काठमाडौँ, पुस २६ गते । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको लोकतन्त्र सङ्कटमामा रहेकाले संविधान पक्षधर र लोकतान्त्रिक शक्तिहरूबिच संवाद, न्यूनतम समझदारी र सहकार्यको खाँचो रहेको बताउनु भएको छ । नेकपा (एमाले) को दोस्रो केन्द्रीय कमिटी बैठकमा शनिबार यहाँ सम्बोधन गर्नु हुँदै अध्यक्ष ओलीले सो कुरा बताउनु भएको हो । […]
रुकुमपश्चिम, पुस २६ गते । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले रुकुमपूर्वबाट चुनाव लड्ने पक्का भएको बताउनुभएको छ । पूर्व प्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले रुकुमपश्चिमको मुसीकोट नगरपालिका १ बराहाटाकुरामा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्ने क्रममा आफू रुकुमपूर्वबाट चुनाव लड्ने करिब निश्चित भएको बताउनुभयो । उहाँले रुकुमका जनताको दुःख, सुखमा साथ […]
काठमाडौँ, पुस २६ गते । नेपाली कांग्रेसका विभिन्न देशमा रहेका जनसम्पर्क समितिले नियमित महाधिवेशनका माध्यमबाट पार्टीलाई बलियो र एकतावद्ध बनाउन आग्रह गरेका छन्। शनिबार १७ देशका जनसम्पर्क समितिका सभापतिले एक संयुक्त अपिल जारी गर्दै विधानअनुसार १५औं नियमित महाधिवेशन प्रक्रिया अघि बढिरहेका बेला त्यसैलाई निरन्तरता दिनुपर्ने बताएका हुन्। ‘कांग्रेसको आन्तरिक जीवनमा हामी अहिले अप्ठ्यारो परिस्थितिमा छौं। […]
काठमाडौँ, पुस २६ गते । नेपाली कांग्रेसका नेता, पूर्वमन्त्री एवम् वरिष्ठ पत्रकार होमनाथ दाहालको अन्त्येष्टि गरिएको छ । नेपालको प्रजातान्त्रिक आन्दोलनका क्रममा पटक–पटक जेलजीवन बिताउनु भएका स्वर्गीय दाहाल विसं २०५६ को आमनिर्वाचनमा ओखलढुङ्गा क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित हुनु भएको थियो । उहाँले कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी सम्हाल्नु भएको थियो । स्व. दाहालले […]
गुल्मी, पुस २५ गते । गुल्मीको रेसुङ्गा नगरपालिकाको १८ औं नगरसभा सम्पन्न भएको छ । १८ औं नगरसभाको पहिलो बैठकबाट एक विधेयक पारित गर्नुका साथै दुई ऐन संशोधन गरी यस नगरपालिकाले हिउँदे सभा सम्पन्न गरेको हो । नगरप्रमुख खिलध्वज पन्थीको अध्यक्षतामा भएको १८ औं नगरसभाको पहिलो बैठकबाट रेसुङ्गा नगरपालिकाको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा […]
काठमाडौँ, पुस २५ गते । प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतपत्र छपाइ शुक्रबारदेखि सुरु हुने भएको छ । सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा मतपत्र छपाइ सुरु हुन लागेको हो । समानुपातिक र प्रत्यक्षको नमुना मतपत्र छपाइ सकिएपछि निर्वाचन आयोगले वास्तविक मतपत्र छपाइ प्रारम्भ गरेको हो । नेपाली सेनाको सुरक्षा घेरामा मतपत्र छपाइको कार्य प्रारम्भ हुने छ । […]
फुङलिङ, पुस २५ गते । मेची राजमार्गअन्तर्गत बहानन्दे काबेली सडकखण्ड र विद्युत सेवा शुक्रबारदेखि दैनिक ६ घण्टा बन्द हुने भएको छ । आगामी पुस २८ गतेसम्म चार दिनका लागि उक्त सडक खण्डमा साना तथा ठुला सबै सवारी साधन अवरुद्ध हुने भएको हो । मेची राजमार्गअन्तर्गतको काबेली–बहानन्देसम्मको साँघुरो सडकको स्तरोन्नति गर्ने कार्य शुक्रबारबाट सुरु हुने भएकाले […]
काठमाडौँ, पुस २४ गते । राष्ट्रपति रामचन्द्र पौडेलले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय समेत सम्हाल्दै आउनुभएका अनिलकुमार सिन्हालाई तोक्नुभएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा मौजुदा मन्त्रिपरिषद्का ऊर्जा मन्त्रालयसहित भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालयसमेत सम्हाल्दै आउनुभएका मन्त्री कुलमान घिसिङले नेपालको […]
काठमाडौँ, पुस २४ गते । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले भेटवार्ता गर्नुभएको छ । बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर राप्रपा अध्यक्ष लिङ्देनले भेटवार्ता गर्नुभएको हो । राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार राप्रपा अध्यक्षसहितको टोली प्रधानमन्त्रीलाई पुस २७ गते पृथ्वी जयन्तीको चियापान समारोहको निम्तो दिएको छ । भेटमा प्रधानमन्त्री कार्कीले […]
काठमाडौँ, पुस २४ गते । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले पार्टीलाई एकतावद्ध गरेर अघि बढाउने विषयमा निरन्तर छलफल भइरहेको बताउनुभएको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपसभापति गुरुङले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको आह्वान गरिसकेको तथा केन्द्रीय कार्यसम्पादन समितिले नियमित महाधिवेशनको तालिका सार्वजनिक गरिसकेको सन्दर्भमा दुवै विषयलाई मिलाएर लैजानेबारे छलफल […]