काठमाडौँ, भदौ २७ गते ।
नेपाल टेलिकमले अभिनेत्री तथा मोडल नीति शाहलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । टेलिकमकी प्रबन्ध निर्देशक सङ्गीता पहाडी र शाहले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । ब्रान्ड एम्बेसडर बनेसँगै शाहले कम्पनीले प्रदान गर्दै आएका विभिन्न सेवा तथा सुविधाको प्रचारप्रसार र ब्रान्ड प्रवर्धनसम्बन्धी कार्यमा भूमिका खेल्ने जनाइएको छ ।
प्रबन्ध निर्देशक पहाडीले मनोरञ्जन र खेलकुद क्षेत्रका स्थापित व्यक्तिहरूको आबद्धताले युवापुस्तालगायत अन्य नागरिकसँग नेपाल टेलिकमको सम्बन्ध अझ सुदृढ र प्रगाढ हुने बताउनुभयो ।
अभिनेत्री शाहले देशकै ठुलो र स्वदेशी लगानीको दूरसञ्चार संस्थासँग जोडिन पाउँदा आफू गौरवान्वित र उत्साहित भएको बताउनुभयो ।