alliance khabar

शुक्रबार, आषाढ ०५, २०८२

काठमाडौं, असार ५ गते ।

संघीय निजामती सेवा विधेयक २०८० मा समावेश गरिएको दुई वर्षे कुलिङ पिरियड (शीतकालीन अवधिको नियम) को प्रावधान हटाउन गरिएको चलखेलप्रति नेपाल ट्रेड युनियन कांग्रेस (NTUC) ले गम्भीर आपत्ति जनाएको छ।

राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भई संघीय संसदमा पेश भएको सो विधेयकमा, कुनै निजामती वा सरकारी सेवाबाट राजीनामा दिएको वा अवकाश पाएको कर्मचारीले दुई वर्ष पूरा नभएसम्म संवैधानिक वा सरकारी पदमा नियुक्ति हुन नपाउने व्यवस्था गरिएको छ।

तर, हाल उक्त प्रावधानलाई केही राजनीतिक दल, स्वार्थ समूह र उच्च पदस्थ अधिकारीहरू मिलेर हटाउने प्रयास भइरहेको भन्दै युनियनले विज्ञप्ति मार्फत विरोध जनाएको हो।

विज्ञप्तिमा भनिएको छ, “ कुलिङ पिरियडको व्यवस्था गर्नुको उद्देश्य सार्वजनिक सेवामा निष्पक्षता, पारदर्शिता र सुशासन कायम गर्नु, स्वार्थको द्वन्द्व न्यूनीकरण गर्नु, कर्मचारीको मनोबल र मर्यादा जोगाउनु र संवेदनशील जानकारीको दुरुपयोग रोक्नु हो। ”

नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्रकुमार कुँवरले विज्ञप्ति मार्फत मन्त्रिपरिषद् , राज्य व्यवस्था तथा सुशासन समिति र सम्पूर्ण संघीय सांसदहरूलाई उक्त व्यवस्था यथावत् राखी विधेयक पास गराउन आग्रह गर्नुभएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल