२०८१ जेठ ३० श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बाग्मती प्रदेशको ललितपुरमा आयोजना गरेको दुई दिने श्रमाधान रोजगार मेलामा १३ हजार ९७८ जनाले रोजगारीको लागि आवेदन दिएका छन् । मेलामा रोजगारताबाट एक हजार ५०५ श्रमिकको माग गरिएको थियो । मंगलबार र बुधबार चलेको मेलामा करिब ५ हजारले अवलोकन गरेका छन् । मेलाको समापन कार्यक्रममा बोल्दै […]
काठमाडौँ, जेठ २९ गते । सर्लाहीको बागमती नगरपालिकाका निलम्बित प्रमुख भरतकुमार थापाविरुद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मङ्गलबार प्रमुख थापाविरुद्ध ३० करोड रुपियाँभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो । अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार भरत ताल निर्माणमा अनियमितता गरेको भन्दै थापासहित ६ जनाविरुद्ध मुद्दा दायर […]
नारायणगढ (चितवन), १४ वैशाखः कालिका नगरपालिकाले एकल, दलित र विपन्न वर्गका महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले निःशुल्क सवारी चालक तालिम सञ्चालन गरेको छ । पालिकाले महिला तथा बालबालिका कार्यक्रमअन्तर्गत तालिम सञ्चालन गरेको हो । त्यस अवसरमा कालिकाका नगरप्रमुख विनोद रेग्मीले सवारी चालक (ड्राइभिङ) तालिमले महिलाहरूलाई स्वदेश तथा विदेशमा जहाँ गएपनि व्यावसयिक तथा स्वरोजगार बन्न सहयोग पुग्ने […]
सिरहा, ८ वैशाख : सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण हुने भएको छ । नगरपालिकाको रु दुई करोड ५० लाख लागतमा बन्ने घाटको नगरप्रमुख महेशप्रसाद चौधरी र उपप्रमुख रामचलितार महतोले संयुक्त रुपमा शुक्रबार शिलान्यास गर्नुभयो । अन्तिम संस्कार गर्ने ठाउँको अभाव पूर्ति गर्न नगरपालिकाले सुविधासम्पन्न घाट बनाउने नगरप्रमुख चौधरीले बताउनुभयो । दुई […]
टीकापुर, ८ वैशाख: टीकापुर नगरपालिका वडा नं ७ को प्रशासनिक भवन रु ६८ लाख लागतमा निर्माण सम्पन्न भएको छ । शक्तिशाली भूकम्पमा पनि नभत्कने गरी बनाइएको उक्त भवनमा पाँच कोठा छन् । नगरप्रमुख रामलाल डगौरा थारुले शुक्रबार भवन उद्घाटन गर्दै नगरपालिकाले नगरमा आवश्यक भौतिक पूर्वाधार निर्माणलाई निरन्तरता दिने बताउनुभयो । उहाँले नगरवासीको सुविधाका निम्ति बाटो, […]
काठमाडौँ, ४ वैशाख : काठमाडौँ महानगरपालिका (कामपा) ले भोलि (बुधबार) देखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने भएको छ । कामपाले स्तन, पाठेघरको मुखको क्यान्सर र प्रजनन रुग्णता (अस्वस्थ्यता) सम्बन्धी निःशुल्क परीक्षण शिविर सञ्चालन गर्ने भएको हो । महानगरपालिकाका सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा वैशाख महिना भरी शिविर सञ्चालन हुने महानगरले जनाएको छ । वडा नं ३१ भीमसेनगोलामा […]
काठमाडौँ, ४ वैशाख : चन्द्रागिरि नगरपालिकाको ऐतिहासिक, धार्मिक एवं सांस्कृतिकस्थल संरक्षणमा अतुलनीय योगदान दिएबापत प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल सम्मानित हुनुभएको छ । चन्द्रागिरि–२ कोइरालाथोकमा जारी ऐतिहासिक (चण्डिका देवी) श्रीमद्देवी भागत ज्ञान विराट ज्ञान महायज्ञ तथा धार्मिक महोत्सवमा उहाँ सम्मानित हुनुभएको हो । महोत्सव मूल समारोह समितिका संयोजक राजेन्द्र कोइराला, उपसंयोजक मधुकर बस्नेत तथा महायज्ञको […]
पाटन (ललितपुर), २९ चैत : ललितपुर महानगरपालिकाले महानगरभित्रका दशवटा महिला समूहलाई सम्मान गरेको छ । महानगरले आज आयोजना गरेको उत्कृष्ट महिला समूह घोषणा कार्यक्रम तथा पुरस्कार वितरण कार्यक्रममा वडा नं ६ मा रहेको वैश्य वर्णं माँ पुचःलाई सर्वोत्कृष्ट महिला समूह घोषणा गर्दै पुरस्कृत गरेको छ । वैश्य वर्ण माँ पुचसहित अरु नौवटा समूह उत्कृष्ट महिला […]
देवदह ,फागुन २८ गते । मानव सेवाका लागि देशका सातै प्रदेशमा सञ्चालन हुन लागेको क्लोथ एण्ड फूड बैंक रुपन्देहीको देवदहमा सञ्चालनमा आएको छ। सोमबार एक कार्यक्रमका बिच देवदह नगरपालिकाका प्रमुख ध्रुव प्रसाद खरेल, उप प्रमुख विद्या लक्ष्मी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले संयुक्त रुपमा क्लोथ बैंकको उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै […]
गीतकार मनुहाङ किराती “साेलु”को शब्दमा रहेको “सानिवा पिन्ना, सम्तुमा मिन्ना“बाेलकाे कुलुङ भाषाकाे गीत साेलुखुम्बु मिडिया युट्युव च्यानलबाट सार्वजनिक भएको छ । नेपाल बहुजातीय, बहुभाषिक,बहुसाँस्कृतिक राष्ट्रमा यस गीतले प्रेमी र प्रेमिकाकाे विछाेड पछिकाे बेदना पाेखेकाे छ। मन बहादुर कुलुङको संगीत तथा स्वर रहेकाे उक्त गीतकाे मिक्सिङ दिनेशराज बाहक रेकर्डिङ्ग रहेको गीत द पिक स्टुडियो काठमाडाैँमा रेकर्ड […]