alliance khabar

आइतबार, भाद्र २८, २०८३

दमास्कस, भदौ २८ गते ।

विश्वव्यापी रूपमा ऊर्जा तथा ढुवानी लागत बढेको र आन्तरिक परिष्करण क्षमतामा कमी आएको भन्दै सिरियाले आइतबार इन्धन तथा खाना पकाउने ग्यासको मूल्य अस्थायी रूपमा वृद्धि गरेको छ ।

पेट्रोलियम पदार्थ तथा खनिज स्रोतको मूल्य निर्धारण सम्बन्धी स्थायी समितिले जारी गरेको नयाँ मूल्यसूची अनुसार, ९५-अक्टेन पेट्रोलको मूल्य प्रतिलिटर १५२ सिरियन पाउन्डबाट बढाएर १९५ पाउन्ड पुर्याइएको छ । यो २८ दशमलव तीन प्रतिशतको वृद्धि हो ।

त्यस्तै, ९०-अक्टेन पेट्रोलको मूल्य प्रतिलिटर १४७ बाट १८५ पाउन्ड पुगेको छ, जुन २५ दशमलव नौ प्रतिशत वृद्धि हो । डिजेलको मूल्य भने प्रतिलिटर १२५ बाट बढाएर १७५ पाउन्ड पुर्याइएको छ, यो ४० प्रतिशतको वृद्धि हो । खाना पकाउने ग्यासको मूल्य पनि बढाइएको छ । घरायसी प्रयोजनको ग्यास सिलिन्डरको मूल्य एक हजार ४७० बाट एक हजार ६०० पाउन्ड पुगेको छ, जुन आठ दशमलव आठ प्रतिशत वृद्धि हो ।

ऊर्जा मन्त्रालयले मूल्य वृद्धि अस्थायी रहेको जनाएको छ । मन्त्रालयका अनुसार अन्तर्राष्ट्रिय बजारबाट पेट्रोलियम पदार्थ खरिद गर्दा लागत असामान्य रूपमा बढ्नुका साथै देशको प्रमुख इन्धन आपूर्तिकर्तामध्ये एक ‘बानियास रिफाइनरी’मा भइरहेको व्यापक मर्मतसम्भारका कारण मूल्य समायोजन गर्नुपरेको हो ।

यो मूल्य वृद्धि सेप्टेम्बर ४ को समायोजनको एक साताभन्दा केही समयपछि आएको हो । त्यसबेला पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर पाँच पाउन्डले बढाइएको थियो भने घरायसी तथा औद्योगिक ग्यासको मूल्य यथावत् राखिएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ