काठमाडौँ ,असार २५ गते। स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै सरकारले साउन १ गतेदेखि ८ प्रकारका गम्भीर रोगहरूका बिरामीलाई प्रत्यक्ष राहत दिने व्यवस्था कार्यान्वयनमा ल्याउने भएको छ। सरकारको पूर्व प्रतिबद्धता अनुसार अबदेखि क्यान्सर, मुटु रोग, मृगौला समस्या, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिजम र अल्जाइमर भएका बिरामीहरूले स्वास्थ्य बीमा कार्यक्रममार्फत २ लाख रुपैयाँसम्मको निःशुल्क […]
तनहुँ, असार १९ गते । तीन वर्षपछि तनहुँको बन्दीपुर गाउँपालिका–४ बन्दीपुर बजारस्थित बन्दीपुर अस्पतालले सुरक्षित गर्भपतन सेवा सुरु गरेको छ । सेवा सुरु भएसँगै गर्भपतन गराउनुपर्ने अवस्थामा टाढा धाउनु पर्ने र शुल्क तिर्नु पर्ने बाध्यता हटेको छ । बन्दीपुर गाउँपालिका–६ को महिलाको सुरक्षित गर्भपतन गराई सेवा सुरु गरिएको अस्तालले जनाएको छ । उपकरण, उपचार कक्ष […]
काठमाडौं ,असार १७ गते । मंगलबार देशभर साधारणतया बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागका धेरै स्थानहरूमा तथा बाँकी भूभागका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। […]
काठमाडौँ, असार १५ गते। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल अस्पतालमा भर्ना हुनुभएको छ। ज्वरो आएपछि उहाँलाई शनिबार राति वीर अस्पतालमा भर्ना गरिएको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार उहाँको वीर अस्पतालको भीआईपी क्याबिनमा उपचार भइरहेको छ। उहाँलाई लामो समयदेखि रुघाखोकी र ज्वरो आउनुका साथै स्वास्थ्यमा कमजोरी देखिएपछि केही दिन घरमै आराम गरेपछि काममा फर्कनुभएको थियो। […]
कञ्चनपुर, असार १३ गते । गर्मी र वर्षातको समयमा मात्र देखिने डेंगु सुदूरपश्चिममा बाह्रै महिना देखिन थालेको छ । जलवायु परिवर्तनको असरले लामखुट्टेको प्रजनन समयावधि लम्बिनु, तापक्रममा असमान्य वृद्धि हुनु, वर्षा चक्रको अनियमियताले डेंगुको सङ्क्रमण बढ्दै गएको छ । जलवायु परिवर्तनका कारण लामखुट्टेको रोग सार्ने क्षमतामा वृद्धि हुँदै गएको सुदूरपश्चिम प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन […]
काठमाडौँ, असार १० गते । नेपाल औषधी आयातकर्ता संघ (मियान)को अध्यक्ष पदमा पवन आचार्य निर्वाचित हुनुभएको छ । संघको आठौँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट आचार्यको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । यसअघि आचार्य संघको महासचिव पदमा कार्यरत हुनुहुन्थ्यो । यस्तै, अधिवेशनबाट संघको उपाध्यक्षमा पृथ्वीराज वैद्य र सुमन कयाल निर्वाचित हुनुभयो । […]
स्याङ्जा, असार १० गते । कालीगण्डकी गाउँपालिकाले सबै नागरिकको निःशुल्क स्वास्थ्य बिमा गर्ने कार्यक्रमलाई निरन्तरता दिएको छ । गत आर्थिक वर्षबाट पालिकाका हरेक नागरिकको एक लाखसम्मको स्वास्थ्य बिमा गर्ने नीति लिएकोमा आव २०८२/८३ को १७ औँ अधिवेशनको नीति तथा कार्यक्रममा समेत गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले निरन्तरता दिनुभएको हो । घर घरमा स्वास्थ्य परीक्षण, विद्यार्थीको निःशुल्क परीक्षण, गर्भवतीलाई […]
काठमाडौँ, असार ९ गते । नेपालमा ओमिक्रोनको सब भेरिएन्ट (पछिल्लो पुस्ता) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जिन सिक्वेसिङ गर्दा नेपालमा ओमिक्रोनका विभिन्न सवभेरिएन्ट पुष्टि भएको जानकारी दिनुभयो । डा.बुढाथोकीका अनुसार जेठ २२ देखि २९ गतेसम्म पिसिआर विधिबाट कोरोना पुष्टि भएका १४ वटा नमुनाको जिन सिक्वेसिङ […]
काठमाडौँ, जेठ २६ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मुटु, हड्डी तथा विभिन्न खालका बिरामीको प्रत्यारोपण तथा उपचारमा उपयोग हुने वस्तु अस्पताल फार्मेसीमै व्यवस्था गर्न परिपत्र गरेको छ । हाल सरकारी फार्मेसीमा उपलब्ध नहुने तथा मूल्य विवरण समेत सार्वजनिक नहुँदा बिरामीहरुले महँगो मूल्यमा त्यस्ता वस्तु खरिद गर्नु परिरहेको छ । अस्पताल फार्मेसीमा उपलब्ध नहुँदा अस्पतालमै […]
काठमाडौँ, जेठ २४ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुराना ऐन परिमार्जन गरेर नयाँ स्वास्थ्य ऐन ल्याउने तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले लामो समयदेखि परिमार्जन हुन नसकेका तथा स्वास्थ्य क्षेत्रका समस्या सम्बोधन गर्न नयाँ ऐन तथा नीति निर्माणको काम अघि बढाउनुभएको हो । स्वास्थ्य सेवाका कर्मचारीको सेवा सुविधा सम्बन्धमा बनेको २०५३ […]