alliance khabar

बुधबार, भाद्र १०, २०८३

काठमाडौँ, भदौ १० गते ।

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि ५० लाख रुपियाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । साथै, प्रभावित क्षेत्रमा उद्धार र राहतमा सघाउन पार्टीका समिति, सदस्य तथा शुभचिन्तकलाई स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी र्यापिड याक्सन टिम (र्याट) मार्फत सक्रिय परिचालन गर्ने निर्णय गरेको छ ।

रास्वपा सचिवालयको बैठकले विपद्का कारण प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासीलगायत जिल्लाका नागरिकको उद्धार, राहत र पुनः स्थापनालाई प्राथमिकता दिँदै छ बुँदे निर्णय गरेको हो । पार्टीले बेपत्ता तथा जोखिममा रहेका नागरिकको तत्काल उद्धार, सुरक्षित बास स्थान, खानेपानी, औषधि र खाद्यान्नको व्यवस्था गर्न सरकारसँग आग्रह गर्दै आर्थिक तथा भौतिक सहयोग सरकारको एकद्वार प्रणालीमार्फत मात्र उपलब्ध गराउन अपिल गरेको छ ।

रास्वपाले विपद्का बेला फैलिन सक्ने अफवाह र भ्रामक सूचनाबाट बच्न सरकारी निकायबाट जारी आधिकारिक सूचनालाई मात्र आधार मान्न तथा नदी तटीय र पहिरो जोखिम क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरेको छ । सम्भावित महामारी नियन्त्रणका लागि विशेषज्ञ स्वास्थ्य टोली तत्काल परिचालन गर्न, बेपत्ताको खोजी तीव्र बनाउन तथा घरबारविहीन परिवारलाई उचित क्षतिपूर्ति र दीर्घकालीन पुनःस्थापनाको ठोस योजना बनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

विपद् व्यवस्थापनमा सम्पूर्ण ध्यान केन्द्रित गर्न रास्वपाले आधिकारिक, राजनीतिक तथा साङ्गठनिक सम्पूर्ण पूर्वनिर्धारित गतिविधि अर्को सूचना नभएसम्म स्थगित गरेको छ । उद्धार तथा राहत परिचालनको संयोजनको जिम्मेवारीपूर्व र्याट संयोजक आशिष थापालाई दिइएको पार्टी महामन्त्री विपीनकुमार आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ