alliance khabar

शनिबार, आश्विन ०३, २०८३

काठमाडौँ, असोज ३ गते ।

 राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा मुलुकमा दिगो शान्ति, सुशासन र समृद्धिको आकाङ्क्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ को अवसरमा शुभकामना दिनुहुँदै उहाँले त्यस्तो कामना गर्नुभएको हो ।

संविधानले बहुजाति, बहुभाषी एवं बहुसंस्कृतिलाई समान संरक्षण प्रदान गरेको बताउँदै उहाँले यस्तो अवस्थामा नेपालीबिच रहेको आपसी सद्‍भाव, भ्रातृत्व र सहअस्तित्वमा आँच आउने काम कोही कसैबाट हुने छैन भन्ने विश्वाससमेत व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले सन्देशमा भन्नुभएको छ, “नेपालको संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै लोकतन्त्रमा आधारित समाजवादउन्मुख अर्थतन्त्रको निर्माण गर्ने लक्ष्य लिएको छ । संविधानद्वारा प्रत्याभूत गरिएका राज्यबाट प्राप्त हुने सेवा र सुविधाहरूमा सबै नागरिकको समान पहुँच स्थापित गर्नुका साथै आमनागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नु पर्दछ ।”

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको अपूरणीय क्षतिले सिङ्गो मुलुक गहिरो पीडामा रहेको उल्लेख गर्दै उहाँले यस कठिन घडीमा बाढी प्रभावित व्यक्तिहरूको राहत, उद्धार र पुनस्र्थापनाका लागि एकताबद्ध भई अगाडि बढ्न सबैलाई आह्वानसमेत गर्नुभएको छ ।

यसैबिच उपराष्ट्रपति रामसहायप्रसाद यादवले संविधान दिवस तथा राष्ट्रिय दिवसको शुभकामना दिँदै संविधानको मूल मर्म अनुसार समावेशिता, समानता, जनसङ्ख्याका आधारमा समानुपातिक प्रतिनिधित्व र साझा भविष्यप्रति सबैले प्रतिबद्धता जनाउनुपर्ने बताउनुभएको छ ।

उहाँले नेपालको संविधान नेपाली जनताको दीर्घ सङ्घर्ष, विविधता र समावेशिताको ऐतिहासिक उपलब्धि रहेको समेत बताउनुभएको छ । सन्देशमा भनिएको छ, “पछिल्लो समय संविधानको चौतारोभित्रै रहेर सामाजिक आन्दोलनहरूको सम्बोधन तथा सङ्क्रमणकालीन व्यवस्थाहरूको गठनले संविधानको लचकता, समाधानमुखी प्रकृति र समावेशी चरित्रलाई पुनः पुष्टि गरेको छ ।”

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ