नारायणगढ, भदौ १२ गते । भोटेकोशी नदीमा बुधवार आएको बाढीका कारण त्रिशूली नदीमा पानीको बहाव बढेपछि अवरुद्ध भएको पृथ्वी राजमार्ग शुक्रवार पनि सञ्चालनमा आउन सकेन । त्रिशूली नदीमा बढेको पानीको बहावले राजमार्गमा लेदो जम्दा अहिले यातायात सञ्चालनमा समस्या परेको हो । पृथ्वी राजमार्गअन्तर्गत नौविसे–मुग्लिन सडक आयोजनाका इन्जिनियर राजिव मानन्धरका अनुसार धादिङको गलौंदीमा करिब दुईसय मिटर, […]
काठमाडौँ , भदाै १२ गते। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा रु एक अर्ब ९१ करोडभन्दा बढी सहयोग रकम सङ्कलन भएको छ । अर्थ मन्त्रालयलाई प्राप्त विवरणअनुसार बुधबार मध्याह्नदेखि बिहीबार राति १२ः०० बजेसम्म कोषमा उक्त रकम जम्मा भएको हो । विभिन्न १० वाणिज्य बैकहरूमा रहेको खातामा रु एक अर्ब ९१ करोड ८६ लाख […]
काठमाडौँ, भदौ १२ गते । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपाल प्रालिले १५ करोड रुपैयाँ सहयोग गरेको छ। शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कम्पनीले उक्त रकम हस्तान्तरण गरेको हो। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पूर्वजानकारी दिएर उपलब्ध गराइएको निजी क्षेत्रबाट प्राप्त सबैभन्दा ठूलो सहयोग रकम हो। अर्थमन्त्री डा. वाग्लेलाई सूर्य नेपाल प्रालिका […]
इनरुवा, भदौ १२ गते । जिल्ला प्रशासन कार्यालय सुनसरीमार्फत मितेरी डेभलपमेन्ट बैंक लिमिटेड, धरानले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपियाँ जम्मा गरेको छ । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा खोज, राहत तथा पुनःस्थापनाका लागि सहयोगस्वरूप मितेरी डेभलपमेन्ट बैंक लिमिटेड, धरानका सञ्चालक तथा कर्मचारीहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख जम्मा […]
भक्तपुर, भदौ १२ गते । नेपालको सानो गोसाइँकुण्डका रूपमा मानिने भक्तपुर चाँगुनारायण नगरपालिका-६ नगरकोटस्थित रत्नचुडेश्वर महादेव पोखरी कुण्डमा आज बिहानैदेखि नै भव्य मेला लागेको छ । रसुवाको गोसाईकुण्ड जान नसकेका र जान नपाएका भक्तजन रत्नचडेश्वर महोदवपोखरीमा महादेव पोखरी मन्दिरमा आएर कुण्डमा स्नान गरी महादेवको पूजा गरेमा पुण्य प्राप्त हुने, रोग नाश हुने मनोकाङ्क्षा पूरा हुने […]
काठमाडौं, भदौ १२ गते । सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सबै सदस्यहरुको एक महिनाको तलब–पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। यस्तै, बैठकले गत बुधबार नेपाल–चीन सीमा रसुवागढी एवम् भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा […]
काठमाडौं भदौ ११ गते। रसुवास्थित भोटेकोशीमा बुधबार बिहान आएको भीषण बाढीबाट प्रभावित नागरिकहरूको जीवनरक्षा तथा उपचारका लागि आवश्यक रगतको व्यवस्था गर्न नेपाल तरुण दल केन्द्रीय कार्यालयले “बृहत् रक्तदान कार्यक्रम” आयोजना गर्ने भएको छ। बाढीबाट प्रभावित नागरिकहरूको उद्धार तथा उपचारका क्रममा रगतको आवश्यकता पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै तरुण दलले रक्तदानमा सहभागी भई मानवीय सेवामा योगदान […]
काठमाडौँ, भदौ ११ गते । भारत सरकारले भोटेकोशी बाढी प्रभावितका लागि नेपाललाई १० टन मानवीय सहायता तथा अत्यावश्यक औषधी सहयोग गरेको छ । भारतले चुनौतीपूर्ण अवस्थामा नेपाल र नेपाली जनताको साथमा रहेको जनाउँदै उक्त सहायता समग्री हस्तान्तरण गरेको हो । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री […]
काठमाडौँ, भदौ ११ गते । नेपाल–चीन जोड्ने उत्तरी नाकाको व्यापारिक सम्बन्धविच्छेद भएको छ । बुुधबार बिहान रसुुवामा आएको बाढीका कारण रसुवागढीको पुल बगाएसँगै दुुई देश जोड्ने व्यापारिक सम्बन्ध टुटेको हो । यसबाट आयातनिर्यात ठप्प भएको छ । रसुुवा भन्सार कार्यालयको भवन र भन्सार पास गरी नेपाल भित्रिन लागेका सामान बोकेका कन्टेनर र विद्युुतीय सवारीसाधनसमेत बगाएको […]
काठमाडौँ, भदौ ११ गते । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तरराष्ट्रिय महासङ्घ (आइएफआरसी)ले तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीसहित त्रिशूली नदीमा आएको भीषण बाढी प्रभावितको खोज, उद्धार, पुनःस्थापनाका लागि तत्काल रु १८ करोड ९६ लाख २२ हजार (१२ लाख अमेरिकी डलर) सहयोग गर्ने भएको छ । रेडक्रसको स्वयंसेवक आपत्कालीन प्रतिकार्य टोलीमार्फत सक्रिय भएर प्रभावित क्षेत्रमा तत्काल खोज, […]