सिन्धुली, मङ्सिर १४ गते । मदन भण्डारी राजमार्गअन्तर्गत दुधौली नगरपालिका–२ गागनमा आज बिहान यात्रीवाहक बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छभने अन्य एक जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सवेदीका अनुसार पोखराबाट कटारीतर्फ गइरहेको बस र डकाहाबाट झुगातर्फ आइरहेको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालक दुधौली नगरपालिका–३ […]
काठमाडौँ, मङ्सिर १४ गते । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आइतबार कर्णाली याक्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । खेल अपराह्न ३ः३० बजे हुनेछ । सोमपाल कामीको कप्तानीमा चारवटा प्रतियोगितामा सहभागी कर्णाली याक्सले एउटामात्र जितेको छ । दुई अङ्कका साथ कर्णाली छैटौँ स्थानमा छ । प्लेअफको यात्रामा रहिरहन उसलाई आज […]
काठमाडौँ, मङ्सिर १३ गते । सुदूरपश्चिम रोयल्स अपराजित यात्रा जारी राख्दै नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफमा पुगेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको खेलमा साविक उपविजेता सुदूरपश्चिमले साविक विजेता जनकपुर बोल्ट्सलाई ६ विकेटले हराएको हो । पाँचौँ खेलसम्म जितको लय कायम राखेको सुदूरपश्चिम लिग चरणको दुई खेल अगावै प्लेअफमा पुगेको हो । […]
काठमाडौँ, मङ्सिर १३ गते। सामाजिक सुरक्षा कार्यक्रममा सबै नागरिकलाई जोड्न सचेतना बढाउनुपर्ने सरोकारवालाले जोड दिएका छन्। राष्ट्रिय सामाजिक सुरक्षा सप्ताह, २०८२ को अवसरमा इन्सपायर नेपाल, सामाजिक सुरक्षा नागरिक समाज सञ्जाल र होमनेट नेपालले आयोजना गरेको ‘सबैका लागि सामाजिक सुरक्षाः आधारभूत मानवअधिकार’ विषयमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा सहभागी सरोकारवालाले त्यस्तो बताए। त्यस अवसरमा बोल्दै सरोकारवालाले सामाजिक […]
कोलम्बो, मङ्सिर १३ गते । श्रीलङ्काका राष्ट्रपति अनुरा कुमार दिसानायकले हालको खराब मौसमी प्रकोपको सामना गरिरहेको अवस्थामा सार्वजनिक आपतकालको घोषणा गर्नु भएको छ । घोषणाले सार्वजनिक सुरक्षा अध्यादेश अन्तर्गत आपतकालीन नियम राष्ट्रव्यापी लागु गर्न सरकारलाई अधिकार प्रदान गर्दछ । आपतकाल घोषणा गर्नुको उद्देश्य सार्वजनिक सुरक्षाको रक्षा गर्नु, राष्ट्रिय स्थिरता कायम राख्नु रहेको जनाइएको छ । […]
काठमाडौँ, मङ्सिर १३ गते। गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनको समयमा क्षतिग्रस्त भएका प्रहरी वृत्त बौद्ध र प्रहरी प्रभाग साँखुको अवलोकन गर्नुभएको छ। आज उहाँले गत भदौ २४ गते जेनजी आन्दोलनका कारण क्षतिग्रस्त प्रहरी वृत्त बौद्ध र प्रहरी प्रभाग साँखुको अवलोकन गरेर प्रहरीले गरेको कामकारबाही र त्यस क्षेत्रको शान्तिसुरक्षाका बारेमा जानकारी लिनुभयो। अवलोकनका क्रममा गृहमन्त्री अर्यालले […]
काठमाडौँ, मङ्सिर १३ गते । प्रधानमन्त्री सुशीला कार्कीले शनिबार राष्ट्रिय प्रजातन्त्र पार्टीका नेतासँग छलफल गर्नुभएको छ । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार बालुवाटर पुग्नुभएका राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधिमण्डलसँग छलफल गर्नुभएको हो । छलफलमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित शीर्ष नेता सहभागी हुनुहुन्थ्यो । चुनावसँगै देशका समस्या समाधान गर्न सरकार लाग्नुपर्नेमा पार्टीले प्रधानमन्त्रीसँगको छलफलमा जोड दिएको राप्रपा अध्यक्ष […]
काठमाडौँ, मङ्सिर १३ गते। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक यही मङ्सिर १५ गते बस्ने भएको छ। यसअघि मङ्सिर १४ गते बोलाइएको उक्त बैठक विशेष कारणले गर्दा मङ्सिर १५ गते सोमबारसम्मका लागि सारिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो। बैठक सोमबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। कांग्रेसले उक्त बैठकमा उपस्थित हुनका […]
काठमाडौँ, मङ्सिर १३गते । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०को ११औँ राष्ट्रिय महाधिवेशनका आज देशैभरि प्रतिनिधि छनोट भएका छन्। महाधिवेशनका लागि आज देशभरि शान्तिपूर्ण रूपमा करिब दुई हजार २०० प्रतिनिधि छनोट भएका हुन्। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सबैजसो कमिटीमा आज प्रतिनिधि छनोट सम्पन्न भएको बताउनुभयो। “धेरैजसो कमिटीमा सर्वसम्मत रूपमा प्रतिनिधि छनोट भएका छन्”, उहाँले भन्नुभयो, […]
काठमाडौँ, मङ्सिर १२ गते। नेपाल वायुसेवा निगमले खाडी मुलुकमा जाने नेपाली श्रमिकका लागि विशेष छुटसहित नयाँ भाडादर लागू गरेको छ। निगमले आज विज्ञप्ति जारी गर्दै निगमले रोजगारीका लागि दमाम, दोहा, दुबई र मलेसियाको क्वालालाम्पुर जाने श्रमिकको सहजताका लागि १० प्रतिशत विशेष छुट दिने निर्णय गरेको जनाएको छ। विज्ञप्तिमा भनिएको छ, “श्रमिक यात्रुहरूको सर्वसुलभताका लागि नेपालबाट […]