मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बेकरिङ, क्याटरिङ, फास्टफुड तथा भाँडाकुँडाको व्यापार गर्नेका लागि दिन राम्रो छ । ग्राहकको विश्वास जित्न भने समय लाग्न सक्छ । परिवारमा सुख शान्ति रहनेछ । प्रतिस्पर्धामा योजनाबद्ध तयारी गरे सफलता मिल्नेछ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) शिक्षा र लेखन […]
काठमाडौँ, साउन २८ गते । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकासहित देशका विभिन्न भूभागमा अहिले मध्यमदेखि भारी वर्षा भइरहेको जनाएको छ। महाशाखाका अनुसार बागमती, लुम्बिनी र गण्डकी प्रदेशका विभिन्न स्थानमा भारी वर्षा भइरहेको छ। विशेष गरी लुम्बिनी प्रदेशको तराई भूभागमा भारी वर्षा भइरहेको र ती आसपासका क्षेत्रमा अझै थप वर्षा हुने […]
दमौली (तनहुँ), साउन २८ गते । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालकै आन्तरिक आम्दानीबाट देशको विकास गर्ने लक्ष्यका साथ नयाँ बजेट ल्याइएको बताउनुभएको छ। आफ्नो निर्वाचन क्षेत्र तनहुँको भ्रमणका क्रममा बिहीबार जिल्ला समन्वय समिति तनहुँको वार्षिक समीक्षा कार्यक्रमको उद्घाटन गर्दै अर्थमन्त्री डा. वाग्लेले सो धारणा व्यक्त गर्नुभएको हो। उहाँले राज्यको कमजोर आम्दानीका कारण ऋण लिएर अत्यावश्यक […]
काठमाडौँ, साउन २८ गते । नेपाली काङ्ग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले देशमा राष्ट्रिय एकता सुदृढ बनाउन र विगतका विभाजन एवम् विद्वेषका घाउहरू निको पार्न आह्वान गर्नुभएको छ। जेन्जी आन्दोलनका क्रममा सांघातिक आक्रमणमा परी घाइते हुनुभएका पूर्वसभापति देउवाले पाँच महिनाको विदेश उपचारपछि बिहीबार स्वदेश फर्किएलगत्तै एक विशेष सन्देश जारी गर्दै सो आह्वान गर्नुभएको हो। आफ्नो सन्देशमा उहाँले […]
काठमाडौँ, साउन २८ गते । नेपाल वायुसेवा निगमले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालनको आधार (अपरेटिङ बेस) बनाएर उडान गर्ने तयारी अघि बढाएको छ । विमानस्थलका महाप्रबन्धक श्यामकिशोर शाहका अनुसार आगामी नोभेम्बरदेखि सुरु हुने हिउँदे उडान तालिका अनुसार निगमले भैरहवालाई अपरेटिङ बेस बनाएर उडान गर्ने तयारी अनुसार बुधबारदेखि परीक्षण उडान सुरु गरेको हो ।उहाँले भन्नुभयो, “निगमले […]
रोल्पा, साउन २८ गते । यहाँस्थित थबाङ गाउँपालिका–५ बोटलबारामा पहिरामा १० जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार अहिले बेपत्ताको खोजी जारी रहेको छ । थबाङ –५ बोटलबारामा बुधबार रातिको पहिराले घरसहित गोठ पुरिँदा दुई जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए । घटनास्थल रोल्पा र बागलुङको सीमा नजिक जिल्ला […]
मकवानपुर, साउन २८ गते । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले प्रदेश सरकारले युवाको सुझावका आधारमा प्रदेशका योजना र कार्ययोजना बनाएर कार्यान्वयन गर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले बुधबार हेटौँडामा आयोजना गरेको सङ्घीयता सचेतना तथा युवा संवाद कार्यक्रममा बोल्दै मन्त्री तामाङले प्रदेश सरकारले युवालक्षित […]
काठमाडौँ, साउन २८ गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५८, आलु रातो (लाम्चो) प्रतिकिलो रु ५१, आलु […]
धनगढी, साउन २८ गते । बहुमत गुमाएको एक महिना पुग्न लागेको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभाबाट विश्वासको मत लिनुहुने भएको छ । उहाँले बिहीबार प्रदेश सभाबाट विश्वासको मत लिने प्रदेश सभा सचिवालयले जनाएको छ । मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि प्रदेश सभालाई पत्र पठाएपछि ५ बजे सभाको बैठक बोलाइएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज […]
काठमाडौँ, साउन २८ गते । सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दैछ । बिहीबार अपराह्न १ः१५ बजे सिंहदरबारमा बस्ने बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस हुँदै छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल ‘गनेस’ ले सो प्रस्ताव पेस गर्नुहुने सम्भावित कार्यसूची रहेको छ ।