नवलपुर, माघ ५ गते । अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका नेता डा. शशांक कोइराला जितेको नवलपुर क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजन गौतमलाई टिकट दिएको छ । आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रास्वपाले गौतमलाई टिकट दिएको हो । २०७९ मा भएको निर्वाचनमा यो क्षेत्रबाट कांग्रेस नेता […]
काठमाडौँ, माघ ५ गते । नेपाल आर्मीका सनीसिंह सुनार, एपीएफकी अनिशा तामाङ र नेपाल आर्मीकी सपना ऐडी २४औँ राष्ट्रिय पुरुष खुला तथा १८औँ राष्ट्रिय महिला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगितामा सोमबार च्याम्पियन बन्नुभएको छ । सनी पुरुष खुला तौलसमूह, अनिशा महिला ५५ केजीमुनि र सपना महिला ५५ केजीमाथि पहिलो हुनुभएको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद […]
मकवानपुर, माघ ५ गते । बागमती प्रदेश सभाका छ जना प्रदेश सभा सदस्यले पदबाट राजीनामा दिनुभएको छ । आसन्न प्रतिनिध सभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका दुई–दुई जना गरी छ जना प्रदेश सभा सदस्यले सोमबार राजीनामा दिनुभएको हो । कांग्रेसका कुन्दनराज काफ्ले, एमालेका […]
नगढी, माघ ५ गते । मुख्य निर्वाचन अधिकृतको कार्यालयले कैलाली क्षेत्र नम्बर ५ मा उम्मेदवारी दर्ताको कार्यतालिका सार्वजनिक गरेको छ । सो कार्यालयले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी आलोपालो हुनेगरी मनोनयन दर्ताको कार्यतालिका सार्वजनिक गरेको हो । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि मङ्गलबार उम्मेदवारले मनोनयन दर्ता गर्ने कार्यतालिका छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार […]
काठमाडौं, माघ ५ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आफू मन्त्री भएपछि चार महिनामा ४० भन्दा बढी निर्णय कार्यान्वयन गराएको बताउनुभएको छ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष सोमबार राजीनामा दिएपछि सञ्चार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । सरकारले लिएको लक्ष्यअनुसार मुलुक निर्वाचनमा होमिएको बताउँदै उहाँले सुशासनमा सरकारले उल्लेख्यरुपमा काम गरेको […]
बागलुङ, माघ ५ गते । क्यान्सर पीडितलाई ‘बाँच्ने अधिकार’को अभियानमा साइकल यात्रा गर्नुभएका सिन्धुपाल्चोकका हर्क लामा र काठमाडाैंकी कविता चित्रकारसहितको टोली बागलुङ आइपुगेको छ । बागलुङ बजारमा आएको साइकल यात्रीलाई आइतबार नगर उपप्रमुख राजु खड्काले स्वागत गर्नुभएको थियो । साइकल यात्रीसँग अन्तरक्रिया गर्दै उप–प्रमुख राजु खड्काले दिर्घरोगीका लागि उपचार कोष बनाएको र त्यसबाट क्यान्सर रोग […]
काठमाडौँ, माघ ५ गते । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आइतबार राति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागु भएको छ । निर्वाचन आयोगले आइतबार रातिदेखि आचारसंहिता लागु गर्ने गरी निर्णय गरेको हो । राष्ट्रिय सभा निर्वाचनसमेतका लागि आचारसंहिता लागु गर्नुपर्ने अवस्थाका कारण साबिकभन्दा यो पटक केही छिटो आचारसंहिता लागु भएको हो । निर्वाचन आयोग ऐन, २०७३ […]
धरान, माघ ४ गते । धरान उपमहानगरपालिकाको नगर प्रमुख तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) तथा धरान–१७ का वडाध्यक्ष सूर्यप्रसाद भट्टराई (मनोज) ले आइतबार साँझ आ–आफ्नो पदबाट राजीनामा दिनुभएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्ने तयारीमा रहेका दुवै जनाले निर्वाचन कानुनअनुसार उपप्रमुख […]
जनकपुरधाम, माघ ४ गते। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन०) जनकपुरधाम आइपुग्नुभएको छ। आइतबार साँझ जनकपुरधाम जनकपुरधाम विमानस्थल हुँदै जनकपुरधाम आउनुभएको हो। विमानस्थलमा बालेनको स्वागतमा आएका बालेन समर्थकले ‘अबकी बार बालेन सरकार’को नारा लगाएका थिए। भीडले विमानस्थलको सिसासमेत फुटाएको थियो। सोमबार जनकपुरधाम स्थित तिरहुतिया गाछिमा आयोजित कार्यक्रममा सहभागी हुन बालेन जनकपुरधाम आउनुभएको […]
काठमाडौँ, माघ ४ गते। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई सङ्कटबाट जोगाउन मध्यमार्गी भूमिका खेल्दा दबाब झेल्नुपरेको बताउनुभएको छ। नेता कोइरालाले आज यहाँ आफूनिकट नेता तथा कार्यकर्ताको भेलामा मध्यमार्ग र सत्यको बाटो अप्ठ्यारो हुने भन्दै आफूले मध्यमार्गी भूमिका खेल्दा दबाब झेल्नुपरेको बताउनुभएको हो। “मध्यमार्ग र सत्यको बाटो गारो र अप्ठ्यारो हुन्छ, म सत्यको बाटो […]