बाढी पहिरोका कारण मध्यपहाडी राजमार्ग सहित मुख्य सडक अवरुद्ध

फिदिम,साउन ४ गते । बाढी र पहिरोका कारण तमोर करिडोर,मेची राजमार्ग र मध्यपहाडी राजमार्ग सहित मुख्य सडक अवरुद्ध भएका छन । लगातारको अविरल वर्षासँगै आएको बाढीका कारण मेची राजमार्गको पाँचथरस्थित हेँवा खोला,मध्यपहाडी राजमार्गको रिजालभिर र दोभानेखोला,तमोर करिडोरको नावा खोला खण्डबाट बिहानैदेखि सवारी साधन र ढुवानी सेवा वारपार हुन सकेका छैनन भने राँके रवि भेडेटार र फिदिम […]

सहुलियतपूर्ण कर्जामा पहुँचवालाकै रजाइँ

काठमाडौँ, साउन ४ गते । सहुलियत कर्जा, अनुदान र सरकारी प्रोत्साहन योजना देशको आर्थिक समृद्धि, रोजगारी सिर्जना तथा उत्पादन वृद्धि गर्ने उद्देश्यले ल्याइने गरे पनि यस्ता सहुलियत सुविधा प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेका छैनन् । अर्बौं रुपियाँ बराबरको कर्जा र अनुदान लक्षित वर्गमा नपुगी पहुँचवाला, बिचौलिया र टाठाबाठाको हातमा पुग्ने गरेको तथ्य प्रस्तुत गरेका विभिन्न […]

२०८२ साउन ०४ गते – 20 July 2025 , आइतबार, यस्तो छ तपाईको राशिफल

 ज्यो.पं. हरिप्रसाद भण्डारी मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सञ्चार र नेटवर्किङमा अलमलिने सम्भावना छ । पराइसँग व्यवहार गर्दा शब्द र प्रस्तुतिमा ध्यान पुर्‍याउनुहोला । आम्दानी सहज देखिए पनि खर्चमा होसियार रहनुपर्छ । अत्यधिक बोलाइभन्दा संकेत र हाउभाउका माध्यमबाट काम बन्ने समय हो । वृष (इ, उ, ए, ओ, बा, बि, […]

एमाले पोलिटब्यूरो बैठक : विधान संशोधन प्रस्ताव पारित

काठमाडौँ, साउन ३ गते ।   नेपाल कम्युनिस्ट पार्टी (एमाले) को पोलिटब्यूरो बैठकले विधान संशोधन प्रतिवेदन पारित गरेको छ  । पार्टी मुख्यालय च्यासल, ललितपुरमा शनिबर सम्पन्न चौथो पूर्ण बैठकले केन्द्रीय सचिवालय बैठकबाट पारित गरिएको विधान संशोधन प्रस्ताव प्रतिवेदनलाई सर्वसम्मतिले  पारित गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । बैठकमा पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान […]

कुनै समुदाय विकासबाट पछाडि नपरोस् भन्ने सरकारको उद्देश्य हो : मन्त्री यादव

इटहरी (सुनसरी), साउन ३ गते :  खानेपानीमन्त्री प्रदीप यादवले नेपालमा रहेका कुनै पनि समुदाय विकासको मूलधारबाट पछाडि नपरोस् भन्ने सरकारको स्पष्ट एवं प्रमुख उद्देश्य रहेको बताउनुभएको छ । आज यहाँ स्थित “झुम्का सहरी खानेपानी तथा सरसफाइ आयोजना” को उद्घाटन समारोहलाई सम्बोधन गर्नु हुँदै मन्त्री यादवले सरकारको प्रयास, खानेपानी क्षेत्रलाई सामाजिक न्याय र समावेशी विकाससँग जोड्दै सबै समुदायलाई समान […]

अनेसासले गर्‍यो सर्वोत्कृष्ट ११ पुरस्कारको घोषणा

मेरिल्याण्ड, साउन ३ गते ।  अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले हरेक दुई वर्षमा  प्रदान गर्दै आएको विभिन्न ११ विधाका पुरस्कार घोषणा गरेको छ । शनिवार बसेको बोर्ड अफ ट्रष्टी र केन्द्रीय समितिको संयुक्त बैठकमा पुरस्कार छनोट समितिका संयोजक एवं विओटीका उपाध्यक्ष तीर्थराज पाण्डेयले पुरस्कार प्राप्त गर्ने व्यक्तिहरुको नामावली घोषणा गर्नुभएको थियो । विभिन्न व्यक्तित्वहरुले […]

नव नियुक्त अध्यक्ष ढकालद्वारा पदभार ग्रहण

काठमाडौं, साउन ३ गते । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सञ्चालक समितिका नवनियुक्त अध्यक्ष देवकुमार ढकालले पदभार ग्रहण गर्नुभएको छ । साउन २ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सर्वसम्मत ढकाललाई अध्यक्ष चयन गरेसँगै उहाँले पदभार ग्रहण गर्नुभएको हो । ढकालसँग नेपाल राष्ट्र बैंकमा ३० वर्षभन्दा बढी समय विभिन्न जिम्मेवारीमा रहेर सेवा गरेको अनुभव छ । […]

नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो

वीरगञ्ज (पर्सा), साउन २  गते । बारा–पर्सा औद्योगिक कोरिडोरमा अवस्थित  प्रेस्टिज कार्पेट इन्डिस्ट्रिजले आफ्ना उत्पादन तेस्रो मुलुक निर्यात गर्न थालेको छ । इन्डिस्ट्रिजले गत बिहीबार ३० हजार वर्गमिटर गलैँचा सुक्खाबन्दरगाहबाट तेस्रो मुुलुक निर्यात गरेको हो । उक्त इन्डिस्ट्रिजका युनाइटेड सञ्चालक अमन साहका अनुसार संयुक्त अरब इमिरेट्स, अफ्रिकी मुलुक केन्या र संयुक्त राज्य अमेरिकालगायत मुलुकमा आफ्ना […]

कामपाको छात्रवृत्तिका लागि १६ हजार बढी सहभागी हुने

काठमाडौँ,  साउन २ गते । काठमाडौँ महानगरपालिकाले शैक्षिकसत्र २०८२/८३ का लागि कक्षा ११ र १२ मा संस्थागत विद्यालयमा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि आयोजित प्रवेश परीक्षामा १६ हजार १३७ विद्यार्थी परीक्षामा सहभागी हुन पाउने भएका छन् । देशभरका ७७ जिल्लाबाट कुल १७ हजार २२९ आवेदनमध्येबाट १६ हजार १३७ वद्यार्थी छनोट भएका हुन् । […]

कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति

कर्णाली,  साउन २ गते । कर्णालीको विशेष मौलिक पर्वका रूपमा लिने गरिन्छ साउने सङ्क्रान्ति, जुन दिन राँको बालेर लुतो फाल्ने गरिन्छ । मानव शरीर तथा समाजमा भएका सबैखाले विकृत चिजको विसर्जन गर्ने विम्बका रूपमा लुतो फाल्ने परम्परा मुलतः माथिल्लो कर्णालीका जिल्लाहरूमा विद्यमान छ । साउने सङ्क्रान्ति लुतो फाल्ने दिनमात्र नभएर देउडा पर्वका रूपमा पनि कर्णालीमा […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल