काठमाडौँ, साउन २८ गते । सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दैछ । बिहीबार अपराह्न १ः१५ बजे सिंहदरबारमा बस्ने बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस हुँदै छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल ‘गनेस’ ले सो प्रस्ताव पेस गर्नुहुने सम्भावित कार्यसूची रहेको छ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज विद्वान् तथा गुरुजनको साथ र प्रेरणा मिल्नेछ । आफ्नो प्रतिभा देखाउने अवसर पाउनुका साथै अतिरिक्त क्रियाकलापबाट पनि नाम कमाउन सकिनेछ । मान सम्मान र प्रतिष्ठा बढ्ने समय छ । आफूले सोचेको काम पूरा हुने सम्भावना रहेपनि नयाँ नयाँ महत्वाकांक्षा बढ्दै जानेछ । बोली र […]
ललितपुर, साउन २७ गते । राष्ट्रपति रामचन्द्र पौडेलले शासनमाथि गरिने विवेकसम्मत प्रश्नले लोकतन्त्रलाई प्राण दिने बताउनुभएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा अनलाइन खबर डटकमद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले शासनमाथि गरिने विवेकसम्मत प्रश्नले लोकतन्त्रलाई प्राण दिने बताउनुभएको हो । राष्ट्रपति पौडेलले भन्नुभयो, “युवा भोलिको मात्र होइन, आजकै साझेदार, सर्जक र परिवर्तनकर्ता हुनुहुन्छ । […]
काठमाडौँ, साउन २७ गते । कृषि वन तथा पर्यावरणमन्त्री गिता चौधरीले सरकारले कृषि वन तथा वातावरण क्षेत्रमा रोजगारीका अवसर सृजना गर्ने विषय मूल प्रथमिकतामा राखेको बताउनुभएको छ । अन्तरराष्ट्रिय युवा दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै उहाँले युवाको सहभागिता विस्तारमार्फत नवीन सोच, ऊर्जा र केही गरौँ भन्ने भावनालाई राष्ट्रको समृद्धिमा उपयोग गर्नुपर्ने धारणा व्यक्त […]
पर्वत, साउन २७ गते । पर्वतमा यस वर्ष ९५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । जिल्लाको मुख्य खाद्यान्न बालीका रूपमा रहेको धान खेतीका लागि लक्ष्य निर्धारण गरिएको क्षेत्रफलमध्ये पाँच प्रतिशतमा रोपाइँ हुन नसकेको कृषि विकास कार्यालय पर्वतले जनाएको छ । समयमै मनसुन सक्रिय नहुनु, पर्याप्त वर्षा नहुनु, कृषिजन्य जनशक्तिको अभाव तथा धान खेतीप्रतिको घट्दो […]
काठमाडौँ, साउन २६ गते । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारी कागजातलाई ‘डिजिटाइज’ र ‘डिजिटलाइजेसन’ गरी सुरक्षित गरिनुपर्नेमा जोड दिनुभएको छ । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको आजको बैठकमा गतवर्ष भदौ २३ र २४ गते जलेका स्रेस्ताका कारण १७९ कार्यालयको महालेखापरीक्षकको कार्यालयले लेखापरीक्षा गर्न नसकेको विषयको छलफलका क्रममा उहाँले पहिले सरकारी कागजातलाई ‘डिजिटाइज’ र ‘डिजिटलाइजेसन’ गरी सुरक्षित […]
काठमाडौँ, साउन २७ गते । सरकारले विराटनगर जुट मिल पुनः सञ्चालन गर्ने विषयमा अध्ययन गर्न कार्यदल गठन गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका संस्थान महाशाखा प्रमुख एवं सहसचिव रामबन्धु सुवेदीको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको हो । कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका उपसचिव, अर्थ मन्त्रालयका उपसचिव र कानुन, न्याय तथा संसदीय मामिला […]
मुगु, साउन २८ गते । जिल्ला सदरमुकाम गमगढी बजारमा नौ दिनदेखि नियमित खानेपानी आपूर्ति नहुँदा स्थानीयवासी काकाकुल भएका छन् । खानेपानी आपूर्ति अवरुद्ध भएपछि बजारवासी, विद्यार्थी, सरकारी कार्यालयका कर्मचारी, व्यवसायी तथा सेवाग्राहीलाई दैनिक उपभोगका लागि आवश्यक पानी जुटाउन समस्या भएको छ । मुगुम कार्मारोङ गाउँपालिका–९ की बिजकला बुढाका अनुसार लगातार नौ दिनसम्म खानेपानी नआउँदा बालबालिकालाई […]
मकवानपुर, साउन २७ गते । बागमती प्रदेश सरकारले प्रदेशभर उद्यमशीलता विकास र रोजगारी सिर्जनाका लागि सहुलियतमा ऋण अनुदान दिने भएको छ । प्रदेश सरकारले कृषि, उद्योग, पर्यटन, व्यापार, सूचना प्रविधि तथा स्र्टाटअप व्यवसाय कार्यक्रममार्फत उद्यमशीलता विकास र रोजगारी सिर्जनाका लागि सहुलियतपूर्ण ऋणमा लाग्ने व्याजमा अनुदान प्रदान गर्ने भएको हो । प्रदेश सरकारले वैदेशिक रोजगारीबाट फर्किएका दक्ष जनशक्ति, […]
राजविराज, साउन २६ गते । जिल्ला प्रशासन कार्यालय सप्तरीले खाना पकाउने एलपी ग्यास लुकाएर कृत्रिम अभाव सिर्जना गर्ने तथा तोकिएको मूल्यभन्दा बढीमा बिक्रीवितरण गर्ने डिलर तथा व्यवसायीलाई कारबाही गर्ने चेतावनी दिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी नरेशकुमार यादवले सोमबार जारी गरेको सूचनामा जिल्लाका ग्यास डिलर तथा व्यवसायीले उद्योग वा डिलरबाट ग्यास ल्याई सहज रूपमा […]