबारीमा सतुवाखेती गरेको बताउनुभयो । “इलामबाट प्रतिगोटा रु ३० का दरले बिरुवा किनेर ल्याई सतुवा रोपेको हो”, उहाँले भन्नुभयो, “एक सय किलोग्राम सतुवा उत्पादन […]
काठमाडौँ, चैत १७ गते । विज्ञापन बोर्डले अनधिकृत वेबसाइट, बेटिङ एप, सामाजिक सञ्जाल तथा कानुनले निषेध गरेका स्थानमा विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न नगराउन आग्रह गरेको छ । सरकारले सबै प्रकारका बेटिङ एप तथा बेबसाइट यही चैत १३ गतेको मन्त्रिपरिषद्को बैठकले बन्द गर्ने निर्णय गरिसकेको उल्लेख गर्दै बोर्डले गैरकानुनी रूपमा विज्ञापन प्रकाशन, प्रसारण र प्रदर्शन […]
काठमाडौँ, चैत १७ गते । काठमाडौँका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ पर्नुभएको छ । अपराध अनुसन्धान कार्यालयको टोलीले मङ्गलबार बिहान सुविधानगरस्थित निवासबाट उहाँलाई पक्राउ गरेको हो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) मनोहरप्रसाद भट्टका अनुसार पक्राउ पर्नुभएको पूर्वप्रमुख जिल्ला अधिकारी रिजाललाई हाल काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा राखिएको छ । […]
रसुवा, चैत १६ गते । डडेलोका कारण उजाड बनेको यहाँको गतलाङस्थित वन क्षेत्रलाई पुनः हरियाली बनाइने भएको छ । यसका लागि डिभिजन वन कार्यालयले ‘ड्रोन’मार्फत वनस्पतिका बीउ छर्ने भएको छ । विसं २०६५मा गतलाङ क्षेत्रको वन भीषण आगलागीको चपेटामा परेको थियो । आगोको चपेटाबाट सल्ला, लालीगुराँस, धुपी, खस्रुलगायत हजारौँ वनस्पति जलेर नष्ट भएको थियो । […]
काठमाडौँ, चैत १६ गते । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा घाइते भएर ६४ दिन अस्पताल बसाइ पूरा भएपछि ‘डिस्चार्ज’ भएकी २० वर्षीया लिजा अधिकारी घरमै आराम गर्दै परीक्षाको नतिजाको प्रतीक्षामा हुनुहुन्छ । मोरङ घर भएकी अधिकारी काठमाडौँ विश्वविद्यालयमा अध्ययनरत हुनुहुन्छ । जेनजी आन्दोलनका क्रममा घाइते उहाँको हात र कुमको जोड्तीबाट गोली वारपार भएको […]
काठमाडौँ, चैत १६ गते । सरकारले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृतिमा रहेको टोकन प्रणालीको अन्त्य गरी आवेदन दिएको दिनमै स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । यसअघि टोकन लिएर तोकिएको दिनमा मात्रै स्वीकृति दिने व्यवस्था थियो । आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहको उपस्थितिमा बसेको बैठकले सहज रुपमा श्रम स्वीकृति दिने निर्णय […]