दैलेख, पुस ७ गते । दैलेख जिल्लामा पछिल्लो समय मानसिक स्वास्थ्य समस्यासँगै आपराधिक घटना बढ्दै जान थालेका छन् । पारिवारिक तनाव, आर्थिक अभाव, लैङ्गिक हिंसा तथा सामाजिक दबाबका कारण मानसिक समस्या जटिल बन्दै जाँदा आपराधिक घटना बढ्दै गएको हो । गत मङ्सिरमा दैलेखको नौमुले गाउँपालिका–५ का २७ वर्षीय तिर्सना राम्जालीले गरेको दाउराको चिर्पट प्रहारबाट आफ्नै बुवा ६५ […]
काठमाडौँ, पुस ६ गते । नेपाल सरकारका पूर्व गृहराज्यमन्त्री तथा नेपाल महर्षि वैदिक फाउन्डेसनका अध्यक्ष दीपकप्रकाश बास्कोटाले महर्षि भावातीत ध्यानको माध्यमबाट नेपालले विश्व शान्तिको नेतृत्व गर्न सक्ने बताउनुभएको छ। काठमाडौँको ब्रह्मानन्द सरस्वती ग्राम दक्षिणकालीस्थित ध्यान केन्द्रमा, दोस्रो विश्व ध्यान दिवस डिसेम्बर २१ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बास्कोटाले महर्षि भावातीत ध्यान केवल व्यक्तिगत […]
काठमाडौँ, पुस ६ गते । दोस्रो विश्व ध्यान दिवसका अवसरमा नेपालले पहिलो पटक संयुक्त राष्ट्रसङ्घमा विशेष प्रस्तुती दिएको छ । नेपालको प्रतिनिधित्व गर्दै जीवन विज्ञान प्रतिष्ठानले ध्यान दिवसका अवसरमा संयुक्त राष्ट्रसङ्घमा शुक्रबार ध्यानसम्बन्धी अलग /अलग दुई कार्यक्रम आयोजना गरेकोे छ । नेपालको तर्फबाट जीवन विज्ञान प्रतिष्ठानका संस्थापकद्वय रमेश नेपाल र एलपी भानु शर्माले अमेरिकाको न्युयोर्कस्थित […]
बागलुङ, पुस ६ गते । नेपालमा सुर्तिजन्य पदार्थको सेवनबाट वर्षेनि झण्डै ४० हजारभन्दा बढीको ज्यान जाने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङको संयोजनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य कोषको सचिवालयले बागलुङमा आयोजना गरेको ‘सुर्तिजन्य पदार्थको नियन्त्रण र नियमन’ विषयक अन्तरक्रियामा स्वास्थ्य मन्त्रालयका सचिव विकास देवकोटाले सुर्तिजन्य पदार्थको सेवनले ३९ हजार दुई […]
काठमाडौँ, पुस ६ गते । संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आइतबार ‘विश्व ध्यान दिवस’ मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घले डिसेम्बर २१ तारिखलाई विश्व ध्यान दिवसका रुपमा मनाउने घोषणा गरेको थियो । त्यसैअनुसार नेपालमा पनि ध्यान दिवस मनाउन लागिएको हो । संयुक्त राष्ट्रसङ्घको महासभाले योग र ध्यानलाई स्वास्थ्यका लागि पूरक उपायका रूपमा स्वीकार गरेको जनाइएको छ । गत […]
नेपालगन्ज, मङ्सिर २७ गते । बाँकेको साइनिङ अस्पतालमा एक वर्षमा १७४ जना नयाँ कुष्ठरोगी फेला परेका छन् । आइएनएफ नेपाल बाँकेद्वारा जानकी ३ मा सञ्चालित साइनिङ अस्पतालमा आर्थिक वर्ष २०८१/८२ मा उपचारका लागि आएका बिरामीमध्ये १७४ जना नयाँ कुष्ठरोगी भएको पुष्टि भएपछि उपचारका लागि नजिकैको स्वास्थ्य केन्द्रमा रिफर गरिएको अस्पतालका प्रमुख मंगल बहादुर थारुले बताउनुभयो […]
मुस्ताङ, मङ्सिर ,२६ गते । यहाँको घरपझोङ—२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्र नजिकै गएराति हिउँ चितुवाको आक्रमणमा परी १६ भेडा र ३ च्यांग्रा मरेका छन् । स्थानीयवासी सन्तोष परियारको भेडाच्यांग्रा खोरमा हिउँ चितुवा पसेर भेडाच्यांग्रा मारेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप जोमसोमले जानकारी दिएको छ । किसान परियारको मार्फास्थित गाउँ भित्रको भेडाच्यांग्रा खोरमा ४५ भेडाच्यांग्रा […]
बाजुरा मङ्सिर २६ गते । बाजुराको बडीमालिका नगरपालिकाले यहाँका वडामा छाउगोठ मुक्त घोषणा गर्ने कार्यक्रम सुरु गर्दै आएको छ । छाउप्रथा सामाजिक कुसंस्कारका रुपमा रहेको र यसले यहाँका धेरै महिला दिदिबहिनीहरुको ज्यान जोखिममा पार्दै गएकाले छाउप्रथालाई जरैदेखि उखेल्ने गरी सो पालिकाले छाउगोठ मुक्त घोषणा गर्ने अभियान सुरु गरेको हो । गत बुधबार मात्र पाकिलाले यहाँको […]
हुम्ला, मङ्सिर २५ गते । स्वास्थ्य सेवा कार्यालयअन्तर्गतको जिल्ला अस्पतालमामा बायोमेडिकल ल्याव स्थापना गरिएको छ । जिल्लाभरका स्वास्थ्य चौकी र जिल्ला अस्पतालमा भएका उपचारका लागि आवश्यक उपकरणका मर्मतका लागि उक्त ल्याव स्थापना गरिएको हो । अस्पतालमा प्रयोग हुने उपकरणका लागि मर्मत गर्न अति आवश्यक पर्ने बायोमेडिकल ल्याव स्थापना भएर सुचारु भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख […]
बागलुङ (गलकोट), मङ्सिर २४ गते । बागलुङको धौलागिरी प्रादेशिक अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा श्रीप्रसाद शर्मा नियुक्त हुनुभएको छ । शर्मालाई गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद्ले नियुक्ति गरेको हो । बुधबार बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा शर्मालाई नियुक्त गरेको गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्का प्रवक्ता तथा आर्थिक मामिलामन्त्री डा. टकराज गुरुङले जानकारी दिनुभयो । प्रवक्ता […]