सुर्खेत, असार १४ गते । कर्णाली प्रदेश सरकारअन्तर्गतका निकायहरूको प्रशासनिक पुनर्संरचना गर्न गठित उच्चस्तरीय सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण समितिले शुक्रबार मुख्यमन्त्री यामलाल कँडेललाई आफ्नो प्रतिवेदन बुझाएको छ । पूर्वसचिव लक्ष्मण अर्यालको संयोजकत्वमा गठित समितिले दुई महिना लगाएर तयार पारेको प्रतिवेदन प्रदेशको विद्यमान प्रशासनिक संरचना सुधार गरी सरकारको कार्यसम्पादनलाई चुस्त, प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्य राखेको […]
काठमाडौँ, असार १४ गते । संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली शनिबार स्पेन प्रस्थान गर्दै हुनुहुन्छ । स्पेनको सेभिल्लामा हुने ‘इन्टरनेशनल कन्फरेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ युनाइटेड नेशन्स् (एफएफडि–४)’ का लागि राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरस र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजको मैत्रीपूर्ण […]
काठमाडौँ, असार १२ गते । प्रधानमन्त्री केपी शर्मा ओली युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी शनिबार त्यसतर्फ जाँदै हुनुहुन्छ । उहाँले स्पेनको औपचारिक भ्रमणका क्रममा त्यहाँ यही असार १६ देखि १९ गतेसम्म आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा भाग लिनुहुनेछ । प्रधानमन्त्रीको औपचारिक भ्रमणको सम्पूर्ण तयारी पूरा भएको […]
द हेग, असार १२ गते । उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) का सहयोगी राष्ट्रहरूसँग बुधबार भएको वार्तामा रक्षा खर्च बढाउने विषयमा भएको सम्झौता सबैका लागि ठुलो विजय’ भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनुभएको छ । सन् २०३५ सम्ममा सदस्य राष्ट्रले आफ्नो उत्पादनको पाँच प्रतिशत रक्षामा खर्च गर्ने प्रतिबद्धता व्यक्त गरिएको सम्झौताका लागि अमेरिकी राष्ट्रपति ट्रम्पले […]
काठमाडौँ, असार १२ गते । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको विविधतायुक्त समाजमा रहेका विभिन्न जातजातिका मौलिक भाषा, संस्कृति, नाटक, गीत र सङ्गीतमा रहेको विविधताले नेपाली समाजलाई एकढिक्का बनाउँदै राष्ट्रिय एकताको भावनालाई सुदृढ बनाउन योगदान दिएको बताउनुभएको छ । नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०८१ वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाली समाज विविधतायुक्त रहेको भन्दै नेपाल […]
कास्की, असार १० गते। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सत्य , तथ्य र प्रमाणमा आधारित पत्रकारिता हुनुपर्ने बताउनुभएको छ। पोखरामा आयोजित ‘सूचना मागौं : भ्रष्ट्राचार अन्त्य गरौं’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले पत्रकारहरूले कम्तिमा पनि समाचार लेख्दा सत्य , तथ्य र प्रमाणमा आधारित भएर सरकारका राम्रा र नराम्रा पक्ष उजागर गर्नुपर्नेमा जोड दिनुभयो । पत्रकारिताले लोकतन्त्रलाई […]
काठमाडौं, २०८२ असार ८ गते । नेपाल ट्रेड युनियन कांग्रेससँग आवद्ध नेपाल कारखाना श्रमिक संघले श्रमिकहरूको न्यूनतम पारिश्रमिक तत्काल निर्धारण गर्न माग गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ। प्रत्येक दुई वर्षमा एकपटक वृद्धि हुने न्यूनतम पारिश्रमिक यो वर्षदेखि लागू हुनुपर्ने संघले जनाएको छ। २०८२ साउन १ गतेदेखि नयाँ दरमा न्यूनतम पारिश्रमिक लागू हुनु आवश्यक भए […]
काठमाडौँ, असार १० गते । नेपाल औषधी आयातकर्ता संघ (मियान)को अध्यक्ष पदमा पवन आचार्य निर्वाचित हुनुभएको छ । संघको आठौँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट आचार्यको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । यसअघि आचार्य संघको महासचिव पदमा कार्यरत हुनुहुन्थ्यो । यस्तै, अधिवेशनबाट संघको उपाध्यक्षमा पृथ्वीराज वैद्य र सुमन कयाल निर्वाचित हुनुभयो । […]
काठमाडौँ, असार ९ गते । सङ्घीय संसद्को दुवै सदनको बैठक सोमबार बस्दैछ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ र स्पष्टीकरण दिने कार्यसूची छ । विनियोजन विधेयक, २०८२ अन्तर्गत, वन तथा वातावरण, सङ्घीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा जलस्रोत तथा सिँचाइ, रक्षा, कृषि तथा पशुपन्छी […]
काठमाडौँ, असार ८ गते । गिद्धे प्रेसले पत्रकार, अनुवादक दुई व्यक्तित्वलाई पुरस्कार प्रदान गरेको छ । शनिबार राजधानीमा आयोजित कार्यक्रममा पत्रकार तथा अनुवादक श्याम प्रधानलाई अमर स्रष्टा सत्यमोहन जोशी राष्ट्रिय सिर्जना पुरस्कार र पत्रकार बिपी कोइरालालाई सोमनाथ घिमिरे राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । सो अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुरमा जन्मनुभएका संस्कृतिविद्, शताब्दी पुरुष […]