नवलपुर, चैत ११ गते । नवलपुरमा सञ्चालन गरिएको जापानिज इन्सेफलाइटिसविरुद्धको विशेष खोप अभियानले लक्ष्य पूरा गरेको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ । फागुन २९ गतेदेखि सञ्चालन भएको अभियानमा एक लाख १४ हजार २३३ जना (७६.१६ प्रतिशत) ले खोप लगाएका कार्यालयले जानकारी दिएको छ । जसमध्ये ६६ हजार ७९३ महिला र ४७ हजार ४४० पुरुष रहेका […]
काठमाडौँ, चैत ९ गते । दाँतको सरसफाइले मात्र मुख तथा दाँतको ९५ प्रतिशत रोग रोक्न सकिने भए पनि दन्त स्वास्थ्यमा मानिसको बेवास्ताले गर्दा रोग बढिरहेको छ । खानपान तथा जीवनशैलीका कारण दाँतका बिरामी दिनप्रतिदिन बढिरहेका छन् । दाँत किराले खाने समस्या नेपालमा मुखसम्बन्धी सबैभन्दा ठुलो समस्या देखिएको छ । त्यसपछि गिजासम्बन्धी समस्या पनि देखिएको छ […]
काठमाडौँ, चैत ८ गते । नेपाल स्वयंसेवी रक्तदाता समाजको डोल्पा जिल्ला शाखा गठन गरिएको छ । शनिबार दुनैमा आयोजित भेलाले सामाजिक अभियन्ता तथा स्वास्थ्यकर्मी राजनकुमार डाँगीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । नवगठित समितिको उपाध्यक्षमा दिलमाया केसी, सचिवमा कर्ण विक र कोषाध्यक्षमा मिनराज बुढा (विवस) चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरूमा सुमन […]
काठमाडौँ, चैत ६ गते । मोरङका दुईवटा स्थानीय तहमा बर्ड फ्लुको सङ्क्रमण देखिएको छ । सङ्क्रमण पुष्टि भएपछि यसलाई अन्यत्र फैलिन नदिन पशु सेवा विभागले दक्ष प्राविधिक टोली परिचालन गरेको जनाएको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका–४ र उर्लाबारी नगरपालिका–८ मा पालिएका कुखुरामा बर्ड फ्लु (एभिएन इन्फ्लुएन्जा) पुष्टि भएको पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले […]
बैतडी, चैत ४ गते । गत तीन सातादेखि फैलिएको ज्वरोले पुर्चौडी नगरपालिकाका छुट्टाछुट्टै वडामा तीन जनाको मृत्यु भएको छ । आइतबार राति पुर्चौडी नगरपालिका–८, मल्लादेहीकी १२ वर्षीय पूजा बोहोराको मृत्यु भएको छ । उच्च ज्वरो आएपछि उपचारका लागि हाट स्वास्थ्य चौकीमा पु¥याएपछि बालिकाको मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदबहादुर कुँवरले बताउनुभयो । उहाँमा मस्तिष्क […]
काठमाडौँ, फागुन ३० गते । नेपाली औषधी उद्योगको बजार हिस्सा खुम्चँदै गएको छ । नेपाललाई औषधीमा आत्मनिर्भर बनाउन सरकारले गरेको प्रयत्न र नयाँ औषधी उद्योग थपिने क्रम जारी रहे पनि औषधीको बजार हिस्सा भने अत्यन्तै न्यून अङ्कमा सीमित हुन पुगेको छ । नेपाल औषधी उत्पादक सङ्घ (एपोन) को पछिल्लो तथ्याङ्क अनुसार नेपाली औषधीको बजार विस्तारमा […]
काठमाडौँ, फागुन २८ गते । नेपालले प्रस्ताव गरेको ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ संयुक्त राष्ट्रसंघको महासभाबाट पारित भएको छ। महासभाले मार्च १० मा प्रस्ताव अनुमोदन गरेपछि अब हरेक वर्ष अप्रिल १५ का दिन विश्वभर उक्त दिवस मनाइने भएको हो। यसलाई नेपालका लागि कूटनीतिक तथा सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण उपलब्धि मानिएको छ। यस दिवसले स्वास्थ्यलाई रोग नलाग्ने अवस्थामात्र नभई […]
सिँजा (जुम्ला), फागुन २८ गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला स्वास्थ्य सेवा प्रवाह मात्र होइन, पछिल्लो समय चिकित्सा शिक्षा अध्ययनको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित हुँदै गएको छ । प्रतिष्ठानमा अहिले देश तथा विदेशबाट विद्यार्थी अध्ययनका लागि आउन थालेका छन् । देशका सुविधासम्पन्न सहर छाडेर जुम्ला चिकित्सा शिक्षा अध्ययनको गन्तव्य बन्न थालेको छ । अहिले नेपालका मात्र होइन, छिमेकी […]
बागलुङ (गलकोट) फागुन २४ गते । ढोरपाटन नगरपालिका ७, ८ र ९ वडाका बोबाङ, सेरावाङ र लाकुरीबोट गाउँमा दादुरा फैलिएको छ । ५० जनामा दादुरासँग मिल्दोजुल्दो लक्षण देखिएको र २२ जना बुर्तिबाङ अस्पतालमा भर्ना भएर उपचाररत भएकाले थप सर्तकता अपनाउनका लागि आगमी २७ गतेसम्म बिद्यालय बन्द गरिएको ढोरपाटन नगरपालिकाका नगर शिक्षा अधिकारी पुष्पक दाहालले जानकारी […]
घोराही, माघ २६ गते । दाङमामा पहिलो दिन सत्र सय बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइएको छ । पहिलो चरणको अभियानअन्तर्गत घोराही उपमहानगरसहित लमही नगरपालिका, राप्ती गाउँपालिका र गढवा गाउँपालिकामा एक हजार सात सय ७२ जना किशोरीलाई खोप लगाइएको हो । विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रासँगै विद्यालय नजाने १० देखि […]