ट्रम्पद्वारा भारतलाई २५ प्रतिशत कर र ‘जरिवाना’

वासिङ्टन,  साउन १५ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार भारतबाट हुने आयातमा २५ प्रतिशत कर लगाउने बताउनुभएको छ । साथै उहाँले नयाँदिल्लीले रुसी हतियार र ऊर्जा खरिद गर्दा अनिर्दिष्ट ‘जरिवाना’ लगाउने पनि घोषणा गर्नुभएको छ । ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्मममा यी उपायहरू शुक्रबारदेखि लागु हुने बताउनुभयो । साथै सोही दिन अन्य भन्सार वृद्धिहरू […]

नेपाली कांग्रेस र एमालेका शीर्ष नेताबिच भेटवार्ता

काठमाडौँ, साउन १५ गते ।  नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेताहरूबिच बिहीबार बालुवाटारमा भेटवार्ता भएको छ । भेटमा समसामयिक विषय वस्तुमा छलफल हुने छ । भेटवार्तामा उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, पूर्व उपप्रधानमन्त्री एवम् कांग्रेस उपसभापति पूर्णबहादुर खड्कासहितका नेताहरू रहनुभएको […]

कम्बोडियाद्वारा थाइल्यान्डलाई सीमा सङ्घर्षमा कब्जामा लिएका सैनिकहरू फिर्ता गर्न आग्रह

नोम पेन्ह, साउन १५ गते । कम्बोडियाले बिहीबार थाइल्यान्डलाई २० सैनिक फिर्ता गर्न आग्रह गरेको छ । ती सैनिकलाई दशकौँको सबैभन्दा रक्तपातपूर्ण सीमा सङ्घर्षलाई रोक्न युद्धविराम भएको केही घण्टापछि कब्जामा लिइएको थियो । पाँच दिनको झडपमा दुवैतर्फ कम्तीमा ४३ जनाको मृत्यु भएपछि दुवै देशले मङ्गलबारदेखि युद्धविरामको सहमति गरेका थिए । विवादित सीमावर्ती मन्दिरहरूको दीर्घकालीन विवादले […]

स्याउ पाक्ने बेलामा बाटो बन्द, किसानलाई चिन्ता

बाजुरा, साउन १५  गते । स्याउ पाक्ने बेलामा बाटो बन्द हुँदा बाजुरामा स्याउ किसान अहिले चिन्तामा परेका छन् । जिल्लाको पूर्वी–उत्तर क्षेत्रको हिमाली, स्वामिकार्तिक खापर, जगनाथ र बुढीनन्दा लगायतका ठाउँमा स्याउ पाक्ने बेला भएको छ । यसबेला यहाँको मार्तडी–कोल्टी सडक सधै यसरी नै अवरुद्ध हुने गरेकाले यहाँका किसान स्याउ पाकेपछि बजारमा बिक्री गर्न कसरी लैजाने […]

एनएसजेएफ स्पोर्टस् अवार्ड पोखरामा हुने

माछापुच्छरे (कास्की), साउन १४ गते । नेपाल खेलकुद पत्रकार मञ्चले विगत २१ वर्षदेखि काठमाडौँ गर्दैआएको एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डको २२ औँ संस्करण पोखरामा हुने भएको छ । मञ्चले बुधबार पोखरामा पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार आगामी भदौ २९ गते पोखरा इभेन्ट सेन्टरमा अवार्ड कार्यक्रम हुनेछ । एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड २०८१ मा विगत वर्षहरुमा झै […]

तागाधारीको पर्व जनैपूर्णिमा

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाको दिन जनै धारण गर्नेहरू (तागाधारीहरू) को धार्मिक पर्व जनैपूर्णिमा पर्व आउँछ । यो पर्व ब्राह्मण, क्षेत्रीय एवं वैश्य आदि जातिको चोखो, पवित्र एवं प्रमुख पर्व हो । व्रतबन्ध गरी जनै धारण गर्नेहरूका लागि यो तिथि उत्तम तिथि एवं दिन मानिन्छ । वैदिक कालदेखि लिएर महर्षिहरूका कालसम्म सबै वर्ण वर्गका मानवले यो कर्म गर्दै […]

निगौल गौशालालाई हस्तक्षेप नगर्न उच्चको आदेश

बर्दीबास, साउन १४ गते ।  उच्च अदालत जनकपुरले निगौल गौशालाको मन्जुरी विना गौशाला नगरपालिकालाई बजार ठेक्का प्रक्रिया अगाडि नबढाउन अन्तरिम आदेश दिएको छ । न्यायाधीशद्वय राजुराम सिलवाल र खेमराज भट्टको संयुक्त इजलासले मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म गाई गौशालाको नाममा दर्ता रहेको कित्ता नं. ८२, ८३, ८४ मा कुनै प्रकारको हस्तक्षेप नगर्न नगराउन मङ्गलबार आदेश जारी […]

रुसमा ८.८ म्याग्निट्यूडको भूकम्प, सुनामी आउने चेतावनी

रुस, साउन १४ गते ।  रुसको पूर्वी तटपारि क्षेत्रमा बुधबार ८.८ म्याग्निट्यूडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि धेरै क्षेत्रमा सुनामी आउने चेतावनी जारी गरिएको छ । अमेरिकी जीओलोजिकल सर्भे यूएसजीएसका अनुसार रुसको सुदूरपूर्वमा पर्ने क्याम्चाट्का प्रायःद्वीपमा उक्त शक्तिशाली भूकम्प गएको हो । बिबिसीकाअनुसार जापानको पूर्वी तटीय क्षेत्रका मानिसहरूलाई सुरक्षित स्थानतर्फ लैजान निर्देशन दिइएको छ […]

माडीको सिमरा जान झोलुङ्गे पुल निर्माण हुँदै

चितवन, साउन १४ गते ।  खोला तरेर हिँड्नु पर्ने बाध्यता माडीको सिमरावासीमा हट्न लागेको छ । माडी नगरपालिका–३ सिमराका बासिन्दालाई बजार आउन पैदल नै खोला तरेर जानु पर्ने अवस्था थियो । वर्षौदेखि रिउ खोलामा पैदल तर्दा बगाएर ज्यान जाने जोखिम रहेको थियो । माडीको मुख्य बजार वसन्तपुरबाट ३ किलोमिटर टाढा चितवन राष्ट्रिय निकुञ्ज र खोलाले […]

चितवनका २५ हजार घरपरिवार बाढीपहिरोको जेखिममा

चितवन, असार १४ गते । चितवन जिल्लामा २५ हजार ७३३ घरपरिवार बाढी पहिरोको जोखिममा रहेको पाइएको छ । प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले जिल्लाका सात पालिकामा बाढी र पहिरोको जोखिममा २५ हजारभन्दा धेरै घरपरिवार रहेको बताउनुभयो । जिल्लाका सात पालिकामा रहेका एक लाख २८ हजार ६६५ जनसङ्ख्या वर्षातका कारण प्रभावित बन्ने देखिएको छ । उहाँका […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल