alliance khabar

बिहिबार, भाद्र ११, २०८३

पश्चिम नवलपरासी, भदौ ११ गते ।

नारायणी नदीमा बाढीको बहाव घट्दै गएपछि पश्चिम नवलपरासीको सुस्ताबाट विस्थापित भएका बासिन्दाहरू पुनः आफ्नो गाउँ फर्किन थालेका छन्। नारायणी नदीमा पानीको सतह उच्च भएपछि बाढी गाउँमा पस्ने डरले सुरक्षित स्थानतर्फ सुस्तावारी सरेका थिए ।

बुधबार नारायणी नदीमा पानीको बहाव उच्च बनेपछि उत्पन्न जोखिमलाई ध्यानमा राख्दै स्थानीय प्रशासन र गाउँपालिकाले सुस्ताका नागरिकलाई उद्धार गरी सुस्तावारी ल्याएको थियो। विस्थापितहरूलाई स्थानीय पालिकाले सुस्तावारीका विद्यालयहरू तथा सुरक्षित भवनमा राखेर खानेबस्ने व्यवस्थापन गरेको थियो भने केही नागरिक आफन्तको घरमा शरण लिएर बसेका थिए।

सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जयसवालका अनुसार नदीमा पानीको सतह क्रमशः घट्दै गएपछि र गाउँ सुरक्षित रहेको खबर पाएपछि विद्यालय तथा आफन्तका घरमा बसेका नागरिकहरू झोलुङ्गे पुल हुँदै पुनः सुस्ता फर्किन थालेका हुन्।

वर्षेनी नारायणी नदीको कटान, डुबान र बाढीको त्रास झेल्दै आएका सुस्तावासी स्थिति सामान्य बनेसँगै राहतको सास फेर्दै आफ्नो दैनिक दिनचर्यामा फर्किन थालेका छन्। यद्यपि, वर्षाको मौसम अझै बाँकी रहेकाले सुरक्षा निकाय तथा स्थानीय प्रशासनले तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ