रणवाङ –दरुङ– हिदी सडक स्तरोन्नति थालियो

म्याग्दी,  चैत १८ गते । रणवाङ–दरुङ–हिदी सडक स्तरोन्नति प्रारम्भ भएको छ । एक दशकअघि निर्माण सुरु भएको यो सडकका लागि रु एक करोड बजेट विनियोजन गरिएको मङ्गला गाउँपालिका–२ का वडाध्यक्ष धनबहादुर खातीले बताउनुभयो । हाल सडक फराकिलो पार्ने, ग्रेड र मोड सुधार, वर्षाको पानी निकासका निम्ति नाली निर्माण र सडक किनारमा पर्खाल निर्माण धमाधम भइरहेको […]

विपद्का लागि दुई हेलिकोप्टर तयारीमा : गृहमन्त्री गुरुङ

काठमाडौँ, चैत १८ गते। गृहमन्त्री सुधन गुरुङले विपदमा परेका नागरिकको तत्काल उद्धारका लागि दुई वटा हेलिकोप्टर तयारी अवस्थामा राखिने बताउनुभएको छ। मङ्गलबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण भ्रमणका क्रममा उहाँले विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी कर्मचारीहरूले ज्यानको पर्वाह नगरी नागरिक उद्धारमा खटिएकोमा धन्यवाद व्यक्त गर्नुभयो। उहाँले आम नागरिकको जिउज्यानभन्दा ठूलो कुनै पनि कुरा नभएको उल्लेख गर्दै […]

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि

सिरहा, चैत  १८ गते । गोलबजारमा नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो । प्रतियोगितामा कोशी, मधेस र बागमती प्रदेशका गरी आठ क्लबले सहभागिता जनाउने छन् । आयोजकका अनुसार सिरहाबाट गोलबजार युनाइटेड क्लब, गोलबजार स्पोर्टस् क्लब […]

म्याग्दीमा वैशाख २ देखि आर्थिक गणना

म्याग्दी (दरबाङ), चैत १८ गते।   म्याग्दीमा आगामी वैशाख २ गतेदेखि आर्थिक गणना सुरु हुने भएको छ। जिल्ला आर्थिक गणना कार्यालय म्याग्दीका अनुसार जिल्लाभर सञ्चालनमा रहेका आर्थिक क्रियाकलापसम्बन्धी सबै प्रकारका व्यवसाय तथा सेवाको आधारभूत विवरण सङ्कलन गरी तथ्याङ्क प्रकाशन गरिनेछ। कार्यालय स्थापना भएपछि मङ्गलबार सदरमुकाम बेनीबजारमा आयोजित जिल्लास्तरीय अन्तरक्रिया तथा सचेतना गोष्ठी मा आर्थिक क्रियाकलाप हुने […]

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ,  चैत १८ गते ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४०, आलु रातो प्रतिकिलो रु २०, आलु रातो (भारतीय) […]

सामाजिक सुरक्षा कोषमा जोडिँदै धुर्कोट

रेसुङ्गा (गुल्मी), चैत १८ गते। सामाजिक सुरक्षा कोष र धुर्कोट गाउँपालिकाबीच कोषबाट सञ्चालित योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ। नेपालको संविधानको धारा ३४ ले प्रत्येक श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षाको हक सुनिश्चित गरेको छ। धुर्कोट गाउँपालिकाले प्रारम्भिक चरणमा करारका कर्मचारी, नगर प्रहरी, विद्यालय कर्मचारी तथा बालविकास सहयोगीलाई कोषमा आबद्ध गर्ने […]

विभिन्न प्रदेशका उच्च भूभागमा वर्षा–हिमपात

काठमाडौँ, चैत १८ गते ।  हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहेको छ भने बाँकी तराई भू–भागमा आंशिक बदली भएको छ । गण्डकी प्रदेशका केही तथा कोशी, बागमती, […]

एसइई परीक्षा मर्यादित बनाउन विकास मञ्चको ध्यानाकर्षण

लहान, चैत १८ गते।  चैत १९ गतेदेखि सुरु हुन लागेको एसइई परीक्षालाई जिल्लामा मर्यादित बनाउन सिरहा विकास मञ्च, सिरहाले जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षणपत्र बुझाएको छ। मञ्चले मङ्गलबार जिल्ला प्रशासन कार्यालय, सिरहामा ज्ञापनपत्र बुझाउँदै परीक्षा निष्पक्ष र मर्यादित बनाउन माग गरेको हो। सातवटै प्रदेशमध्ये सबैभन्दा कम साक्षरता दर रहेको मधेश प्रदेशको शैक्षिक अवस्था कमजोर बन्दै गएकोप्रति […]

प्रधानाध्यापकमा दलित महिला

बैतडी, चैत १८ गते । जिल्लामा पछिल्लो समय दलित महिला नेतृत्व तहमा पुग्न थालेका छन् । राजनीतिक, सामाजिक, शैक्षिक, स्वास्थ्य र कर्मचारी क्षेत्रमा दलित पुरुषको सहभागिता बढ्न थालेका बेला दलित महिला पनि नेतृत्वमा पुग्न थालेका छन् । पछिल्लो पटक मेलौली नगरपाकिला–६ की स्थानीय इन्द्रा विश्वकर्मा (पोखरेल) सोही वडाको हतरङ्गास्थित जगदम्बा माध्यमिक विद्यालयको प्रधानाध्यापकको जिम्मेवारीमा पुग्नुभएको छ । उहाँलाई […]

झोलुङ्गे पुलले छोट्यायो दुरी

बाजुरा, चैत १८ गते । बाजुराको गौमूल गाउँपालिका–३, अजयखोलाको झोलुङ्गे पुलले यहाँका दुई बस्तीको दुरीलाई छोट्याएको छ । माझपाली र धौलकाँडा बस्तीको बिच खोलामा बनेको पुलले दुरी कम गरेसँगै स्थानीयलाई आउजाउमा सहज पनि बनाएको छ । पुल नहुँदा बस्तीका स्थानीयलाई एक बस्तीबाट अर्कोमा जान झन्डै एक घण्टाको पैदल दुरी लाग्थ्यो । त्यति मात्र होइन अर्को बस्तीमा रहेको विद्यालयमा […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल