alliance khabar

मंगलबार, साउन २६, २०८३

राजविराज, साउन २६ गते ।

जिल्ला प्रशासन कार्यालय सप्तरीले खाना पकाउने एलपी ग्यास लुकाएर कृत्रिम अभाव सिर्जना गर्ने तथा तोकिएको मूल्यभन्दा बढीमा बिक्रीवितरण गर्ने डिलर तथा व्यवसायीलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी नरेशकुमार यादवले सोमबार जारी गरेको सूचनामा जिल्लाका ग्यास डिलर तथा व्यवसायीले उद्योग वा डिलरबाट ग्यास ल्याई सहज रूपमा बिक्रीवितरण नगरी लुकाइछिपाइ राख्ने, तोकिएको मूल्यभन्दा बढी रकम लिएर होटल, व्यवसायी तथा उपभोक्तालाई बिक्री गर्ने गरेको गुनासो प्राप्त भएको जनाएको छ ।

जारी सूचनाका अनुसार नियमित ग्राहकको माग बेवास्ता गर्ने, पहुँच र चिनजानका आधारमा ग्यास बिक्री गर्ने, मूल्यसूची नराख्ने, बिक्री बिल नदिने तथा बिल–बिजक नराख्ने कार्यसमेत हुने गरेको पाइएको छ । यस्तै ग्यास भण्डारण गरी लुकाएर कृत्रिम अभाव सिर्जना गर्ने तथा दर्ता वा अनुमति नभएका विक्रेतालाई डिलरले ग्यास उपलब्ध गराउनेजस्ता कार्यसमेत नगर्न प्रशासनले निर्देशन दिएको छ ।

यस्ता कार्य प्रचलित कानुनविपरीत भएकाले कानून उल्लङ्घन गरेको पाइएमा सम्बन्धित व्यक्ति, डिलर तथा विक्रेतामाथि कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२, उपभोक्ता संरक्षण ऐन, २०७५ तथा अन्य प्रचलित कानुनबमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । साथै, लुकाइछिपाइ राखिएको ग्यास सिलिन्डरसमेत जफत गरिने जिल्ला प्रशासन कार्यालयले स्पष्ट पारेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ