सुर्खेत, वैशाख २२ गते । कर्णाली प्रदेश सरकारले उपलब्ध गराउँदै आएको दुध उत्पादनमा प्रोत्साहन कार्यक्रम प्रभावकारी बन्दै गएको छ । यसबाट किसान लाभान्वित भएका छन् । दुध उत्पादन वृद्धि गर्न किसानलाई प्रोत्साहन गर्न २०७८/७९ देखि किसानलाई दुध उत्पादनमा अनुदान दिएर प्रोत्साहन गर्दै आएको प्रदेश सरकारले सिधै किसानको खातामा रकम जम्मा गर्दै आएको छ । भूमि […]
काठमाडौँ, वैशाख २२ गते । रोजगादाता उद्योग/प्रतिष्ठानमा नियमित काम गर्ने श्रमिकको सङ्ख्या घटेको छ । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) को श्रम अडिट प्रतिवेदन २०८१ का अनुसार गत वर्षको तुलनामा यस वर्ष नियमित रोजगारी गर्ने श्रमिकको सङ्ख्या ११ प्रतिशतले घटेको हो । प्रतिवेदन अनुसार देशभरका विभिन्न उद्योग/प्रतिष्ठानमा नियमित, कार्यगत, समयगत, आंशिकलगायतका श्रमिक कार्यरत छन् । यसमध्ये […]
बबई (बर्दिया), वैशाख २१ गते । बर्दियामा केही वर्षअघि महिलाले सञ्चालन गरेको ढाका उद्योग सङ्कटमा परेको छ । बर्दिया जिल्ला बढैयाताल गाउँपालिका–८ स्थित कालिका महिला उद्यमी समूहले चार वर्षदेखि सञ्चालनमा ल्याएको ढाका उद्योग आर्थिक अभाव बढ्दै जाँदा बन्द हुने अवस्थामा पुगेको हो । सरुवाती समयमा ढाकाका कुर्ता सुरवाल, सर्ट, पछ्यौरा, चोलोलगायतका सामग्री उत्पादन हुने उद्योगमा आर्थिक […]
काठमाडौँ, वैशाख १८ गते । जलवायु परिवर्तनको असरले सबैभन्दा धेरै श्रमिक क्षेत्र प्रभावित भएको ट्रेड युनियनका नेताहरूले बताएका छन् । उनीहरुले जलवायु परिवर्तनका कारण सबैभन्दा बढी असर श्रमिक क्षेत्रमा पुगेको भन्दै खबरदारी बढाउनुपर्ने सुझाव दिएका हुन् । उनीहरूले कतिपय ठुला उद्योगी व्यवसायीहरूले सतप्रतिशत आउटसोर्स श्रमिक काममा लगाउँदा कार्यस्थलहरू ‘एम्बुस’ बन्दै गएको आरोप लगाए । एक […]
काठमाडौं, वैशाख ८ गते – नेपाल ट्रेड युनियन कांग्रेस (NTUC) राष्ट्रिय समितिका अध्यक्ष योगेन्द्र कुमार कुँवरले जलवायु परिवर्तनको मारमा अनौपचारिक क्षेत्रका महिला श्रमिकहरू रहेको बताउनुभएको छ। नेपाल ट्रेड युनियन कांग्रेस जलवायु परिवर्तन तथा न्यायोचित रूपान्तरण सेलले आयोजना गरेको जलवायु परिवर्तन न्यायोचित रूपान्तरण एनडिसी ३.० नीति संवाद कार्यक्रममा बोल्दै अध्यक्ष कुँवरले जलवायु संकटले सिर्जना गर्ने असरहरू […]
रेसुंगा, चैत १५ गते । गुल्मीको धुर्कोट गाउँपालिकाका सातवटै वडाका किसानलाई गोलासहितको माहुरी घार बितरण गरिएको छ । धुर्कोट कृषि तथा पशु उद्यमशीलता बिकास परियोजनाले ५० थान गोलासहितको माहुरी घार वितरण गरेको हो । धुर्कोट गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको साझेदारीमा जनबिकास केन्द्रद्वारा कृषि तथा पशु उद्यमशीलता बिकास परियोजना सञ्चालनमा रहेको छ । किसान र […]
काभ्रेपलाञ्चोक, चैत १२ गते । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत नमोबुद्ध नगरपालिकामा ‘श्रमको सम्मान–राष्ट्रको अभियान’ कार्यक्रम सञ्चालन भएको छ । अभियानअन्तर्गत पहिलो चरणमा नगरका ४० जना युवायुवतीलाई समेटेर ५० दिने प्लम्बिङ र डकर्मी तालिमको व्यवस्था भएको हो । प्रधानमन्त्री रोजगार कार्यक्रमको युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजनामार्फत सशर्त अनुदान शीर्षकमा विनियोजित कार्यस्थलमा आधारित सीप विकास तालिम सञ्चालन […]
काठमाडौँ, चैत ११ गते । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिक आपूर्तिकर्ताको इजाजतपत्र नै नलिई श्रमिक आपूर्ति गर्ने कम्पनी र प्रतिष्ठानलाई जरिबाना गरेको छ । विभागका अनुसार काठमाडौँको सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजले श्रम ऐन २०७४ अनुसार श्रमिक आपूर्तिकर्ताको इजाजतपत्र नै नलिएका फाल्कन सर्भिसिस कम्पनी र कमल पोखरी सपोर्ट सर्भिस कम्पनीबाट श्रमिक आपूर्ति गरेको पाइएपछि ती […]
कञ्चनपुर, चैत ३ गते । शुक्लाफाँटा नगरपालिका–७ पिताम्बरका दलबहादुर चौधरीले एक कठ्ठा जग्गामा १२ क्विन्टल आलु फलाउनुभएको छ । उन्नत जातको आलुखेती गरी चौधरी थोरै जग्गामा धेरै आलु फलाउनुभएको हो । पहिलो पटक उहाँले ‘कोमल कार्प’ नामक जातको आलुखेती गर्नुभएको छ । थोरै क्षेत्रफलमा धेरै आलु फलेको देखेर चौधरी आफै दङ्ग पर्नुभएको छ । “आलुसम्बन्धी […]
काठमाडौँ, फागुन २७ गते। सरकारले कृषि क्षेत्रमा उपलब्ध गराउने अनुदान र सहुलियतलाई व्यवस्थित र प्रभावकारी बनाउने भएको छ। आर्थिक वर्ष २०८२/०८३ वर्षको बजेट सम्बन्धी अर्थ मन्त्रालयले कृषि तथा पशुपक्षी विकास मन्त्रालयसँग गरेको बैठकमा कार्यान्वयनमा रहेका अनुदान कार्यक्रमबारे गम्भीर समीक्षा गरी नयाँ ढङ्गले अघि बढ्ने र नतिजामुखी बनाउनेबारे छलफल भएको छ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले […]