छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ दिइँदै

काठमाडौँ, कात्तिक १० गते । कात्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज (सोमबार) साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिइँदैछ । बिहानै स्नान गरी दिनभर निर्जल व्रत गरेका व्रतालुले बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने व्रत विधि रहेको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व […]

शान्ति सुरक्षाको अवस्था र निर्वाचन तयारीबारे जानकारी लिन गृहमन्त्री मधेस जाने

काठमाडौँ, कात्तिक ९ गते ।  शान्ति सुरक्षाको अवस्था र चुनावका लागि आवश्यक तयारीबारे जानकारी लिन गृहमन्त्री ओमप्रकाश अर्याल मधेस प्रदेशको भ्रमणमा जानुहुने भएको छ। मन्त्री अर्यालसँगै भ्रमणदलमा उद्योग र कानुनमन्त्री अनिलकुमार सिन्हा, युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता र गृहसचिव रामेश्वर दंगाल रहनुहुनेछ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाबारे […]

खेलकुद मन्त्री गुप्ताद्वारा पदबहाली

काठमाडौँ, कात्तिक ९ गते । नवनियुक्त युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आइतबार आफ्नो पदबहाली गर्नुभएको छ । सिहंदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री गुप्ताले पदभार ग्रहण गर्दै आगामी दिनमा युवा तथा खेलकुद मन्त्रालयअन्र्तगतका सबै निकायका सबै बैठकको प्रत्यक्ष प्रशारण गर्ने निर्णयमा हस्ताक्षरसमेत गर्नुभयो । उहाँले खेलकुद क्षेत्रको विकासका लागि बोलेरभन्दा पनि काम गरेर देखाउने […]

छठ पर्वको दोस्रो दिन खरना विधि सम्पन्न

महोत्तरी, कार्तिक ९ गते ।  सूर्य उपासना र आस्थाको चार दिवसीय पर्व छठको दोस्रो दिन आइतबार साँझ  महोत्तरी सहित देशभर घर–आँगनमा भक्तिभावका साथ खरना विधि सम्पन्न गरिएको छ। छठको दोस्रो दिन ‘खरना’ पञ्चमी तिथिमा पर्दछ, जसको अर्थ पापको क्षय र आत्मशुद्धिकरण हो। खरनाको दिन व्रतालुहरूले आज दिनभरि निर्जला व्रत बसेर, साँझ नुहाएर शुद्ध भई कुलदेवताका […]

रेन्जर धिताल र पत्रकार शाही कुटिए

नेपालगन्ज, कात्तिक ९ गते ।  बाघको आक्रमण पटक–पटक भइरहँदा पनि बेवास्ता गर्नेगरेको जनाउँदै बाँके राष्ट्रिय निकुञ्जप्रति राप्ती सोनारी गाउँपालिकाका स्थानीय आक्रोशित भएका छन् । राप्तीसोनारी –९ बुच्चापुरका स्थानीयले आक्रोेशित हुँदै बाँके राष्ट्रिय निकुञ्जका रेन्जरलाई कुटपिट गरेका हुन् । सो क्रममा समाचार संकलनमा गएका एकजना पत्रकारमाथि कुटपिट भएको छ । बाघले मान्छेको ज्यान जानेगरि आक्रमण गर्दा […]

विश्वकप लिग–२ : नेपाल अमेरिकासँग १०६ रनले पराजित

काठमाडौँ, कात्तिक ९ गते । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएई शृङ्खलाको पहिलो खेलमा नेपाल अमेरिकासँग एक सय ६ रनले पराजित भएको छ । दुबई इन्टरनेशनल क्रिकेट मैदानमा आइतबार जितका लागि दुई सय ६३ रनको लक्ष्य पछ्याएको नेपाल ३९.१ ओभरमा सबै विकेटको क्षतिमा एक सय ५६ रनमा समेटियो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४० रन […]

विभिन्न जिल्लाका प्रजिअसहित गृहका कर्मचारीको सरुवा

काठमाडौँ, कात्तिक ९ गते । गृह मन्त्रालयले आज विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सहसचिवहरुको सरुवा गरेको छ । मन्त्रालको आजको निर्णयानुसार सहसचिव र प्रजिअ गरी ३६ कर्मचारीको सरुवा तथा पदस्थापन गरिएको हो । मन्त्रालयले आज साँझ जारी गरेको सूचनामा कुल ३१ प्रमुख जिल्ला अधिकारी, एक प्रमुख अध्यागमन अधिकृत, दुई  सहसचिव र दुई महानिर्देशकको सरुवा […]

छठसँगै खुसी आउँछ डोम समुदायमा

गौशाला (महोत्तरी), कात्तिक ९ गते ।  मधेशमा अति विपन्न र अल्पसङ्ख्यक जातिको सूचीमा पर्छन् । गरिबी र विपन्नताका कारण ज्याला मजदुरी गरेर जीविका चलाउने यस समुदायका विपन्न परिवारका लागि सधैँ आम्दानीको अवसर जुट्दैन । दैनिक ज्याला मजदुरी गरेर जीविका चलाउने यस समुदायलाई प्रायः हातमुख जोर्नकै समस्या भोग्न बाध्य हुन्छन् । डोम समुदाय मात्र होइन, मधेशका […]

लेकाली भेगका किसानको आम्दानीको स्रोत सतुवा

भोजपुर,  कात्तिक ९ गते । जिल्लाका लेकाली भेगका किसान पछिल्ला वर्षहरूमा व्यावसायिक सतुवा ९जडीबुटी० खेतीतर्फ आकर्षित भएका छन् । मनग्य आम्दानी र औषधीय उपयोगका कारण यो खेती किसानको प्रमुख रोजाइ बन्दै गएको हो । टेम्केमैयुङ गाउँपालिका–१ तिम्मा, वडा नं ५ को माथिल्लो भेग, भोजपुर नगरपालिका–२ हेलौछा, षडानन्द नगरपालिका–९ किमालुङ र वडा नं १० साम्पाङ, आमचोक […]

पर्यटकको पर्खाइमा नदैगुफा

जुम्ला,  कात्तिक ९ गते ।  तिला गाउँपालिका– ९ माथिल्लो खोप्री गाउँमा रहेको नदैगुफा पर्यटकीय तथा धार्मिक दृष्टिले महत्त्वपूर्ण स्थान हो । पर्याप्त प्रचारप्रसार र पूर्वाधार अभावका कारण उक्त गुफा अहिले पर्यटकको पर्खाइमा छ । धार्मिक दुष्टिकोणले नदैगुफा ऐतिहासिक महत्व बोकेको पर्यटकीय गन्तव्य हो । प्रचारप्रसार र यातायातको अभावले यो क्षेत्र ओझेलमा परेको छ । अहिले […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल