alliance khabar

मंगलबार, साउन २६, २०८३

काठमाडौँ, साउन २६ गते ।

 कोलम्बियामा सोमबार ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १११ जनाको मृत्यु भएको छ । भूकम्पपछि देशमा आपत्काल घोषणा गरिएको छ। भवनहरू भत्किँदा अझै धेरै मानिस पुरिएको आशंका गरिएकाले मृतकको सङ्ख्या बढ्न सक्ने अधिकारीहरूले बताएका छन्।

कोलम्बियाको भूगर्भ सेवा विभागका अनुसार स्थानीय समयअनुसार बिहान ७ः३४ बजे (१२ः३४ जीएमटी) चोको प्रान्तमा ७.४ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्प १०३ किलोमिटर गहिराइमा गएको थियो। पश्चिमी कोलम्बियाका सयौँ किलोमिटर क्षेत्रसम्म भूकम्पको धक्का महसुस गरिएको थियो।

कोलम्बियाको कफी उत्पादन क्षेत्रको सहर पेरेइरामा भूकम्पबाट सबैभन्दा बढी जनधनको क्षति भएको छ। आसपासका सहर तथा भाये डेल काउका क्षेत्र पनि भूकम्पबाट प्रभावित भएका छन्।

भूकम्पको केन्द्रबिन्दु चोको प्रान्तको सान होसे डेल पालमार गाउँनजिकै रहेको थियो। तर गाउँमा जाने र बाहिरिने सडकमा क्षति पुगे पनि त्यहाँ मानवीय क्षति नभएको स्थानीय प्रमुख लियोन फाबियो मारिन मोनकाडाले बताउनुभएको छ।

भूकम्पको केन्द्रबिन्दुबाट करिब ५५ किलोमिटर टाढा रहेको पेरेइरा सहरमा भने ठुलो क्षति भएको छ।

बीबीसीले प्रमाणीकरण गरेका भिडियोमा सहरको मुख्य चोक प्लाजा बोलिभारमा कम्तीमा एउटा भवन भत्किएको देखिन्छ। भवन भत्किँदा चोकमा भग्नावशेष र धुलो फैलिएको थियो। घटनाका बेला चोकमा ठुलो सङ्ख्यामा मानिस भेला भएका थिए।

स्थानीय अधिकारीका अनुसार पेरेइराको महानगरीय क्षेत्रमा कम्तीमा ४० जनाको मृत्यु भएको छ भने ६५ वटा भवन भत्किएका छन्। तीमध्ये १५ वटा भवनमा मानिसहरू पुरिएको आशंका गरिएको छ।

सहरका केही क्षेत्रमा मङ्गलबार स्थानीय समयअनुसार बिहान ५ बजेसम्म कर्फ्यु लगाइएको बीबीसीमा उल्लेख छ।

पेरेइराभन्दा करिब १६० किलोमिटर दक्षिण र भूकम्पको केन्द्रबिन्दुबाट करिब २०० किलोमिटर टाढा रहेको काली सहरमा ३२ वटा भवन भत्किएका छन्।

यसैगरी, मनिजालेस, क्विब्डो र मेडेलिन सहरमा पनि मानवीय क्षति भएको खबर प्राप्त भएको छ। चोको र भाये डेल काउका क्षेत्रका विभिन्न स्थानमा पनि भूकम्पबाट क्षति पुगेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ