एनपिएल : चितवनमाथि पोखराको जित

काठमाडौँ, मङ्सिर २० गते । नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सले चितवन राइनोजमाथि आठ विकेटको सहज जित निकालेको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार साँझ भएको लिग चरणको आफ्नो अन्तिम खेलमा जितका लागि एक सय २१ रनको समान्य लक्ष्य पोखराले १९.४ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । पोखराका लागि एडम रोसिंगटनले […]

धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना

मलेखु, मङ्सिर २० गते ।  पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सात वटा सवारी एकै ठाउँमा दुर्घटनामा परेका छन् । स्कुल बससहित चार वटा बस, दुई वटा ट्रक र एउटा मोटरसाइकल दुर्घटनामा परेका हुन् । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालका अनुसार भारतीय नम्बर प्लेटको ट्रकको ब्रेक फेल भएपछि अन्य सवारीलाई ठक्कर दिँदा […]

गाईको पेटबाट निकालियो किलाकाँटी

फिदिम,मङ्सिर १९ गते । पाँचथरको फिदिममा अप्रेसन नगरी नै गाईको पेटबाट किलाकाँटी र फलामका टुक्रा निकालिएको छ । फिदिम नगरपालिका-२ का किसान कृष्ण ओझाले पालेको गाईको पेटबाट झण्डै एकसय ग्राम किलाकाँटी र फलामका टुक्रा निकालिएको हो । कुँडो, घाँस र खानेकुरा खाँदा निलिएका ती किलाकाँटी मुखबाट चुम्बकीय यन्त्र छिराएर तानिएको उपचारमा संलग्न पशु चिकित्सक पुष्प […]

एनपिएल प्लेअफ समीकरण पूरा : लुम्बिनी विजयी भएसँगै जनकपुर, चितवन र पोखरा बाहिरिए

काठमाडौँ, मङ्सिर १९ गते ।  नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्लेअफ समीकरण पूरा भएको छ । शुक्रबारको खेलमा जनकपुरलाई चार विकटले हराएसँगै लुम्बिनी अन्तिम टिमको रुपमा प्लेअफ प्रवेश गरेको हो । यसअघि सुदूरपश्चिम रोयल्स, काठमाण्डु गोर्खाज र विराटनगर किंग्स प्लेअफ प्रवेश गरिसकेका छन् । कीर्तिपुरस्थित मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको जनकपुरले पूरै २० […]

विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु

काठमाडौँ, मङ्सिर १९ गते । आइसिसी महिला टि–२० विश्वकपको ग्लोबल क्वालिफायर खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु भएको छ । मूलपानीस्थित खेल मैदानमा आजदेखि टोलीको बन्द प्रशिक्षण सुरु भएको हो । यसअघि नेपाल क्रिकेट सङ्घ ९क्यान० ले  बिहीबार २६ सदस्यीय  प्रारम्भिक टोली घोषणा गरेको थियो । उक्त टोलीमा इन्दु बर्मा, राजमति ऐरी, सीता रानामगर, […]

एकतिहाई नघट्ने गरी महिला उम्मेदवार सुनिश्चित गर्न आयोगको निर्देशन

काठमाडौँ, मङ्सिर १९ गते। निर्वाचन आयोगले निर्वाचन प्रणालीमा समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न राजनीतिक दललाई निर्देशन दिएको छ। आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार २०८२ माघ ११ गते सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचन तथा फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा समावेशी समानुपातिक प्रतिनिधित्व कायम गर्दै निर्वाचनमा सुशासन कायम गर्नका लागि राजनीतिक […]

सभापति देउवा र अध्यक्ष ओलीबिच भेटवार्ता

काठमाडौं, मङ्सिर १९ गते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । देउवा निवास महाराजगन्जमा शुक्रबार अपरान्ह भएको भेटवार्तामा वर्तमान समसामयिक राजनीतिक विषयमा छलफल जारी रहेको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ । अध्यक्ष ओलीका प्रेस विज्ञ रामशरण बजगाईका अनुसार सभापति र अध्यक्षबिच समसामयिक राजनीतिक विषय र […]

संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बन्यो : सञ्चारमन्त्री खरेल

काठमाडौँ, मङसिर १९ गते ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार, प्रमुख राजनीतिक दल, निर्वाचन आयोग र सुरक्षा प्रमुखहरुको संयुक्त बैठकले निर्वाचनको वातावरण थप बलियो बनेको बताउनु भएको छ । बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिदैँ मन्त्री खरेलले संयुक्त बैठक उपलब्धिपूण रहेको र यसले निर्वाचनको माहोल तयार गरेको उल्लेख गर्नुभयो । सञ्चारमन्त्री खरेलले भन्नुभयो,“संयुक्त बैठकपछि निर्वाचनमा […]

राज्यका सबै संरचनामा अपाङ्गता भएका व्यक्तिको समान सहभागिता हुनुपर्छ : राष्ट्रपति

काठमाडौँ, मङ्सिर १७ गते ।  राष्ट्रपति रामचन्द्र पौडेलले अपाङ्गता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ । अपाङ्गता भएका व्यक्तिहरूको ३४औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइको सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्दैै उहाँले शिक्षा, स्वास्थ्य र रोजगारीको अवसरबाट वञ्चित अपाङ्गता भएका व्यक्तिहरूको […]

नारखोलामा जुट्यो लगानी

काठमाडौँ, मङ्सिर १७ गते ।  ६१ मेगावाटको नारखोला जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ । सिँगटी हाइड्रो लिमिटेडको मुख्य लगानीमा निर्माण हुन लागेको यो आयोजनाको वित्त व्यवस्थापनका सम्झौतामा सोमबार हस्ताक्षर भएको हो । सम्झौतामा नारखोला हाइड्रो इनर्जी प्रालिका अध्यक्ष बटु लामिछाने र कुमारी बैङ्कका प्रमुख क्षेत्रीय कर्जा अधिकृत अर्पण पोखरेलले हस्ताक्षर गर्नुभयो । आयोजनामा कुमारी […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल