काठमाडौँ , फागुन २५ गते। राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरुले आज सपथ लिनुभएको छ । सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा विशेष समारोहका बिचमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नव निर्वाचित सदस्यहरूलाई शपथ गराउनुभएको हो । यही फागुन २० मा कार्यकाल सकिएका राष्ट्रिय सभाका १९ सदस्यका लागि गत माघ ११ गते भएको निर्वाचनबाट १८ जना निर्वाचित हुनुभएको थियो […]
काठमाडौँ, फागुन २४ गते । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक सय ६५ क्षेत्रमध्ये १४ क्षेत्रमा नारी विजयी भएका छन्। निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणाम अनुसार प्रतिनिधिसभा सदस्यमा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का १३ र नेपाली कांग्रेसका एक गरी जम्मा १४ महिला विजयी हुनुभएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुल उम्मेदवार […]
मकवानपुर, फागुन २४ गते । नेकपा (एमाले) मकवानपुरका अध्यक्ष श्रीधर पोखेरेलले पार्टी सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पराजय र पार्टी गतिविधिप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष पदबाट राजीनामा दिनुभएको छ । उहाँले आगामी दिनमा पार्टीलाई जीवित र सुदृढ राख्न वर्तमान यथार्थलाई आत्मसात् गर्दै जिम्मेवारी लिनुपर्ने भन्दै अध्यक्ष पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको हो । पोखरेलले सामाजिक सञ्जाल फेसबुकबाट […]
भोजपुर, फागुन २४ गते । भोजपुरबाट प्रतिनिधिसभा सदस्यमा श्रम संस्कृति पार्टीका ध्रुवराज राई निर्वाचित हुनुभएको छ। उहाँले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का शेरधन राईलाई एक हजार ९१३ मतान्तरले पराजित गर्नुभएको हो। ध्रुवराज राईले १६ हजार ६६३ मत पाउँदा उहाँका प्रतिस्पर्धी शेरधन राईले १४ हजार ७५० मत प्राप्त गर्नुभएको छ। तेस्रो स्थानमा रहनुभएका नेपाली कांग्रेसका बालकृष्ण […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पारिवारिक सुख मिल्नुका साथै आत्माबल बढ्ने छ । ब्यापारमा सोचे अनुरुपको फाइदा होला । लाभदायक समय छ । आर्थिक लाभ मिल्नुका साथै व्यापार व्यवसायमा फाइदा हुनेछ । शत्रु र रोग पन्छ्याउने उचित समय छ, प्रयास गर्नुहोला । पढाइमा भने आज खासै प्रगति नहोला । वृष […]
रेसुङ्गा(गुल्मी) फागुन २४ गते। गुल्मीमा आजबाट प्रतिनिधि सभा समानुपातिक तर्फको मतगणना हुने भएको छ । बिहान १० बजेबाट समानुपातिकतर्फ क्षेत्र नम्बर १ को मत जिल्ला समन्वय समितिको हल र क्षेत्र नम्बर २ को मत रेसुङ्गा बहुमुखी क्याम्पसमा गणना गरिने निर्वाचन कार्यालयले जनाएको छ। मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद पौडेलले मतगणनाका लागि उम्मेदवारका प्रतिनिधिलाई बिहान ९ः३० बजे […]
फिदिम, फागुन २४ गते। पाँचथरबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका नरेन्द्रकुमार केरुङ निर्वाचित हुनुभएको छ। उहाँले श्रम संस्कृति पार्टीका हस्तराज शेर्मालाई २ हजार ४९९ मतान्तरले पराजित गर्दै विजय हासिल गर्नुभएको हो। निर्वाचित केरुङले १७ हजार २३३ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी शेर्माले १४ हजार ७३४ मत प्राप्त गर्नुभएको छ। यसैगरी नेकपा (एमाले) का […]
दाङ, फागुन २४ गते । दाङका तीन वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विजयी हुँदै ‘क्लिन स्विप’ गरेको छ । दाङ–१ मा देवराज पाठक, दाङ–२ मा विपिन कुमार आचार्य र दाङ–३ मा कमल सुवेदी भारी मतान्तरसहित निर्वाचित हुनुभएको हो । २०७९ सालको निर्वाचनमा भने दाङका तीन वटै क्षेत्रमा रास्वपा तेस्रो स्थानमा रहेको थियो । […]
कलैया, फागुन २३ गते । बारामा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उल्लेखनीय सफलता हासिल गरेको छ । जिल्लाका तीन निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भएका छन् भने बाँकी एक क्षेत्रमा पनि पार्टीका उम्मेदवारले स्पष्ट अग्रता कायम राखेका छन् । बारा निर्वाचन क्षेत्र नम्बर १ बाट रास्वपाका उम्मेदवार गणेश धिमाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित […]
नारायणगढ, फागुन २३ गते । चितवन १ मा भएको प्रतिनिधि सभाको निर्वाचनमा रास्वपाका हरि ढकाल भारी मतान्तरले निर्वाचित हुनुभएको छ । उहाँको जितसगैँ चितवनमा रास्वपाले क्लिनस्विप हानेको छ । पूर्व सासादसमेत रहनु भएका ढकालले ५८ हजार २०८ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटम प्रतिस्पर्धी नेपाली काँग्रेसका राजेन्द्र वुर्लाकोटीले १३ हजार ३३ मत प्राप्त गर्नुभएको […]