alliance khabar

आइतबार, कार्तिक १६, २०८२

लहान, कात्तिक १६ गते  ।

सिराहाको औरही गाउँपालिकाका जेनजी समूहले गाउँपालिकामा बुझाएको ध्यानाकार्षणपत्रमा उल्लेख भएको  माग सम्बोधन गर्न जेनजी समूह र गाउँपालिकाबिच सातबुँदे सम्झौता भएको छ ।

असोज २६ गते जेनजी समूह औरही गाउँपालिकाले गाउँपालिका अध्यक्ष शिवजी यादवलाई बुझाएको सातबुँदे ध्यानाकर्षणपत्रमा वार्ताका माध्यमबाट कात्तिक १४ गते  शुव्रmबार दिनभरिको घलफलपछि सम्झौता भएको हो ।

सम्झौतापत्रमा औरही गाउँपालिका अन्तर्गतका कार्यालयमा कार्यरत कर्मचारीको नामावलीसहितको विवरण गाउँपालिकाले सात दिनभित्र सार्वजानिक गर्ने, सरकारी गाडी तोकिएको मापदण्ड, कार्यविधि वा निर्णयबमोजिम मात्रै प्रयोग गर्ने, पालिकाको कार्य प्रगति विवरण मासिक रूपमा सार्वजनिक गर्ने, गाउँपालिकाको गाउँ सभाबाट पारित बजेट पालिकाको वेबसाइटमार्फत सार्वजानिक गर्ने, जेनजी आन्दोलनपछि बन्द रहेका दैनिक काम सञ्चालनमा ल्याउने र सुशासनको प्रत्याभूति गराउने, जेनजी आन्दोलनमा भएको क्षति विवरण प्राविधिक मूल्याङ्कनबाट गराउने र शिक्षा, स्वास्थ्य जस्ता सेवामा प्रभावकारिता ल्याउनुपर्नेलगायतका सात बुँदामा सम्झौता भएर दुवै पक्षबाट सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ ।

किसानको बाहुल्य रहेको औरही गाउँपापलिका भारतीय सीमा र हुलाकी मार्गसँग जोडिएको यो पालिकामा देखिएको अनियमिततालाई सात बुँदामा उल्लेख गरी बुझाएको ध्यानाकर्षणपत्रमा गाउँपालिका अध्यक्ष यादव सकारात्मक भएपछि सौहार्दपूर्ण वातावरणमा सम्झौता भएको जेनजी समूह औरही गाउँपालिका संयोजक

सन्तोष यादवले बताउन्ुभयो ।

जेनजी समूहले राखेका माग जनसरोकारसँग जोडिएकाले यसमा सहमति सम्झौता गरिएको औरही गाउँपालिकाका अध्यक्ष यादवले बताउनुभयो । उहाँले जेनजी आन्दोलनमा एक्साभेटर, ट्याक्टर, रोलर र कार्यालयका भौतिक संरचनालगायत पाँच करोड बराबरको क्षति भएको बताउनुभयो । उहाँले भन्नुभयो, “कागजातसमेत जलेकाले ज्येष्ठ नागरिकलाई दसँै, दीपावली र छठका अवसरमा सामाजिक सुरक्षा भत्तासमेत उपलब्ध गराउन सकिएको छैन । जेनजी समूहसँग सम्झौता भएपछि अब सबै काम अघि बढाउन वातावरण बनेको छ ।’’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल