गरिबी चमत्कारी ढंगले घटेको छ : महामन्त्री थापा

काठमाडौँ, जेठ ११ गते । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालमा पछिल्ला दुई दशकमा चमत्कारी ढंगले गरिबी घटेको बताउनु भएको छ। शुक्रवार पार्टी कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रजातन्त्रको आगमनसँगै देशमा विकासको नयाँ लहर सुरु भएको बताउनुभयो। उहाँले भन्नुभयो, ‘‘प्रजातन्त्र आयो, विकासको एउटा नयाँ लहर आयो, त्यसले भौतिक, पूर्वाधार, सामाजिक क्षेत्र, शिक्षा […]

शिक्षा र निजामति ऐन ल्याउने कुरामा काँग्रेस दृढ छ : सभापति देउवा

काठमाडौँ, जेठ ९ गते ।  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्वदेशमै सीपको उपयोग र लगानी गर्ने वातावरण सिर्जना गर्न जरुरी भइसकेको बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । सभापति देउवाले रोजगारी सिर्जना गरी युवा जनशक्ति स्वदेशमै रहने वातावरण मिलाउनुपर्ने बताउनुभयो । उहाँले राष्ट्रिय नीतिमै रोजगारीलाई […]

अपाङ्गता भएकालाई भारतमा लगेर कृत्रिम अङ्ग

खजुरा, जेठ ९ गते । कोहलपुर नगरपालिकाले नगरभित्रका सम्पूर्ण वडाका अपाङ्गता भएका नागरिकलाई कृत्रिम अङ्ग (हात, खुट्टा र क्यालिफरलगायतका सहायक सामग्री) जोड्नका लागि भारत लगेको छ । नगरपालिकाको महिला, बालबालिका तथा समावेशीकरण उपशाखाले नगरका सबै वडाबाट छनोट गरेर कृत्रिम अङ्ग हाल्नुपर्ने शारीरिक अपाङ्गता भएका नागरिकलाई बुधबार भारत लगेर गएको हो । महिला विकास निरीक्षक तथा अपाङ्गता भएका […]

हिमाली क्षेत्रमा भेटिए औलोका बिरामी

सुर्खेत, जेठ ९ गते ।  हुम्लाको ताँजाकोट गाउँपालिकामा दुई जना औलोका र एक जना कालाजारका बिरामी भेटिएका छन् । स्वास्थ्य सेवा कार्यालय हुम्लाले हरेक वर्ष जिल्लाभर औलो र कालाजारका बिरामीको परीक्षण गर्ने क्रममा जिल्लाको तल्लो क्षेत्र ताँजाकोटमा दुई जना औलोेका र एक जना कालाजारका बिरामी भेटिएको कार्यालयका कीटजन्य रोगसम्बन्धी व्यक्ति रवीन्द्र देवकोटाले बताउनुभयो । औलोका […]

पर्यटकको पर्खाइमा तीन सय वर्ष पुरानो गाउँ ‘कुञ्छाल’

हेटौँडा, जेठ  ९ गते ।  तपाईँलाई अचम्म लाग्न सक्छ, सङ्घीय राजधानी काठमाडौँबाट मात्र एक घण्टाको मात्र दूरीमा रहेको रमणीय ‘कुञ्छाल’ गाउँमा तीन सय वर्ष पुराना घरमा बास बस्नमात्र होइन, तीन सय वर्ष अगाडि बनेका ढुङ्गेधाराको पानी पिउन पनि पाइन्छ । मकवानपुर जिल्ला थाहा नगरपालिकाभित्रका पुरानो गाउँ भए पनि झट्ट हेर्दा युरोपका स्वीटजरल्याण्ड र इटलीतिर देखिने […]

आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, जेठ ९  गते ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १३७ रुपैयाँ ९१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५५ रुपैयाँ २८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ९६ पैसा, युके पाउण्ड स्ट्रलिङ […]

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

काठमाडौँ,   जेठ ९ गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो […]

बैतडीको खलङ्गामा ५.१ रेक्टर स्केलको भूकम्प

काठमाडौँ, जेठ ९ गते । बैतडीको खलङ्गा क्षेत्रमा ५.१ रेक्टर स्केलको भूकम्प गएको छ।  शुक्रवार राती १ बजेर ४८ मिनेटमा उक्त क्षेत्रमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार उक्त भूकम्पको केन्द्रबिन्दु बैतडीको खलङ्गा आसपास क्षेत्र रहेको छ। भूकम्पको धक्का बैतडीसहित सुदूरपश्चिमका अन्य जिल्लाहरूमा पनि महसुस गरिएको जनाइएको छ।

२०८२ जेठ ०९ गते – 23, May, 2025, शुक्रवार , यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) हाड जोर्नीको समस्याले निकै सताउनेछ । आर्थिक कारोबारमा पनि समस्या आउनेछ । धार्मिक कार्यमा खासै रुचि नहोला । अरुको विश्वास सजिलै जित्न सकिनेछ । बौद्धिक कार्यमा तीब्रता आउनुको साथै जोश र जाँगर बढ्ने, पुराना समस्या सुल्झाउने अवसर मिल्नेछ । वृष (इ, उ, ए, ओ, बा, […]

नेपाली कांग्रेसले श्रमिकका मुद्दामा अन्तरक्रिया कार्यक्रम गर्ने

काठमाडौँ, २०८२ जेठ ८ — नेपाली कांग्रेसको श्रमिक तथा ट्रेड युनियन विभागले ‘श्रमजीवीका कुरा’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ। नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा सो कार्यक्रम जेठ ९ गते पार्टी कार्यालय सानेपामा दिउँसो १२:१५ बजे सुरु हुन लागेको हो। कार्यक्रममा श्रम, रोजगार र सामाजिक सुरक्षाका विविध पक्षमा विज्ञहरूले […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल