alliance khabar

सोमबार, बैशाख २९, २०८२

कञ्चनपुर, वैशाख २९ गते ।

शुक्लाफाँटा नगरपालिका-१० बञ्जरीयाकी ३२ वर्षीया धनमती महराले विद्युतीय इ-रिक्सा चलाएर परिवारको खर्च धान्दै आउनुभएको छ । इ-रिक्सा चलाएर उहाँले मासिक ३५ हजार बढी आम्दानी गर्नुहुन्छ । घरको आर्थिक अवस्था कमजोर हुँदा गाउँकै समूहबाट दुई लाख ऋण लिएर इ-रिक्सा खरिद गरी चलाउन थाल्नुभएको हो ।

समूहबाट लिएको ऋण महराले पाँच महिनामै चुक्ता गर्नुभएको छ । इ-रिक्सा चलाएर हुने आम्दानीले एक छोरा, एक छोरीको विद्यालयको मासिक शुःल्क, घर खर्च सबै धान्दै आउनु भएको छ । कक्षा १२ सम्म पढ्नुभएकी महराले घरको आर्थिक अवस्था कमजोर हुँदा नीजि विद्यालयमा शिक्षिकाको काम पनि गर्नुभयो ।

“त्यसबाट घर खर्च चलाउन धौधौ हुनथालेपछि केही महिना लघुवित्तमा र केही महिना बिमा अभिकर्ता बनेर काम गरेँ”, उहाँले भन्नुभयो, “दुवै क्षेत्रबाट पाइने तलबले चित्त बुझेन ।” झलारीलगायतका बजार क्षेत्रमा पुरुषले मात्रै अटो र इ-रिक्सा चलाउथे । “पुरुषजस्तै मैले पनि इ-रिक्सा चलाउने निधो गरेँ । समूहमा पैसा बचत गर्दथेँ, त्यहाँबाट ऋण लिएर रिक्सा चलाउन सिकेँ”, उहाँले भन्नुभयो, “ई-रिक्सा खरिद गररे चलाउन थालेपछि महिलाले पनि रिक्सा चलाउने भनेर कुरा काटथे, चढ्न हिचकिचाउँथे, केहीले भने हौसाला दिन्थे ।”

दुई तीन महिना थोरै यात्रु चढे । त्यति बेला निकै तनाव भयो उहाँलाई । यात्रुलाई सुरक्षितरूपमा तोकिएको रकम र गन्तव्यमा पुर्याउन थालेपछि यात्रुको सङ्ख्या बिस्तारै बढन थालेको उहाँले बताउनुभयो । अहिले महिला पुरुष सबै जना चढ्ने गरेको उहाँ बताउनुहुन्छ । यात्रु कम भएका बेला दिनमा एक हजार जति र बढी भएका बेला दुई हजार ५०० सम्म कमाइ हुने गरेको उहाँले बताउनुभयो ।

उहाँका श्रीमान्ले पनि ऋण निकालेर अटो रिक्सा खरिद गरी चलाउन थाल्नुभएको छ । दुवै जनाले कमाई गर्न थालेपछि परिवारको खर्च धान्न सहज भएको छ । धनमतीजस्तै शुक्लाफाँटा नगरपालिका-११ दीपनगरकी २८ वर्षीय अनिता कुवँरले पनि दुई वर्ष देखि ई-रिक्सा चलाउदै आउनुभएको छ । कक्षा १२ सम्म अध्ययन गर्नुभएकी कुवँरको आर्थिक अवस्था कमजोर थियो । साँझ बिहानको छाक टार्न धौ धौ हुने गरेको थियो । श्रीमान्ले ढुवानीका साधन चलाउँथे । त्यसबाट घर खर्च चलाउन सक्ने अवस्था थिएन ।

“घर परिवारकै सहमतिमा सहकारीबाट ऋण निकाल्ने निधो गरेँ”, उहाँले भन्नुभयो, “दुई लाख ऋण लिएर, त्यसैबाट ई-रिक्सा खरिद गरेँ, केही दिन सिक्नमै लाग्यो, सिकेपछि चलाउन थालेँ ।” इ-रिक्सा चलाउन थालेपछि सामान्य खर्चको अभाव नभएको उहाँ बताउनुहुन्छ । “ई-रिक्सा चलाउन थालेपछि पैसाका लागि श्रीमानको भर पर्नु परेको छैन”, उहाँले भन्नुभयो, “कमाई गरेर आएको रकम श्रीमान्लाई उल्टै खर्च दिने गरेको छु ।”

सहकारीमा दैनिक रकम बचत गर्न थालेकाले त्यस रकमबाट घर निर्माण गर्ने उहाँको योजना छ । उहाँले मासिक ३० हजारदेखि ३५ हजार कमाई गर्दै आउनुभएको छ । यी दुवै महिलालाई देखेर झलारी बजारमा अन्य महिला पनि ई-रिक्सा खरिद गरी चलाउन थालेका छन् । पछिल्लो एक वर्षमा ई–रिक्सा प्रति महिलाको आकर्षण बढेको झलारी बजारका व्यवसायी ललितबहादुर हमालले बताउनुभयो । झलारी बजारमा मात्रै छ जना बढी महिला ई-रिक्सा चलाएर जीविका चलाउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • alliancekhabar1@gmail.com
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल