alliance khabar

बिहिबार, भाद्र ११, २०८३

सर्लाही, भदौ ११ गते ।

 सर्लाहीको लालबन्दीबाट मङ्गलबार बेलुका रुसुवाको गोसाइकुण्ड प्रस्थान गरेका पाँच जना बिहीबार बिहानसम्म सम्पर्कविहीन रहेका छन् ।

सम्पर्कविहीन हुनेहरुमा लालबन्दी नगरपालिका–५, मेजरगन्ज निवासी व्यवसायी एवं लायन्स क्लब लालबन्दीका पूर्व अध्यक्ष चिरञ्जीवी खतिवडा, शिक्षक कृष्णप्रसाद धमला, द्धारिका डङ्गोल, लालबन्दी नगरपालिका–९, बस्तीपुर घरभई काठमाडौँ बस्दै आउनुभएका माधव काफ्ले र नाम खुल्न नसकेका एक बालक रहेका लालबन्दी–५ का वडाध्यक्ष मीनप्रसाद ढुङ्गेल (रामु)ले जानकारी दिनुभयो । ढुङ्गेलले भन्नुभयो, “उहाँहरु मङ्गलबार बेलुका यहाँबाट गोसाइकुण्डका लागि निस्कनुभएको भन्ने परिवारका सदस्यले सूचना दिएका छन् ।”

गोसाइकुण्ड हिँडेको टोलीका सबै सदस्यको मोवाइल बुधबार बिहान ९ बजेदेखि ‘स्वीच अफ’ रहेको छ । परिवारका सदस्यका अनुसार बुधबार बिहान नुवाकोटको बट्टारमा रहँदासम्म गोसाइकुण्ड हिँडेकाहरुसँग कुराकानी भएको थियो ।

लायन्स क्लब लालबन्दीका पूर्व अध्यक्ष राजकुमार न्यौपानेका अनुसार, पाँच जनाको समूह निजी गाडीमा गोसाइकुण्ड गएको थियो । पाँचै जनाले बुधबार बिहान खाजा खाएको नुवाकोटस्थित होटलसमेत बगाएको र साथीहरु त्यहाँबाट अगाडि गोसाइकुण्डतर्फ हिँडेको भन्ने सूचना पाएको न्यौपानेले बताउनुभयो ।

आफूसमेत मिसिएर आगामी आइतबार गोसाइकुण्डतर्फ जाने योजना बनाउँदै गर्दा अप्रिय घटना घटेको न्यौपानेको भनाइ छ । उहाँले भन्नुभयो, “म काठमाडौँबाट फर्किएपछि अहिले सम्पर्कविहीन हुनुभएका चिरञ्जीवी दाईसहित आइतबार गोसाइकुण्ड जाने भन्ने थियो तर दाईहरु मिलेर मङ्गलबार नै हिँड्नुभएको रहेछ ।”

सम्पर्कविहीन साथीहरुको अवस्था पत्ता लगाउन नुवाकोट, रसुवाक्षेत्रका व्यवसायी तथा चिनेजानेका साथीहरुसँग सम्पर्क गरिरहे पनि अवस्था थाहा हुन नसकेको न्यौपानेले बताउनुभयो । गोसाइकुण्ड हिँडेकाहरुसँग सम्पर्क नहुँदा र अवस्था अज्ञात रहँदा परिवारजनमा रुवावासी चलेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ