alliance khabar

बुधबार, भाद्र ३१, २०८३

ताप्लेजुङ, भदौ ३१ गते ।

 ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा २४१ तोलाभन्दा बढी सुन र २७  किलोग्राम चाँदी सङ्कलन भएको छ । देशकै एक प्रसिद्ध तीर्थस्थल पाथीभरामा हालसम्म उक्त परिमाणमा सुन र चाँदी सङ्कलन भएको हो ।

पाथीभरा क्षेत्र विकास समितिका अनुसार हालसम्म कुल २४० तोला ९१ लाल एक नम्बरी सुन सङ्कलन भएको छ । त्यस्तै पाथीभरामा हाल २७.१२८ किलोग्राम असली चाँदी सङ्कलन भएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिनुभयो । कार्यकारी निर्देशक हाङ्बाङका अनुसार पाथीभरामा सङ्कलन भएको उक्त परिमाणको सुन र चाँदी रिफाइन गरी एकनम्बरको बनाइएको छ ।

केही सुनका गहाना दुरुस्तै राखिएको छ भने २४० तोला ९१ लाल सुन भने रिफाइन गरी एक नमबरको बनाइएको हाङ्बाङले जानकारी दिनुभयो । त्यस्तै पाथीभरामा सङ्कलित चाँदी पनि एकनम्बर वा असली २७ किलोग्राम १२८ ग्राम रहेको उहाँले बताउनुभयो ।

समितिका अनुसार रिफाइन गरी एकनम्बरको बनाइएको सुनमध्ये ११ तोला २४ लाल भर्खरै रिफाइन गरिएको हो । यसैगरी, तीन किलोग्राम १६६ ग्राम चाँदी पनि भर्खरै अर्थात गएको शुक्रबार र शनिबार रिफाइन गरिएको समितिका कार्यकारी निर्देशक हाङ्बाङले जानकारी दिनुभयो । बाँकी धेरै परिमाणको सुन र चाँदी पहिले नै रिफाइन गरिएको हो ।

करिव तीन वर्षअघि नै रिफाइन गरिएको सुन र चाँदी सोही समयदेखि लिलाम बिक्रीको प्रक्रिया सुरु गरिएको थियो । नियमअनुसार समितिले सुन र चाँदी लिलाम बिक्री गर्ने प्रक्रिया अघि बढाए पनि केही चाँदीबाहेक हालसम्म सुनचाँदी बिक्री नभएकोसमेत समितिले जनाएको छ । पछिल्लोपटक रिफाइन गरेकोसमेत सुन र चाँदी पुनः बिक्रीका लागि प्रक्रिया सुरु गर्ने तयारी भइरहेको समितिले जानकारी दिएको छ ।

समितिले रिफाइन गरेको तथा अन्य सुन र चाँदी सुरक्षा निकाय समेतको निगरानीमा सुरक्षित राख्ने गरेको छ । रिफाइन गरिएको सुन र चाँदीको तौल यकिन गरी कपडाको थैलो (झोला) मा लाहाछापसहित सिल गरेर राख्ने गरिएको समितिका स्टोर (भण्डार कक्ष) प्रमुख इन्द्र पौडेलले जानकारी दिनुभयो ।

पाथीभराको दर्शन गरेमा सोचेको, चिताएको मनोकाङ्क्षा पूरा हुने विश्वाससहित वर्षमा लाखौं भक्तजनले पाथीभराको दर्शन गर्ने गरेका छन् । पाथीभराको दर्शन गर्ने भक्तजनले स्वेच्छाले नगद साथै सुन, चाँदी र अन्य धातुको गरगहाना तथा सामग्री ल्याएर चढाउने गर्छन् । दर्शनार्थीले चढाएको सुन, चाँदी र नगद लगायतका सामग्री पाथीभरा क्षेत्र विकास समितिले सङ्कलन गर्ने गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ