alliance khabar

आइतबार, आश्विन २६, २०८२

काठमाडौँ, असोज २६ गते ।

महानायक राजेश हमालको पुस्तक ‘युगदेखि युगसम्म’ सार्वजनिक भएको छ । शनिबार काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको डबलीमा आयोजित एक कार्यक्रमबिच हमालसहित उहाँकी पत्नी मधु भट्टराई, उपन्यासकार बुद्धिसागर र लेखक यज्ञशले संयुक्त रूपमा पुस्तक लोकार्पण गर्नुभएको हो ।

पुस्तकमा उहाँको जीवनयात्रा, चलचित्रसँग जोडिएका अनुभव, संस्मरण तथा सामाजिक र व्यक्तिगत विचार समेटिएका छन् । फाइन प्रिन्ट बुक्सले प्रकाशन गरेको पुस्तकलाई लेखक यज्ञशले लेख्नुभएको हो । चलचित्र समीक्षकसमेत रहनुभएका उहाँले हमालसँग गरेको संवादमा पुस्तक आधारित छ ।

हमालले पुस्तकमा चलचित्र, समाज र राजनीतिसँग सम्बन्धित विषयसँगै आफूले कसैलाई नभनेका गोप्य कुरा पनि खुलाएको बताउनुभयो । “यसमा मेरो बाल्यकाल र परिवारका पनि कुरा छन्,” उहाँले भन्नुभयो, “यो पुस्तक पढ्दा मलाई आफ्नो सम्पूर्ण जीवन फर्केर हेरेको र त्यही जीवन पुनः जिएको महसुस हुन्छ ।”

लेखक बुद्धिसागरले राजेश हमाललाई हजारौँ अन्तर्वार्तामा सोधिएका प्रश्नकै आधारमा पुस्तक तयार भए पनि जवाफमा कति गहिराइ हुँदोरहेछ भन्ने महसुस ‘युगदेखि युगसम्म’ पढ्दा हुने बताउनुभयो । पत्रकार, समीक्षक तथा लेखक यज्ञशले हमालको चलचित्र हेरेर हुर्किएको र स्कुल ‘बङ्क’ गरेर चलचित्र हेर्न जाँदादेखि नै हमालका बारेको किताब लेख्ने बीजारोपण भएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल