alliance khabar

आइतबार, आश्विन २६, २०८२

पशुपतिनगर(इलाम), असोज २६ गते ।

 इलामको सूर्योदय नगरपालिकाले यही असोज १८ गते आएको बाढीपहिरोपछि उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणका कार्यमा नमुना काम गर्दै आएको छ । १९ गते बिहानै देखि मुख्य मेची राजमार्ग खुलाउन लागेको नगरले हालसम्ममा नगरका १४ वटै वडाको क्षतिगस्त सडक खुलाई सकेको छ ।

नगरले नगर क्षेत्रभित्र मृत्यु भएका परिवारका सदस्यलाई दुई लाखका दरले आर्थिक सहयोग गरी सकेको छ भने ४० बढी बिस्थापितलाई प्रारम्भिक चरणको राहत वितरण गरिसकेको नगरका विपद् फोकल पर्सन सिर्जन गदालले जानकारी दिनुभयो ।
नगरले तत्कालै प्रकोप व्यवस्था कोष स्थापना गरेको छ । बाढीपहिरो प्रभावितलाई सहयोग गर्नका लागि सुरुमा नगरका कर्मचारी, वडा कर्मचारी र स्वास्थ्यकर्मीले एक दिनको तलब बराबरको रकम कोषमा जम्मा गर्ने निर्णय गरेका थिए । नगरमा स्थायी र करार गरी २८० जना कर्मचारी रहेका छन् । सरदर एक हजारका दरले जम्मा हुँदा दुई लाख ८० हजार रकम कोषमा जम्मा भएको फोकल पर्सन गदालले जानकारी दिनुभयो ।

यस्तै नगर भित्र सामुदायिक विद्यालयका सबै प्रकारका शिक्षक र विद्यालय कर्मचारी गरी ५५१ जना रहेका छन् । सरदर एक हजारका दरले कोषमा रकम जम्मा हुँदा विद्यालय क्षेत्रबाट पाँचलाख ५१ हजार रुपियाँ रकम जम्मा भएको छ ।

नगरको प्रकोप कोषमा निजी नम्बरी आवाधी(गोलिया) व्यवसायीले  नगद एक लाख जम्मा गरेका छन् । यस्तै, छिपिटार टोल विकास संसथाले नगद १० हजार जम्मा गरेको छ । सूर्योदयका एक व्यक्तिले नाम नखुलाउने सर्तमा नगद ५१ हजार जम्मा गर्नु भएको छ ।

नगर क्षेत्रमा बाढीपहिरोमा परी पाँच जनाको मृत्यु भएको थियो । यस्तै सूर्योदयकै एक महिलाको भारतको मिरिक गएको अवस्थामा मिरिकको पहिरोमा परी मृत्यु भएको थियो ।

नगरका प्रमुख प्रशासकीय अधिकृत अमृत बहादुर राईले प्रभावितलाई सहयोग गर्ने काम आफैँबाट ठाल्नु पर्छ भन्ने उद्देश्यले नगरका सबै कर्मचारीले कोषमा रकम जम्मा गर्ने निर्णय गरेको बताउनु भयो । सबै रकम जम्मा गर्दा नगरको कोषमा नौ लाख बढी रकम जम्मा भइसकेको छ ।

नगर प्रमुख रणबहादुर राईले विपदको समयमा जनप्रतिनिधि, कर्मचारी र नगरवासीको ठुलो सहयोगले छिट्टै समस्या समाधान गर्ने काम सम्पन्न भएको बताउनुभयो । उहाँले आगामी दिनमा विपद प्रतिकार्यका लागि पूर्व तयारी र उपकरणमा समेत ध्यान दिइने बताउनुभयो ।

नगरमा उलपब्ध हुँदै आएको श्रीखोलाको पानीको मुहान र पाइप लाइनमा क्षति गरेपछि नगर क्षेत्रमा एक सातादेखि पिउने पानीको अभाव छ । पानीको अभाव भएपछि बजार क्षेत्रमा नगरले पानी वितरण गरिरहेको छ ।

नगर उपप्रमुख तथा फिक्कल खानेपानी तथा सरसफाई उपभोक्ता समितिका संयोजक दुर्गा कुमार बरालले धेरै ठाउँमा पानीका पाइप बगाएका कारण मर्मतको काम भइरहेको जानकारी दिनुभयो । उहाँले खानेपानीमा मात्र बाढीपहिरोले डेढ करोड बढीको क्षति गरेको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल