भैरहवा, चैत १६ गते । पाँच सय कुलपुत्र प्रवज्या कार्यक्रम अन्तर्गत भैरहवामा आयोजित धम्मयात्रा सफलतापूर्वक सम्पन्न भएको छ । करिब पाँच सय नवप्रवजित सामणेर तथा भिक्षुको सहभागितामा सम्पन्न यात्राले शान्ति, करुणा र सहअस्तित्वको सन्देश प्रवाह गरेको छ । भगवान् बुद्धले राजगृहदेखि कपिलवस्तुसम्म गरेको ऐतिहासिक पदयात्राबाट प्रेरित यस धम्मयात्रालाई धार्मिक अनुष्ठान मात्र नभई सामाजिक रूपान्तरणको अभियानका रूपमा प्रस्तुत […]
वराहक्षेत्र, चैत १६ गते । बेमौसममा गोलभेडा उत्पादन गरेर पूर्वी नेपालका सहरमा राम्रो बजार पाएको सुनसरीको श्रीलङ्का टापुमा उत्पादित गोलभेडाले यस सिजनमा पनि राम्रो भाउ पाएको छ। मङ्सिर महिनादेखि नै उत्पादन सुरु गरी राम्रो मूल्यमा बिक्री हुँदै आएको टापुको गोलभेडा चैतको दोस्रो सातासम्म पनि आकर्षक मूल्यमा बिक्री भएको कृषक अनिल चन्द्रवंशीले बताउनुभयो। उहाँका अनुसार मङ्सिरमा […]
काठमाडौँ, चैत १६ गते । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ । यसको प्रभाव रहदा देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू–भागमा आंशिक बादल लागेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा […]
काठमाडौँ, चैत १५ गते । सिन्धुपाल्चोक जिल्लाको नुल्थाला खर्क आसपास केन्द्रबिन्दु बनाएर गएराति भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार राति ११ बजेर ३५ मिनेटमा स्थानीय परिमाण (एमएल) ४.५ म्याग्निच्युडको भूकम्प गएको हो। खानी तथा भूगर्भ विभागअन्तर्गतको केन्द्रले दिएको जानकारीअनुसार उक्त भूकम्पको केन्द्र सिन्धुपाल्चोकको नुल्थाला खर्क क्षेत्रमा परेको हो। भूकम्पको धक्का […]
काठमाडौँ, चैत १४ गते । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को पहिचान २०७८ सालभन्दा अघि जागरणका गीतसँगै सुधारका पक्षमा निरन्तर खबरदारी गर्ने गायक एवं अभियन्ताका रूपमा थियो । २०७९ सालको स्थानीय तह निर्वाचनले उहाँको पहिचान फेरिदियो । स्थानीय तहको निर्वाचनमा उहाँ काठमाडौँ महानगरपालिका प्रमुखमा निर्वाचित हुनुभयो । महानगरप्रमुख हुँदा साहसिक काम र सङ्घीय सरकारसँग स्थानीय […]
भक्तपुर, चैत १४ गते । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ । सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई शनिबार बिहानै प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवम् प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिनुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक खड्काको कमाण्डमा खटिएको […]
बनेपा, चैत १४ गते । शुक्रबार साँझ परेको वर्षाका कारण पूर्वी तराई र पहाडी जिल्ला जोड्ने बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार रोसी खोलामा पानीको बहाव बढेकाले राजमार्ग सञ्चालन असम्भव भएको हो। प्रहरीका अनुसार बीपी राजमार्गअन्तर्गत नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा, रोसी गाउँपालिका–७ घुमाउने, रोसी गाउँपालिका–९ विरुवाडाँडा र रोसी गाउँपालिका–११ कालढुङ्गामा […]
काठमाडौँ, चैत १४ गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४०, आलु रातो प्रतिकिलो रु २०, आलु रातो (भारतीय) […]
काठमाडौँ, चैत १४ गते । गृहमन्त्री सुधन गुरुङले कानुनभन्दा माथि कोही नहुने बताउनुभएको छ । शनिबार बिहान पूर्वप्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ पर्नुभएपछि सामाजिक सञ्जालमा लेख्नुहुँदै गृहमन्त्री गुरुङले यो प्रतिसोध नभइ न्यायको सुरुवात भएको बताउनुभयो । ‘‘PROMISE IS A PROMISE : कानुनभन्दा माथि कोही छैन । पूर्वप्रधानमन्त्री […]
म्याग्दी, चैत १३ गते । विश्व शान्ति, मानव कल्याण र आध्यात्मिक जागरणको कामनासहित म्याग्दीको बेनीस्थित कालिगण्डकी र म्याग्दी नदीको संगमस्थलमा साढे दुई करोड दीप प्रज्ज्वलन गरिएको छ। रामनवमीको अवसर पारेर विश्व हिन्दु महासंघ म्याग्दीको आयोजनामा शुक्रबार भव्य रूपमा गरिएको दीप प्रज्ज्वलन कार्यक्रममा गाउँगाउँबाट सयौँ भक्तजन भजनकीर्तनसहित सहभागी भएका थिए। दीप प्रज्ज्वलनमा गाउँगाउँबाट सयौंको संख्यामा भक्तजनहरु […]