काठमाडौँ, मङ्सिर १३ गते। गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनको समयमा क्षतिग्रस्त भएका प्रहरी वृत्त बौद्ध र प्रहरी प्रभाग साँखुको अवलोकन गर्नुभएको छ। आज उहाँले गत भदौ २४ गते जेनजी आन्दोलनका कारण क्षतिग्रस्त प्रहरी वृत्त बौद्ध र प्रहरी प्रभाग साँखुको अवलोकन गरेर प्रहरीले गरेको कामकारबाही र त्यस क्षेत्रको शान्तिसुरक्षाका बारेमा जानकारी लिनुभयो। अवलोकनका क्रममा गृहमन्त्री अर्यालले […]
काठमाडौँ, मङ्सिर १३ गते । प्रधानमन्त्री सुशीला कार्कीले शनिबार राष्ट्रिय प्रजातन्त्र पार्टीका नेतासँग छलफल गर्नुभएको छ । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार बालुवाटर पुग्नुभएका राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधिमण्डलसँग छलफल गर्नुभएको हो । छलफलमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित शीर्ष नेता सहभागी हुनुहुन्थ्यो । चुनावसँगै देशका समस्या समाधान गर्न सरकार लाग्नुपर्नेमा पार्टीले प्रधानमन्त्रीसँगको छलफलमा जोड दिएको राप्रपा अध्यक्ष […]
काठमाडौँ, मङ्सिर १३ गते। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक यही मङ्सिर १५ गते बस्ने भएको छ। यसअघि मङ्सिर १४ गते बोलाइएको उक्त बैठक विशेष कारणले गर्दा मङ्सिर १५ गते सोमबारसम्मका लागि सारिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो। बैठक सोमबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। कांग्रेसले उक्त बैठकमा उपस्थित हुनका […]
काठमाडौँ, मङ्सिर १३गते । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०को ११औँ राष्ट्रिय महाधिवेशनका आज देशैभरि प्रतिनिधि छनोट भएका छन्। महाधिवेशनका लागि आज देशभरि शान्तिपूर्ण रूपमा करिब दुई हजार २०० प्रतिनिधि छनोट भएका हुन्। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सबैजसो कमिटीमा आज प्रतिनिधि छनोट सम्पन्न भएको बताउनुभयो। “धेरैजसो कमिटीमा सर्वसम्मत रूपमा प्रतिनिधि छनोट भएका छन्”, उहाँले भन्नुभयो, […]
काठमाडौँ, मङ्सिर १२ गते। नेपाल वायुसेवा निगमले खाडी मुलुकमा जाने नेपाली श्रमिकका लागि विशेष छुटसहित नयाँ भाडादर लागू गरेको छ। निगमले आज विज्ञप्ति जारी गर्दै निगमले रोजगारीका लागि दमाम, दोहा, दुबई र मलेसियाको क्वालालाम्पुर जाने श्रमिकको सहजताका लागि १० प्रतिशत विशेष छुट दिने निर्णय गरेको जनाएको छ। विज्ञप्तिमा भनिएको छ, “श्रमिक यात्रुहरूको सर्वसुलभताका लागि नेपालबाट […]
काठमाडौँ, मङ्सिर १२ गते। प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार जेनजी आन्दोलनका अगुवा प्रतिनिधिसँग छलफल गर्नुभएको छ। सरकार र आन्दोलनकारीबिच हुन लागेको सम्झौताको मस्यौदालाई अन्तिम रूप दिने विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावतले जानकारी दिनुभयो। सोही अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जेनजी प्रतिनिधिहरूले सम्झौतामा हस्ताक्षर गर्ने काम चाँडो टुङ्गो लगाउन आग्रह गर्नुभएको थियो। सरकारका अधिकारीले […]
काठमडौँ, मङ्सिर १२ गते। नेपाल प्रिमियर लिग (एनपिएल)मा कर्णाली याक्सविरुद्ध विराटनगर किंग्सले सनसनीपूर्ण जित निकालेको छ। बसिर अहमेदको अर्धशतकमा विराटनगरले कर्णालीविरुद्ध सनसनीपूर्ण जित निकालेको हो। बसिरले ४३ बलको सामना गर्दा तीन चौका र तीन छक्काको मद्दतमा नटआउट ६२ रन बनाउनुभएको हो। कर्णाली याक्सले विराटनगर किंग्सविरुद्ध दिएको १६१ रनको लक्ष्य विराटनगरले एक बल बाँकी हुँदा ७ […]
कालिकोट, मङ्सिर १२ गते । प्रेस सेन्टर नेपाल कालीकोटका अध्यक्ष तथा रेडियो तिला आवाजका स्टेसन म्यानेजर पत्रकार वीरेन्द्र आचार्यको दुर्घटनामा मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिकाको २, कार्यालय अगाडि आचार्य सवार स्कुटीलाई मोटरसाईकलले ठक्कर दिएको थियो । गम्म्भीर घाइते भएका आचार्यको उपचारको क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो । मुलपानीबाट भुरेलीतर्फ जादैगर्दा २३ वर्षीय यामबहादुर […]
काठमाडौँ ,मङ्सिर १२ गते बागमती प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्री कृष्णकुमार तामाङ र कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीद्वारा संयुक्त रूपमा नगरपालिका क्षेत्रभित्रका विभिन्न खानेपानी आयोजनाहरूको विस्तृत निरीक्षण तथा अनुगमन गर्नुभएको छ। मन्त्रीले नगरपालिका भित्र सञ्चालनरत प्रमुख आयोजना—डाँछी–भद्रबास खानेपानी आयोजना, मुलपानी खानेपानी, गोठाटार खानेपानी तथा काँडाघारी खानेपानी—का संरचना, निर्माण प्रगति तथा सेवा वितरण […]
घोडाघोडी (कैलाली), मङ्सिर १२ गते । थारू समुदायको पराम्परागतदेखि मानिँदै आएको लवाङ्गी पूजा यस वर्षसमेत धुमधामका साथ मनाइएको छ । कैलालीको घोडाघोडी ताल क्षेत्रमा रहेको थारूहरूको ठुलो कुल मन्दिरका रूपमा रहेको घोरिघोरा मन्दिरमा मङ्गलबार बलि पूजासहित लवाङ्गी पूजा सम्पन्न भएको हो । घोडाघोडीमा बिहानैदेखि बलि दिनेको लामो लाम लागेको थियो । हरेक वर्ष सीता विवाहपञ्चमी […]