काठमाडौँ, असोज २९ गते । देशभर बुधबार मौसम सफा रहने छ । देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशको पहाडी भूभागका […]
काठमाडौँ, असोज २९ गते । प्रतिनिधि सभा विघटन र सरकार गठन असंवैधानिक रहेको दाबी गर्दै सर्वोच्च अदालतमा १० वटा रिट पेस भएका छन् । विघटन, सरकार गठनसँगै जेनजी आन्दोलनमा भएको दमन र तोडफोडलगायतका विषयमा फरक फरक आदेश पनि रिटमा माग गरिएको छ । जेनजी आन्दोलनपछि सम्पूर्ण सेवा ठप्प रहेको सर्वोच्चले रिट दर्ता र सुनुवाइको प्रक्रिया अघि बढाउने […]
सप्तरी, असोज २८ गते । पानीमा लेदो भेटिएपछि सप्तरीका एक उद्योगलाई दुई लाख जरिवानासँगै बिक्रीमा पनि रोक लगाइएको छ। सप्तरीको शम्भुनाथ नगरपालिका–५ मोहनपुरस्थित वीरेन्द्र फुड्स एण्ड ब्रैरभेज इन्ड्रष्ट्रिजलाई दुई लाख रुपैयाँ जरिवानासहित बिक्रीमा रोक लगाइएको हो । इन्ड्रष्ट्रिजबाट उत्पादन हुने एक्वा पानीको बोतलमा लेदो तथा आँखाले प्रष्टसँग देखिने बाह्य वस्तु (सोलिड एण्ड डस्ट) भेटिएकाले दुई […]
काठमाडौँ, असोज २८ गते । स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले मङ्गलबार सुनको मूल्य तोलामा आठ हजार एक सय रुपियाँले बढेको जनाएको छ । महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा दुई लाख ४८ हजार पाँच सय रुपियाँ कायम भएको हो । सोमबार छापावाल सुन तोलामा दुई लाख […]
पाटन (ललितपुर), असोज २८ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङले विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक अध्ययन गरेर बस्ती विकास गर्नु आवश्यक रहेको बताउनुभएको छ । विपद् जोखिम न्यूनीकरणका लागि अन्तरराष्ट्रिय दिवस—२०२५ का अवसरमा सोमबारदेखि यहाँ आयोजित विपद् जोखिम न्यूनीकरणसम्बन्धी चौथो राष्ट्रिय सम्मेलन समापन गर्दै आज उहाँले […]
‘देश सङ्कटमा छ, नेपाली कांग्रेस एकताबद्ध हुनुपर्छ’ काठमाडौँ, असोज २८ गते । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले देश गम्भिर राजनीतिक र सामाजिक सङ्कटको अवस्थाबाट गुज्रिरहेको बताउँदै पार्टीभित्र एकता, संयमता र जिम्मेवार राजनीतिक दृष्टिकोण अत्यावश्यक रहेको भन्नुभयो। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकलाई मङ्गलबार सानेपास्थित बिपी स्मृति भवनमा सम्बोधन गर्दै सभापति देउवाले भदौ २३ […]
हेटौँडा, असोज २८ गते । बागमती प्रदेश सभाले आवश्यकता अनुसारका कानुन निर्माण गर्न नसक्दा सुशासन कायम गर्ने सम्बन्धमा समस्या उत्पन्न भएको छ । तत्कालीन मुख्य न्यायाधिवक्ता ओमप्रसाद थपलियाको उपसंयोजकत्वमा सम्बन्धित मन्त्रालयका सचिवसहितको कानुन मसौदा समितिले कार्य विस्तृतीकरणका आधारमा प्रदेशमा ८२ वटा मूल कानुन बनाउनुपर्ने सुझावसहितको प्रतिवेदन तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेललाई बुझाएको थियो । त्यसमध्ये जम्मा […]
म्याग्दी, असोज २८ गते । जिल्लाको पश्चिमी क्षेत्रमा रहेका तीनवटा स्थानीय तहलाई सदरमुकाम बेनीबजारसँग जोड्ने बेनी–दरवाङ सडक मर्मत भएको छ । बर्खा रोकिएपछि सडकमा खसेको पहिरो पन्छाएर फराकिलो बनाएपछि बेनी–दरवाङ सडकमा यात्रुवाहक बस र मालवाहक सवारीसाधन सञ्चालन हुन थालेका छन् । पूर्वाधार विकास कार्यालयले फापरखेत, लाम्पाटा, पानाबगर र बाङ्गेपहिरोमा सडक मर्मत गरेको जनाएको छ । […]
काठमाडौँ, असोज २८ गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४४, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५७, आलु रातो प्रतिकिलो रु ५६, आलु रातो (भारतीय) प्रतिकिलो रु ३८, आलु रातो (मुडे) […]
फिक्कल (इलाम), असोज २८ गते । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडक अवरुद्ध भएपछि विकल्पमा तिल्केनी–सिमलगोलाइ सडक सञ्चालन गर्ने तयारी गरिए पनि सञ्चालन हुनसकेको छैन । दस दिनमा पनि वैकल्पिक सडक सञ्चालन गर्न नसक्दा यात्रु र यातायात व्यवसायीलाई सास्ती भएको छ । सो सडकखण्डअन्तर्गत माइजोगमाई गाउँपालिका–४ नामसालिङ र इलाम नगरपालिका–१० गोदक जोड्ने जोगमाई खोलामा […]