काठमाडौँ, मङ्सिर १६ गते । सेजन दिवसका अवसरमा विभिन्न विधामा आर्थिक पत्रकारलाई पुरस्कार तथा अवार्ड प्रदान गरिएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २९ औँ वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित कार्यक्रममा आर्थिक पत्रकारलाई अवार्ड वितरण गरिएको हो । जस अनुसार यस वर्षको सेजन अवार्ड अनलाइन खबर डटकमका पत्रकार भुवन पौडेल र नयाँ पत्रिका दैनिकका […]
स्याङ्जा, मङ्सिर १६ गते । पुतलीबजार नगरपालिका –७ ठुलाडिहीमा ज्यान मार्ने उद्योग मुद्दामा फरार प्रतिवादी ६९ वर्षीय हुमबहादुर शाही (ठकुरी भेना) लाई प्रहरीले पुनः पक्राउ गरेको छ । ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा धरौटीमा छुटेका शाहीलाई उच्च अदालत पोखराको पछिल्लो आदेशपछि प्रहरीले खोजी गरेको थियो । गत साउन ६ गते घरको बारीमा सुन्तलाको बिरुवा रोप्दै गर्दा […]
काठमाडौँ, मङ्सिर १६ गते । राष्ट्रिय सभा सदस्य निर्वाचनका विषयमा अध्यक्ष नारायणप्रसाद दाहाल र निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीबिच भेटवार्ता भएको छ । अध्यक्ष दाहालको कार्यकक्ष सिंहदरबारमा सोमबार दिउँसो द्विपक्षीय भेटवार्ता भएको हो । माघ ११ गतेका लागि तय भएको राष्ट्रिय सभा सदस्य निर्वाचनका विषयमा कुराकानी भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । भेटमा भण्डारीले […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) टाढाको यात्राको व्यवस्थापनमा खर्च बढ्नेछ । केही चुनौतीहरू देखिनेछन् । अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला । हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत भएपनि त्यसबाट […]
काठमाडौँ, मङ्सिर १५ गत । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले राष्ट्रिय लिग फुटबल पुस २५ गतेबाट सुरु गर्ने भएको छ । एन्फा कार्यसमितिको सोमबार बसेको आपत्कालिन बैठकले राष्ट्रिय लिग पुसमा गर्ने निर्णय गरेको हो । यस्तै बैठकले शहिद स्मारक ‘ए’ डिभिजन लिग गर्ने निर्णय पनि गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बसेको बैठकले राष्ट्रिय लिग […]
काठमाडौँ, मङ्सिर १५ गते । नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा पदका उम्मेदवारले काउन्सिल सुधार गर्ने प्रतिवद्धता गरेका छन् । स्वास्थ्य खबर फाउन्डेसन र हेल्थ कन्सर्नको आयोजनामा नेपाल मेडिकल काउन्सिल : ‘नवीन नेतृत्व, नयाँ दृष्टिकोण’ शीर्षकमा अन्तरसंवाद कार्यक्रममा काउन्सिलको उपाध्यक्षमा पदका उम्मेदवारले काउन्सिल सुधार गर्ने प्रतिवद्धता गरेका हुन । आगमी पुसमा हुने नेपाल मेडिकल काउन्सिलको निर्वाचनका लागि उपाध्यक्ष पदका […]
पाटन (ललितपुर), मङ्सिर १५ गते । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय महाधिवेशन आगामी पुस २६ देखि २८ गतेसम्म काठमाडौँ गर्ने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा आज बसेको केन्द्रीय समितिको बैठकले पुस २६ देखि तीन दिनसम्म बस्नेगरी महाधिवेशको मिति तोकेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो । गत असोज २८ गतेदेखि जारी केन्द्रीय समितिको […]
काठमाडौँ, मङ्सिर १५ गते । नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि क्रियाशील सदस्य तथा नयाँ क्रियाशील सदस्य मङ्सिर २० गतेभित्र वितरण गर्ने निर्णय भएको छ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै सोमबार कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सम्पन्न भएको तथा बैठकले सो निर्णय गरेको जानकारी दिनुभयो । उहाँकाअनुसार कांग्रेसको १५ औं महाधिवेशन आगामी […]
काठमाडौँ, मङ्सिर १५ गते । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधान अनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेको इजलासले आज २४ घण्टाभित्र विश्वासको मत लिन लगाउन प्रदेश प्रमुख यादवको नाममा परमादेश जारी गरेको हो । “मुख्यमन्त्री नियुक्तिको विषय विलम्ब नगरी यथाशीघ्र टुङ्गो […]
काठमाडौँ, मङ्सिर १५ गते । नेपाल सरकारले श्रीलङ्कामा हालै आएको विनाशकारी बाढीका कारण अनेकौँ जनजीवनको क्षति र देशभर व्यापक क्षतिबारे गहिरो दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्तीमार्फत श्रीलङ्का सरकार र त्यहाँका जनताप्रति समवेदना प्रकट गरेको हो । द्विपक्षीय नातासम्बन्धको आत्मीय भावनाका आधारमा, यस कठिन घडीमा नेपाल सरकारले श्रीलङ्कासँग दृढतापूर्वक उभिएको उल्लेख गरेको […]