alliance khabar

मंगलबार, आषाढ २३, २०८३

गुल्मी, असार २३ गते।

लुम्बिनी प्रदेश सभा बैठक मङ्गलबार बस्दै छ । मङ्गलबार दिउँसो १ बजेबाट सुरु हुने बैठकमा आर्थिक वर्ष २०८३/०८४ को विनियोजन विधेयक माथिको समूहीकृत छलफललाई निरन्तरता दिइनेछ।

बैठकको सुरुमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ स्वास्थ्य मन्त्री रामजी प्रसाद घिमिरे, युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेय तथा मुख्यमन्त्री चेतनारायण आचार्यले दिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ।

त्यसपछि भौतिक पूर्वाधार विकास मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, उद्योग, पर्यटन तथा यातायात मन्त्रालय तथा आन्तरिक मामिला तथा कानून मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकहरूमाथि समूहीकृत छलफल हुने प्रदेश सभा सचिवालयले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल