हिले, जेठ ११ गते । सप्तकोशी उच्च बाँध बहुउद्देश्यीय आयोजना तथा सुनकोशी स्टोरेज कम डाइभर्सन आयोजनाले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) का लागि ड्रिलिङ कार्य अघि बढाएको छ । आयोजनाका निमित्त प्रमुख सहदेव थापाका अनुसार कोशी उच्च बाँध निर्माण कार्य अघि बढाउनका लागि विस्तृत अध्ययनको कार्य आरम्भ गरिएको हो । सप्तकोशी नदीबाट तीन हजार मेगावाट बिजुली […]
महाभारत पर्वत शृङ्खलाको फेदीमा फैलिएको छ, पनौती । नाला, बनेपा हुँदै बग्ने पुण्यमती र फुलचोकी डाँडातर्फबाट आएको रोशीखोलाको सङ्गममा रहेको पनौती इतिहास, पुरातत्व, सम्पदा, संस्कृति र प्रकृतिले धनी छ । काठमाडौँबाट करिब ३० किलोमिटरको दुरीमा रहेको पनौती पर्यटकीय हिसाबले महत्त्वपूर्ण गन्तव्य हो । हाँडीगाउँको मानेश्वरी, ललितपुरको हरसिद्धि, भक्तपुरको नवदुर्गा गण जस्ता सांस्कृतिक पर्व, परम्परा पनौतीसँग […]
बागलुङ, जेठ १० गते । ट्याक खुलेको २५ वर्षपछि ओढारचौर–ढोडेनी सडक कालोपत्र भएको छ । सदरमुकामबाट नजिकै रहेर पनि सडक सुविधाबाट बञ्चित बनेका बागलुङ नगरपालिका वडा नं. ४ ढोडेनीबासीले गैँची, बेल्चा र कोदालोको सहायताले २०५६ सालमा ट्याक खोलेको ओढोरचौर–ढोडेनी कालोपत्र गरिएको हो । सडक विस्तार, नाली, टेवा पर्खाल निर्माण, घुम्ती तथा ग्रेड सुधार गरेर कालोपत्रको […]
मकवानपुर, जेठ १० गते । गएरातिबाट अवरुद्ध बनेको कान्ति लोकपथ शनिबार बिहानबाट सञ्चालनमा आएको छ । मकवानपुर भीमफेदी गाउँपालिका वडा नं. ८ बगुवास्थित कान्तिलोकपथ सडक खण्डमा मकवानपुर र ललितपुर जोड्ने बागमती पुलको साइडमा भरिएको ग्राभेल र माटो बगाएपछि कान्ति लोकपथ शुक्रबार रातिबाट अवरुद्ध बनेको थियो । खोलामा पानीको बहाव कम हुँदै गएको र मर्मत गरेर […]
सिँजा (जुम्ला), जेठ १० गते । जुम्लामा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको तिला गाउँपालिका – ४ स्थित भोटचौरमा क १ ह ३१ नम्बरको अटो दुर्घटना हुँदा अटो चालक ४४ वर्षीय रणबहादुर कुँवरको मृत्यु भएको तिला गाउँपालिकामा रहेको कुडारी प्रहरी चौकीका प्रहरी हवल्दार बैजु महत्तोले जानकारी दिनुभयो । शुक्रबार तातोपानी गाउँपालिका–१ […]
दार्चुला, जेठ १० गते । सुदूरपश्चिम प्रदेश सरकारले पहाडी जिल्ला दार्चुला र बैतडीका ३४ ठाउँको पहिरो नियन्त्रण गरेको छ । चालु आर्थिक वर्ष २०८१/०८२ मा सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गतको भू–तथा जलाधार व्यवस्थापन कार्यालय दार्चुलाबाट वर्षातका बेला वा विभिन्न कारणले खसेको पहिरो नियन्त्रण गरी घर, खेतीयोग्य जमिन र पाखो जमिनलाई जोगाएको छ । भू–तथा जलाधार व्यवस्थापन कार्यालय […]
काठमाडौँ, जेठ १० गते । सङ्घीय राजधानीको प्रदेशविन्दु नागढुङ्गानौबिसे सडक आजदेखि हरेक दिन दिउँसो साढे ४ घण्टा बन्द हुने भएको छ । नारायणगढ– मुग्लिन सडक योजना (पूर्वी खण्ड) ले आजदेखि यही जेठ २५ गतेसम्म बिहान १०ः३० बजेदेखि अपाह्न ३ः०० बजेसम्म उक्त सडक बन्द गरेर काम थालेको जनाएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले […]
बिजुवार, जेठ ९ गते। प्यूठानको एक दुर्गम बस्तीलाई सडक सञ्जालमा जोड्ने १२ वर्षदेखिको सपना साकार भएको छ। नौबहिनी गाउँपालिका–७ को मैरामारेदेखि प्यूठान नगरपालिका–५ को जुम्रीकाँडासम्मको सडकखण्डमा ट्रयाक खुलेपछि स्थानीय हर्षित भएका छन्। नागनगेनीभीरको अप्ठ्यारो पहरा छिचोल्न नसक्दा सडक निर्माण रोकिएको थियो। ब्रेकर प्रयोग गरी एक महिनाको मिहिनेतपछि उक्त पहरा फोरेर सडक खोल्न सफल भएको हो। […]
काठमाडौँ, जेठ ११ गते । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालमा पछिल्ला दुई दशकमा चमत्कारी ढंगले गरिबी घटेको बताउनु भएको छ। शुक्रवार पार्टी कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रजातन्त्रको आगमनसँगै देशमा विकासको नयाँ लहर सुरु भएको बताउनुभयो। उहाँले भन्नुभयो, ‘‘प्रजातन्त्र आयो, विकासको एउटा नयाँ लहर आयो, त्यसले भौतिक, पूर्वाधार, सामाजिक क्षेत्र, शिक्षा […]
काठमाडौँ, जेठ ९ गते । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्वदेशमै सीपको उपयोग र लगानी गर्ने वातावरण सिर्जना गर्न जरुरी भइसकेको बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । सभापति देउवाले रोजगारी सिर्जना गरी युवा जनशक्ति स्वदेशमै रहने वातावरण मिलाउनुपर्ने बताउनुभयो । उहाँले राष्ट्रिय नीतिमै रोजगारीलाई […]