alliance khabar

शुक्रबार, आश्विन ०२, २०८३

काठमाडौँ, असोज २ गते ।

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनलाई पार्टी एकता र सहकार्यको अवसर बनाउने प्रयास थालिएको छ । सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवालाई महाधिवेशन उद्घाटन गर्न आग्रह गर्दै सबै पक्षलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गर्नुभएको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित केन्द्रीय कार्यसमिति बैठकमा सभापति थापाले असोज १६ गते हुने महाधिवेशन उद्घाटन सत्रमा पूर्वसभापति देउवा सहभागी हुनुपर्ने बताउनुभयो । सभापति थापाले भन्नुभयो, “अधिवेशनको दिनमा पूर्वपार्टी सभापतिले अधिवेशन उद्घाटन गरिदिने कुरा हाम्रा निम्ति सम्मानको विषय हुन्छ ।”

पार्टी विधानले अब देउवालाई सभापति बन्न नदिने उल्लेख गर्दै उहाँले कांग्रेसलाई एउटै परिवारका रूपमा लिएर आन्तरिक असमझदारी समाधान गर्नुपर्ने बताउनुभयो । कांग्रेस नेता मीनबहादुर विश्वकर्माले महाधिवेशनमा ९० प्रतिशत नेता कार्यकर्ता सहभागी हुने दाबी गर्नुभयो । उहाँले पूर्वसभापति देउवालाई सर्वोच्च नेताका रूपमा सम्मान गरिने बताउनुभयो ।

कांग्रेसले असोज ३ र ४ गते देशभरका छ हजार ७४३ वडामा वडा अधिवेशन तथा असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ ।

बिहीबारको केन्द्रीय समितिमा पूर्वसभापति देउवाको कार्यसमितिमा रहेका महालक्ष्मी डिना उपाध्यक्ष, मीनबहादुर विश्वकर्मा, देवेन्द्रराज कँडेल, राजीवविक्रम शाह,  ज्ञानेन्द्रबहादुर कार्की, मदनकृष्ण श्रेष्ठ, रामहरि खतिवडा, महेन्द्र यादव, राधा घले, नैनसिंह महर, गोविन्द भट्टराई, जिपछिरिङ लामा, ईश्वरी न्यौपाने, सरस्वती तिवारी, शान्ति विक परियार, गणेश लामा, किरण यादवलगायतका नेता सहभागी हुनुहुथ्यो ।

पार्टी प्रवक्ता देवराज चालिसेले केन्द्रीय समितिको बैठकले पार्टी एकताका लागि आएका आग्रह र निवेदनलाई सम्बोधन गर्दै अघि बढ्ने, पार्टी एकताका लागि पाँचबुँदे प्रस्तावलाई केन्द्रीय कार्यसम्पादन समिति र केन्द्रीय समितिमार्फत सम्बोधन गर्ने निर्णय भइसकेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ