काठमाडौँ, माघ २१ गते । नेपाल उद्योग परिसङ्घले महिला उद्यमशीलताको विकासले मात्रै देशको समग्र आर्थिक विकास सम्भव हुने जनाएको छ । परिसङ्घले मङ्गलबार महिला उद्यमी महासङ्घ नेपालका नवनिर्वाचित अध्यक्षसहितको कार्यसमितिलाई बधाई तथा स्वागत गर्ने कार्यक्रममा सो कुरा बताइएको हो । परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेले नवनिर्वाचित समितिलाई बधाई दिँदै आर्थिक समृद्धिका लागि दुई संस्थाबिच सहकार्य गरेर […]
काठमाडौँ, माघ २१ गते । राष्ट्रपति रामचन्द्र पौडेल र जापानका सम्राट् नारुहितोले नेपाल–जापानबिचको मित्रतालाई प्रगाढ बनाउँदै भविष्यमा थप बलियो बनाउने प्रतिबद्धता जनाउनुभएको छ । दुई राष्ट्रप्रमुखबिच मङ्गलबार जापानमा भएको उच्चस्तरीय द्विपक्षीय राजकीय भेटवार्तामा दुई देशबिचको ७० वर्ष लामो मित्रतालाई आपसी सहयोग र साझेदारीका बलमा सम्बन्धको आयामलाई थप उच्च बनाउने विषयमा छलफल केन्द्रित भएको जनाइएको छ । जापानको […]
कञ्चनपुर, माघ २० गते । शुक्लाफाँटा नगरपालिका–८ चुरेफेदीस्थित धार्मिक तथा पर्यटकीय क्षेत्र मणिकाधाममा पर्यटन विभागको रु दुई करोड ४३ लाख ६२ हजार ६४९ को लागतमा निर्माणाधीन आधुनिक भजन हलको काम अन्तिम चरणमा पुगेको छ । ठेक्का प्रक्रियामार्फत निर्माण कम्पनीले हल निर्माणको जिम्मा लिएको हो । निर्माण सेवाका सञ्चालक केशवराज भट्टका अनुसार हालसम्म करिब ९० प्रतिशत […]
काठमाडौँ, माघ २० गते । नेपालमा आयल निगमले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति नियमित भइसकेकाले अभाव नभएको जनाएको छ । भारतको बरौनी रिफाइन केन्द्र मर्मत गर्न एक हप्ता बन्द भई टाढा रहेको पारादीप रिफाइनरी केन्द्रबाट ग्यास आपूर्ति गर्दा समय लाग्ने हुँदा कम भई सामान्य अभाव रहेकामा बरौनीबाट आइतबारदेखि नै ग्यास ढुवानी हुन थालेकाले अभाव […]
पश्चिम नवलपरासी, माघ २० गते । प्रकृतिको मृगौलाको रुपमा लिइने सिमसार क्षेत्र नासिँदै गएको बेला पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले सिमसार क्षेत्र संरक्षणलाई प्राथमिकतामा राखेको छ । नगरपालिकाले विगत केही वर्षदेखि वडा नम्बर १० स्थित बाउन्न घोला क्षेत्रमा रहेको सिमसारलाई संरक्षण गरेर पर्यटकीय स्थलको रुपमा विकास गरेको छ । सिमसार क्षेत्रमा पोखरी निर्माण गरी थप व्यवस्थित […]
दाङ, माघ २० गते । लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा हुने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख भएअनुसार प्रदेश राजपत्र भाग ३, खण्ड ५, सङ्ख्या १४, मिति २०८१ चैत २१ बमोजिम यस वर्ष पनि स्थापना दिवसका अवसरमा सार्वजनिक […]
काठमाडौँ, माघ २० गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सुरक्षाका लागि पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेको छ । निपाह भाइरसको जनस्वास्थ्य जोखिमका सम्बन्धमा केही देशमा देखिएको घटनाप्रति सचेत रहेको उल्लेख गर्दै मन्त्रालयले त्यसका लागि आवश्यक सबै कदम चालिरहेकाले सबैलाई आतङ्कित नहुन र सचेत, सजग र जिम्मेवार बन्न अनुरोध गरेको हो । विश्व […]
धनगढी, माघ १९ गते । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीमा रहेका निर्वाचन कार्यालय जनशक्ति व्यवस्थापनको तयारीमा जुटेका छन् । सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टले निर्वाचनका लागि अन्य व्यवस्थापनका साथै जनशक्ति व्यवस्थापनको काम पनि आफूहरूले अगाडि बढाएको बताउनुभयो । प्रदेश निर्वाचन कार्यालयका अनुसार निर्वाचन सम्पन्न गर्नका लागि […]
भारदह(सप्तरी), माघ १९ गते । नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सप्तरी क्षेत्र नं ४ का उम्मेदवार तेजुलाल चौधरीले मुलुक स सङ्कटग्रस्त अवस्थामा भएकाले देशलाई निकास दिन कांग्रेसको आवश्यकता रहेको बताउनुभएको छ । आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी कांग्रेस बोदेबरसाईन नगरपालिकाको नगरस्तरीय कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रम बोल्दै उहाँले सो कुरा […]
मन्थली (रामेछाप), माघ १९ गते । मुलुक चुनावी माहोलले तात्तिएको छ । तर यहाँका किसानलाई जुनारको चिन्ता छ । यहाँको रामेछाप नगरपालिका–७ ओख्रेनीका जुनार कृषकहरु जुनारको मूल्य कहिले पाइएला भन्ने चिन्तामा छन् । विगतको तुलनामा यसवर्ष जुनार उत्पादनमा केही कमी आए पनि बेमौसममा बिक्री गर्दा राम्रो मुल्य आउने आशामा उनीहरु छन् । उनीहरुले अझै जुनार […]