मन्थली (रामेछाप), साउन १८ गते । सदरमुकाम मन्थलीलाई खाँडादेवी, दोरम्बा शैलुङ र सुनापति गाउँपालिकासँग जोड्ने तथा काठमाडौँ जाने वैकल्पिक मार्गका रूपमा रहेको भटौली खोलाको पक्की पुलमा बाढीले क्षति पुर्याएको छ । कटानका कारण ठूला सवारीसाधनको आवागमन रोकिएपछि नेपाली सेना र सशस्त्र प्रहरी बाटो खुलाउन लागिपरेका छन् । शुक्रबार राति परेको अविरल वर्षाका कारण आएको बाढीले […]
काठमाडौँ, साउन १८ गते । सङ्घीय संसद्का दुई समितिको बैठक बस्दैछ । आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा सरोकारवालासँग छलफल गर्ने कार्यसूची छ । सो समितिले […]
कल्याणपुर (सप्तरी), साउन १८ गते । जनमत पार्टी सप्तरीको विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम शनिबार राजविराजमा सम्पन्न भएको छ । कार्यक्रममा पार्टीका केन्द्रीय उपाध्यक्ष तथा सङ्गठन विभाग प्रमुख डा. जयकान्त राउतले प्रशिक्षण दिनुहुँदै सङ्गठन सुदृढीकरण र जिम्मेवारीप्रति प्रतिबद्ध हुन नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । सप्तरी जिल्लाका १८ वटै पालिकाबाट सहभागी भएका सदस्यहरूलाई सम्बोधन गर्दै उपाध्यक्ष […]
जनकपुरधाम, साउन १८ गते । मधेस प्रदेश, श्रम तथा यातायात व्यवस्था मन्त्रालय जनकपुरधामले आर्थिक वर्ष २०८१ /८२ मा रु तीन अर्ब ४७ करोड ९३ लाख ३३ हजार ८५९ कुल राजस्व सङ्कलन गरेको छ । सवारीसाधनको नवीकरणलगायत विभिन्न शीर्षकमा मन्त्रालयअन्तर्गतको आठ जिल्लाको कार्यालयबाट उक्त राजस्व सङ्कलन भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २०८१ को साउनदेखि […]
पर्वत, साउन १८ गते । लगातारको वर्षाका कारण कालीगण्डकी नदीको बहाब उच्च विन्दुमा पुगेको छ । मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतमा परेको अत्यधिक वर्षाका कारण नदीको सतह बढेको हो । आइतबार बिहान यस वर्षयताकै उच्च विन्दुमा नदीको सतह पुगेको कालीगण्डकी नदीमा पानीको बहाब उच्च भएको गेजरिडर कृष्णप्रसाद सुवेदीले जानकारी दिनुभयो । उहाँले बिहानदेखि नदीको सतहदेखि […]
बेइजिङ, साउन १७ गते । नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षका अवसरमा चीनको युनान प्रान्तको कुनमिङ्गस्थित युआनोथोङ बिहारमा नेपाली बुद्ध मूर्ति स्थापना गरिएको छ । एक हजार दुई सय वर्ष पुरानो सो बिहारमा स्थापित सुनको लेपन गरिएको ७० किलोको बुद्ध मूर्ति नेपाल–चीन कार्यकारी परिषद् उपहारस्वरूप प्रदान गरेको हो । युनानको युनान बुद्धिस्ट सङ्घद्वारा शुक्रबार […]
तनहुँ, साउन १७ गते । बाँदर आतङ्क नरोकिएसम्म कोदो खेतीमा आत्मनिर्भर बन्न नसकिने तनहुँका किसानहरुको गुनासो छ । राष्ट्रिय कोदो दिवसको उपलक्ष्यमा व्यास नगरपालिकाले शुक्रबार दमौलीमा गरेकोे सचेतना कार्यक्रममा गुनासो गरेका हुन् । दुःख गरेर लगाएको खेती बाँदरको सङ्ख्या बढेर किसानले भित्र्याउन नपाउँदै खाने तथा नष्ट गरिदिने गरेको गुनासो किसानको छ । व्यास नगरपालिका–१४ केशवटारमा […]
काठमाडौँ, साउन १७ गते । चलचित्र ‘चिठीको गीत ‘सिन्दूरको रङ’ सार्वजनिक गरिएको छ । एरा प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको यो चलचित्रलाई निर्देशक माधवराज खरेलले निर्देशन गर्नुभएको हो । गीत भावनात्मक मेरुदण्ड हो, जसमा विवाह, विश्वास, समर्पण र महिलाको मौन सङ्घर्ष तथा आफ्ना पतिप्रतिको आस्था र विश्वासलाई विम्बित गर्न खोजिएको छ । गीतमा सञ्चारकर्मी कमला जोशीको […]
काठमाडौँ, साउन १७ गते । ‘कोदोजन्य परिकारको आहार : खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ नाराका साथ विविध कार्यक्रम गरी देशव्यापी रूपमा पहिलो कोदो दिवस मनाइएको छ । सरकारले कोदोजन्य बालीको आयात रोक्न र उत्पादन बढाउन पहिलो पटक साउन १६ गते राष्ट्रिय कोदो दिवस मनाउने घोषणा गरेको थियो । कोदो दिवसका अवसरमा भक्तपुरको चाँगुनारायणमा आयोजित […]
चितवन, साउन १७ गते । दोस्रो चरणको पेट्रोलियम पाइप लाइन परियोजनाको निर्माण सुरु भएको छ । बाराको अमलेखगन्जदेखि चितवनको लोथरसम्म पाइप लाइन विस्तार औपचारिक रूपमा सुरु भएको हो । तीन महिनालाई पुग्ने पेट्रोलियम भण्डारणगृह निर्माण गर्ने सरकारको लक्ष्य अनुसार पाइप लाइन विस्तारसँगै भण्डारणगृहको काम अघि बढेको हो । नेपाल आयल निगमले शुक्रबार लोथरमा परियोजनाको फिल्ड […]