alliance khabar

बुधबार, आश्विन १५, २०८२

दाङ, असोज १५ गते ।

थारू समुदायले आज नवमीको दिन गँवल्या टीका लगाएका छन् । परम्परादेखि चल्दै आएको संस्कार अनुसार दसैँमा थारू समुदायले नवमीका दिन गाउँमा गँवल्या टीका लगाउने गर्दछन् ।

यसैबीच दंगीशरण ३ हेकुली गाउँका मटाँवा नारायण चौधरीले गाउँका जेष्ठ नागरिक एवं गुर्वा ८६ वर्षीया खुशीराम चौधरीसँग टीका लगाएर गाउँका गर्ढुर्याहरूलाई गँवल्या टीका लगाईदिनुभएको हो।

कानमा जमरा र बेबरी लगाईदिएर मटाँवा चौधरीले गँवल्या ९सेतो० टीका लगाएर शुभ आशिर्वाद संगै दशैको शुभकामान आदानप्रदान गरेको बताउनुभयो । हाम्रो थारू समुदायमा नवमीको दिन परम्परागत देखि गँवल्या टीका लगाउने संस्कार छ, मटाँवा चौधरीले भन्नुभयो, त्यहि संस्कार अनुसार मेलै गाँउका दाजुभाइलाई गँवल्या टीका लगाईदिए ।ू

“गँवल्या टीका मा चामलको सेतो टीका हुन्छ, उहाँले भन्नुभयो, यो टीका लगाएपछि गाउँमा, घरमा शान्ती हुने, सदभाब बढ्ने विश्वास छ, सेतो टीका शान्तिको प्रतिक भएकोले परम्परागत देखी थारू समुदाय सेता टीका लगाउने गर्दछन् ।”

उहाँका अनुसार गवँल्या टीका लगाउनु अगाडि नवमीको घरमा पूजापाठ सकाएर गाउँका गर्ढुर्याहरू ९प्रत्येक घरका घरमुली० गाउँको भुईह्यारथानमा जमरा, बेबरी र गोल्द्रामा देउता छाँकी चढाउने डारू लिएर भेला हुन्छन् । “त्यँहा सबैजना भेला भएपछि मटावाँ या गाउँका मुख्य गुर्वाले देउथानमा डारूको छाँकी र जमरा, बेबरी चढाईसकेछि मटावाले गाउँका गर्ढुर्याहरुको कानमा जमरा र बेबरी लगाउने प्रचलन छ”, उहाँले भन्नुभयो, “त्यसपछि गर्ढुर्याहरूले बर्कीमार गीत गाउँदै मटावाको कानमा जमारा र बेबरी लगाइदिन्छन् ।”

यसरी भुईह्यारथानमा यो कार्यसकेपछि नाच्दै बर्कीमार गीत गाउँदै मटावाको घरमा गँवल्या टीका लगाउँछौं, उहाँले भन्नुभयो, “गँवल्या टीकामा हाम्रो सेतो टीका हुन्, सेतो टीका शान्तिको प्रतिक भएकोले थारू समुदायमा सेतो टीका लगाउने  परम्परागत देखि चल्दै आएको संस्कार नै हो ।” उहाँका अनुसार दाङ, बाँके, बर्दिया, कैलाली, कंचनपुर र सुर्खेत जिल्लामा गँवल्या टीका लगाउने प्रचलन रहेको छ  ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल