काठमाडौँ, असोज ४ गते । नेपालले भारततर्फको निकासीमा विभिन्न समयमा हुने गैरभन्सार अवरोध हटाउन आग्रह गरेको छ । भारतको नयाँ दिल्लीमा बिहीबार सम्पन्न नेपाल र भारतबिच व्यापार तथा पारवहनसम्बन्धी अन्तरसरकारी उपसमितिको बैठकमा नेपाली पक्षले यस्तो आग्रह गरेको हो । नेपालबाट भारततर्फ हुने जुट तथा स्टिलजन्य उत्पादनको निर्यातमा देखिएका अवरोध हटाउन र सहमति अनुसार नेपाली कृषि उत्पादनलाई भारतको […]
काठमाडौँ, असोज ४ गते । समसामयिक विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बिहान ११ः०० बजे बस्ने भएको छ । पार्टी सभापति रवि लामिछानेको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालय घण्टीघरमा बैठक हुने रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो ।
काठमाडौँ, असोज ४ गते । विगत १५ वर्षदेखि अलपत्र र रुग्ण आयोजनाका रूपमा रहेको धनुषा र सिराहा जोड्ने कमला नदीमाथिको पुल निर्माण अन्तिम चरणमा पुगेको छ । मधेश प्रदेशको मेरुदण्ड मानिने हुलाकी राजमार्ग अन्तर्गत निर्माणाधीन यस पुलको बाँकी कामले तीव्रता पाएसँगै आगामी दुई महिनाभित्र औपचारिक रूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) स्वास्थ्यमा क्रमिक सुधार आउनेछ । कार्य क्षमतामा वृद्धि हुनुका साथै व्यापार तथा व्यवसायबाट अपेक्षाअनुसार लाभ प्राप्त हुने सम्भावना छ । वैदेशिक लगानी तथा अन्तर्राष्ट्रिय सम्पर्कबाट आर्थिक दायरा विस्तार हुन सक्छ । सामाजिक तथा परोपकारी कार्यमा सक्रियता बढ्दा प्रतिष्ठा र सम्मान प्राप्त हुनेछ । वृष (इ, […]
तनहुँ, असोज ३ गते । तनहुँ क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य इन्जिनियर श्रीराम न्यौपानेले संविधानका लागि भएको राजनीतिक सङ्घर्ष र बलिदानको सार्थकता जनताको जीवनस्तरमा देखिने परिवर्तनबाट पुष्टि हुनुपर्ने बताउनुभएको छ । संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले संविधानले नागरिक अधिकार, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समानुपातिक समावेशी व्यवस्थालाई संस्थागत गरे पनि त्यसबाट प्राप्त […]
काठमाडौँ, असोज ३ गते । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज भारतीय उद्योगपतिहरूसँग छलफल गर्दै नेपालमा नयाँ लगानी गर्न आह्वान गर्नुहुनेछ । अर्थमन्त्रीको भारत भ्रमणका अवसरमा भारतीय उद्योग परिसङ्घ (सीआईआई) ले आयोजना गरेको उद्योगीहरूसँगको ‘राउन्ड टेबल’ छलफललाई शनिबार बिहान ९ः३० बजे नयाँदिल्लीस्थित सीआईआई मुख्यालयमा अर्थमन्त्री वाग्लेले सम्बोधन गर्ने कार्यक्रम छ । परिसङ्घकी अध्यक्ष डा. सुचित्रा के. […]
काठमाडौँ, असोज ३ गते । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा मुलुकमा दिगो शान्ति, सुशासन र समृद्धिको आकाङ्क्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ को अवसरमा शुभकामना दिनुहुँदै उहाँले त्यस्तो कामना गर्नुभएको हो । संविधानले बहुजाति, बहुभाषी एवं बहुसंस्कृतिलाई समान संरक्षण प्रदान […]
मकवानपुर, असोज ३ गते । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले समावेशी विकास र समृद्ध प्रदेश निर्माणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । मुख्यमन्त्री थापा मगरले ११औँ संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै प्रदेश सरकार सुशासन, उत्तरदायी सेवा प्रवाह, सामाजिक न्याय, समावेशी विकास र समृद्ध प्रदेश निर्माणका लागि प्रतिबद्ध […]
काठमाडौँ, असोज ३ गते । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाबाट जारी संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्नु र बाँकी कार्यभार पूरा गर्नु आजको मुख्य दायित्व भएको बताउनुभएको छ । संविधान दिवस २०८३का अवसरमा शनिबार शुभकामना दिँदै उहाँले संविधानले परिकल्पना गरेको वास्तविक परिवर्तन पूरा गर्न सबैको एकताबद्ध प्रयास आवश्यक रहेको बताउनुभयो । संविधान, सङ्घीय […]
काठमाडौँ, असोज ३ गते । संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा नेपालले प्रतिनिधित्व जनाउने भएपछि विश्वभरका नेतृत्वको उच्च चासो बढेको छ । गोरखापत्र दैनिकसँगको कुराकानीमा परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्रीको आसन्न अमेरिका भ्रमणप्रति विश्वस्तरीय चासो उच्च रहेको बताउनुभयो । परराष्ट्रमन्त्री खनालले महासभामा प्रधानमन्त्रीले प्रस्तुत गर्नुहुने विषयवस्तु बलियो हुनुपर्नेमा मन्त्रालयले ध्यान केन्द्रित गरेको बताउनुभयो । उहाँका अनुसार […]