तरुण दलको ३२ जिल्लामा अधिवेशन सम्पन्न

काठमाडौं, साउन १५ गते ।  नेपाल तरुण दलको ३२ जिल्लामा अधिवेशन सम्पन्न भएको छ । तरुण दलका अध्यक्ष विद्धान गुरुङका अनुसार आउँदो मंसिर २६, २७ र २८ गतेसम्म पाँचौं महाधिवेशन सम्पन्न गर्ने लक्ष्य अनुरुप अहिले सदस्यता वितरणको कार्य भइरहेको छ । उहाँले हालसम्म ६५ जिल्लामा सदस्यता वितरणको कार्य भएको बताउनुभयो । उहाँले भन्नुभयो, “६० देखि […]

रोजगारी सिर्जना र आत्मनिर्भरता सीपमूलक तालिमबाटै सम्भव छ : ऊर्जा मन्त्री खड्का

खाँदबारी (सङ्खुवासभा), साउन १६ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सङ्खुवासभालाई जलविद्युतकाे केन्द्रका रूपमा विकसित गर्न स्थानीय जनशक्तिलाई सीपयुक्त बनाउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ । खाँदबारी नगरपालिका–१ मा पावर हाउस सञ्चालन तथा मर्मतसम्भारसम्बन्धी २० दिने तालिमको उद्घाटन समारोहमा आज उहाँले अरुण तेस्रो, अपर अरुण, लोअर अरुण, अरुण चौथोजस्ता बहुचर्चित आयोजना निर्माणको चरणमा रहेकाले यिनको […]

नेपालका सबै जातजाति एकताबद्ध भएर अगाडि बढिरहेका छन्ः सभापति देउवा

ललितपुर, साउन १६ गते। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले समावेशी लोकतान्त्रिक चरित्रसहित नेपालका सबै जातजाति एकताबद्ध भएर अगाडि बढिरहेका बताउनुभएको छ। नेपाली कांग्रेसको थारु विभागले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको ‘वर्तमान अवस्थामा थारु समुदायको सामाजिक, आर्थिक, राजनीतिक अवस्थाः अवसर र चुनौती’ विषयक विचार गोष्ठीमा उहाँले नेपाली कांग्रेस थारु समुदायको उत्थान र विकासका लागि […]

हुलाक टिकट सुरक्षण मुद्रण केन्द्रमै छाप्ने तयारीमा छौँ : मन्त्री गुरुङ

काठमाडौँ, साउन १६ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले यस वर्षदेखि हुलाक टिकट सञ्चार मन्त्रालय अन्तर्गत प्रकाशन गरिने बताउनु भएको छ । हुलाक सेवा विभागले आज प्रकाशन गरेको नयाँ  १४ वटा टिकटका आवरणमा टाँचा प्रदान गरेपछि मन्त्री गुरुङले यस्तो जानकारी दिनुभएको हो । हुलाक सेवा विभागले अहिलेसम्म जनक शिक्षा सामग्रीद्वारा  टिकट प्रकाशन […]

बाँकेमा ३८ खानेपानी आयोजना कटौती

बाँके, साउन १६ गते । बाँकेमा निर्माणाधीन मध्ये ३८ वटा खानेपानी आयोजना चालु आर्थिक वर्षदेखि अधुरो अवस्थामा रहने देखिएको छ । खानेपानी तथा सरसफाई कार्यालय बाँकेका वरिष्ठ अधिकृत प्रकाशजङ्ग शाहका अनुसार सङ्घीय सशर्त अनुदानबाट निर्माण भइरहेका सबै ३८ वटा आयोजनाका लागि चालु आवमा बजेट कटौती गरिएको छ । खानेपानी तथा सरसफाई कार्यालय बाँकेका वरिष्ठ अधिकृत […]

संयुक्त राष्ट्र आर्थिक तथा सामाजिक परिषद्को अध्यक्षमा नेपाल निर्वाचित

न्यूयोर्क, साउन १६ गते ।  नेपाल संयुक्त राष्ट्रसङ्घको प्रमुख अङ्गमध्ये एक आर्थिक तथा सामाजिक परिषद् (इकोसक) को अध्यक्षमा पहिलो पटक निर्वाचित भएको छ । संयुक्त राष्ट्रसङ्घका लागि न्यूयोर्कस्थित नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले बिहीबार संयुक्त राष्ट्र मुख्यालयमा आयोजित विशेष समारोहबिच औपचारिक रूपमा इकोसोकको अध्यक्षको जिम्मेवारी सम्हाल्नुभयो । समारोहमा इकोसकका निवर्तमान अध्यक्ष तथा राष्ट्र संघका लागि […]

सर्लाहीको घारिबथानमा सर्पले टोकेर महिलाको मृत्यु

सर्लाही, साउन १६ गते । सर्लाहीको उत्तरवर्ती क्षेत्रस्थित ईश्वरपुर नगरपालिका–१२, घारिबथानमा सर्पले टोकेर महिलाको मृत्यु भएको छ । घारिबथानकी ५० वर्षीया सीता परियारको गोमन सर्पले डसेर मृत्यु भएको हो । परियारलाई बिहीबार साँझ सुँगुरलाई चारो हाल्न जाँदा गोमन सर्पले खुट्टामा दुई पटक डसेको थियो । उहाँलाई नवलपुर सर्पदंश उपचार केन्द्रमा उपचार सम्भव नभएपछि भेन्टिलेटरको सुविधा […]

बाँकेमा १५ हजार घरपरिवार बाढी र डुबानको जोखिममा

नेपालगन्ज, साउन १६ गते । बाँके जिल्लाका १५ हजार घरपरिवार यस वर्ष बाढी र डुबानबाट प्रभावित हुने पूर्वानुमान गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका सूचना व्यवस्थापन अधिकृत रूपन ज्ञवालीले यो वर्ष १५ हजार घरपरिवार बाढी र डुबानको जोखिममा रहेको अनुमान गरेर सो जोखिमलाई न्यूनीकरण गर्न पूर्व तयारी गरिएको छ । सूचना व्यवस्थापन अधिकृत ज्ञवालीका […]

बर्दघाटमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते

पश्चिम नवलपरासी, साउन १६ गते । नवलपरासिको बर्दघाटमा आज भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। बुटवलबाट नारायणघाटतर्फ जाँदै गरेको लु २ ख ६५७ नम्बरको बस बर्दघाट बजारमा अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । मृतक पुरुष व्यक्तिको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ […]

गमगढी–नाकच्चेलाग्न लोगमार्ग अवरुद्ध हुँदा तीर्थ यात्रुलाई सास्ती

मुगु, असार १५ गते। गमगढी-नाकच्चेलाग्न लोगमार्गको छायानाथ रारा नगरपालिका वडा १ को घाटखण्ड र विभिन्न ठाउँमा ढुङ्गा खसेर अवरुद्ध बनेको छ।  गमगढीदेखि मुगुमकार्मारोङ गाउँपालिकाको छायालसम्मका विभिन्न ठाउँमा सोमबारदेखि पहिरो खसेर सडक अवरुद्ध हुँदा तीर्थयात्रु र स्थानीयलाई आउजाउ गर्न सास्ती भएको हो। विगत ३÷४ दिनदेखि अविरल वर्षाका कारण  गमगढी नाक्चेलाग्ना सडकखण्ड हुँदै मुगुम कार्मारोङ गाउँपालिकाको  केन्द्र पुलुसम्म […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल