बिजुवार, असार २४ गते । प्युठान नगरपालिकाले शैक्षिक सत्र २०८१-८२ मा उत्कृष्ट नतिजा ल्याएका दुई सामुदायिक विद्यालयलाई नगदसहित सम्मान गर्ने निर्णय गरेको छ । नगर शिक्षा समितिको बैठकले एसइईमा नगरभित्र उत्कृष्ट स्थान हासिल गरेको शारदा माध्यमिक विद्यालय, सापडाँडालाई ३ लाख रुपियाँ र कक्षा ८ मा उत्कृष्ट नतिजा ल्याएको बालज्योति माध्यमिक विद्यालय, गेजवाङलाई २ लाख रुपियाँ […]
सुर्खेत, असार २१ गते । सुुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले नगरभित्रका विभिन्न स्थानमा सञ्चालनमा रहेका ठेला तथा फुटपाथ व्यवसायमार्फत बिक्री हुने खाद्य सामग्रीको स्वच्छता र गुणस्तर जाँच गर्ने भएको छ । नगरपालिकाको जनस्वास्थ्य शाखाद्वारा आयोजित पोषणमैत्री स्थानीय शासन प्रवर्धन विषयक अभिमुखीकरण कार्यक्रममा नगर प्रमुख मोहनमाया ढकालले बोल्नुहुँदै भन्नुभयो, ‘‘खाद्य स्वच्छताको ग्यारेण्टी गर्न हामीले अनुगमन प्रक्रिया अझ कडाइका […]
नवलपरासी पश्चिम, असार २१ गते । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सुनवल नगरपालिकाको रोजगार शाखाले आर्थिक वर्ष २०८१/०८२ मा ७७ जनालाई रोजगार दिएको छ । त्यसैगरी सामी कार्यक्रमअन्तर्गत ५० जनालाई वित्तीय साक्षरता तालिम दिएको छ । नगरपालिकाको १३ वटा वडाबाट ३०५ सूचिकृत वेरोजगारमध्ये ७७ जनालाई सय दिनको रोजगारमा संलग्न गरिएको हो । त्यस्तै, वडा नम्बर ११ र […]
कालीकोट, असार १९ गते । कालीकोट जिल्लाका नौ स्थानीय तहको इन्धनमा एक वर्षमा दुई करोडभन्दा बढी खर्च भएको छ । जिल्लाको सान्नीत्रिवेणी गाउँपालिकाको इन्धन खर्च मात्र ४८ लाख ५१ हजार २३२ रुपियाँ छ । सान्नीत्रिवेणी गाउँपालिकाले विभिन्न सवारीसाधन खरिदमा ३४ लाख ५० हजार १५० रुपियाँ खर्च गरेको छ । यो सवारीसाधन खरिदको कुनै पनि प्रमाण राखिएको छैन । सम्पत्ति […]
काभ्रेपलाञ्चोक, असार १८ गते । पाँचखाल नगरपालिकाले आफ्ना नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने व्यवस्था गरेको छ । नेपाल रेडक्रस सोसाइटीसँग सम्झौता भएसँगै नगरवासीले अब निःशुल्क रगत पाउने भएका हुन् । “पाँचखालवासीले उपचारका क्रममा रक्तअभावका कारण ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले नेपाल रेडक्रस सोसाइटीसँग सम्झौता गरेका हौँ”, नगरप्रमुख महेश खरेलले भन्नुभयो । सम्झौता अनुसार रेडक्रसले निःशुल्क […]
काठमाडौँ, असार १२ गते । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ७५३ स्थानीय तहमध्ये ७१४ स्थानीय तहले गाउँ र नगर सभामा पेस गरेका बजेटमा विभिन्न प्राथमिकता निर्धारण गरेका छन् । दुर्गम क्षेत्रका स्थानीय तहले अहिले पनि भौतिक पूर्वाधारका क्षेत्रलाई नै बजेटको प्राथमिकता निर्धारण गरेका छन् भने ठुला स्थानीय तहले भने भौतिक पूर्वाधारका साथै सिप विकास, […]
दाङ, असार ११ गते । दाङको दस स्थानीय तहले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि नौ अर्बभन्दा बढि बजेट विनियोजन गरेका छन् । दुई उपमहानगरपालिका र एक नगरपालिकासहित ७ पालिकामध्ये सबैभन्दा बढि घोराही उपमहानगरपालिकाले दुई अर्ब २९ करोडको बजेट ल्याएको छ भने सबै भन्दा कम दंगीशरण गाउँपालिकाले ४५ करोड ११ लाख बजेट ल्याएको छ । […]
म्याग्दी, असार ११ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । मङ्गलबार साँझ गाउँपालिका केन्द्र पोखरेबगरमा सम्पन्न भएको गाउँसभाको २१ औं अधिवेशनमा गाउँपालिका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले ६० करोड ७६ लाख दुई हजार रुपियाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको हो । गाउँपालिकाले आगामी आर्थिक वर्षका […]
गौर, असार १० गते । गौर नगरपालिकाले आर्थिक वर्ष ०८२/०८३ का लागि नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गरेको छ । गौर नगरपालिकाको १६ औँ नगरसभाको अधिवेशनमा नगरप्रमुख शम्भु साहले अगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमअन्तर्गत रोजगारी सिर्जना एवम् उद्यमशिलता प्रवर्धनमा जोड दिनुभएको छ । उहाँले सबै किसिमको विभेद र असमानता अन्त्य, वातावरणमैत्री विकासमा जोड, […]
रुकुमपश्चिम, असार ८ गते । रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–९ मा निर्माणाधीन ज्येष्ठ नागरिक मिलन केन्द्रको भवन तीन वर्षदेखि अलपत्र छ । कर्णाली प्रदेशले सुरुमा दिएको अपूरो बजेट र त्यसयता भएको बेवास्ताको कारण भवन लथालिङ्ग बनेको छ । मुसीकोट नगरपालिका–१ को कैलदेउ हुँदै माथिल्लो छिङगाउँ जोड्ने सडक विवादित छ । वातावरणीय प्रभाव मूल्याङ्कन नगरी र योजनाको प्राथमिकता […]