इजरायल, चैत ८ गते । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजाको दक्षिणी शहर रफाहमा आक्रमणको तयारी भइरहेको बताउनुभएको छ । तयारी भइरहे पनि आक्रमण सुरु गर्न केही समय लाग्ने बताउनु भयो । प्रधानमन्त्रीले रफाहबाट नागरिक आबादी हटाउने योजनालाई अनुमोदन गर्ने बताउनु भयो । रफाहमा लगभग १.५ मिलियन बिस्थापित प्यालेस्टिनीहरूले शरण लिएका छन् । गत हप्ता नेतान्याहुले […]
काठमाडौं- ८ चैत । इन्डोनेसियामा सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति र उपराष्ट्रपति पदका उमेदवार जोडी प्राबोवो सुब्यान्टो र जिब्रान राकाबुमिङ राका विजयी भएका छन् । देशको आमनिर्वाचन आयोग (केपीयू)ले बुधबार उनीहरूको जित घोषणा गरेको हो । आधिकारिक गणनाअनुसार प्रबोवो-जिब्रानले नौ करोड ६२ लाख १४ हजार ६९१ मत प्राप्त गरे । प्राबोवो वर्तमान रक्षामन्त्री हुन् […]
काठमाडौं- ८ चैत । बिहीबार भियतनामका उपराष्ट्रपति भो थि एन्ह जुआनलाई कार्यवाहक राष्ट्रपतिमा नियुक्त गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । भियतनामका राष्ट्रपति भो भान थुहाङले राजीनामा दिएको एक दिनपछि जुहानलाई कार्यबाहक राष्ट्रपति बनाइएको हो । भियतनामी राष्ट्रियसभा (एनए)को असाधारण अधिवेशनमा उक्त निर्णय गरिएको भियतनामी समाचार एजेन्सीले जनाएको छ । नयाँ राष्ट्रपति चयन नहुञ्जेलसम्म जुआनले कार्यवाहक […]
काठमाडौँ, २५ फागुन : जर्मनीको बर्लिनमा नेपालको पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरिएको छ । त्यहाँ आयोजित विश्वकै ठूलो पर्यटन व्यापार मेला ‘आइटिबी’ बर्लिन २०२४ मा नेपालको पर्यटन प्रवर्द्धन गरिएको प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले जनाएको छ । पाटा नेपालले नेपालको पर्यटन व्यवसायमा आबद्ध निजी क्षेत्रका ४० विविध पर्यटन र हस्पिटालिटी व्यावसायिक कम्पनीसँगको सहकार्यमा […]
काठमाडौँ, २४ फागुन : छिमेकी मुलुक चीनले गरेको आर्थिक विकासले नेपाललगायतका छिमेकी मुलुकलाई फाइदा पुग्नसक्ने बताइएको छ । चाइना मिडिया गुप्रको आयोजना तथा नेपाल–चीन युवामैत्री सङ्घको सहआयोजनामा बुधबार यहाँ आयोजित ‘चीनको आर्थिक विकास र छिमेकी देशका लागि नयाँ अवसर’ विषयक अन्तक्र्रियामा वक्ताहरूले चीनको आर्थिक विकासले अन्य छिमेकी मुलुकलाई फाइदा पुग्ने बताएका हुन् । कार्यक्रममा चीनका […]
काठमाडौँ, ३ फागुन : ‘अर्को विश्व सम्भव छ’ भन्ने नाराका साथ आजदेखि यहाँ सुरुहुने विश्व सामाजिक मञ्चको १६ औँ संस्करणमा ९२ मुलुकका करिब ४० हजारको सहभागिता हुने भएको छ । सम्मेलनबारे जानकारी दिन बुधबार आयोजित पत्रकार भेटघाटमा हालसम्म अन्तर्राष्ट्रिय श्रम सङ्गठन महासङ्घ एशिया प्रशान्त क्षेत्रका महासचिव सोया योसिदा, भारतका मानव अधिकारकर्मी तथा नर्मदा वचाओ आन्दोलनका […]
काठमाडौं । वैशाखमा आयोजना हुने लगानी सम्मेलनमा सहभागी हुन भारतीय व्यवसायी गौतम अडानीले चासो देखाएका छन्। भाइब्रेन्ट गुजरात समिटमा सहभागी हुन अहमदाबाद पुगेका अर्थमन्त्री डा. प्रकाशशरण महतको भेटमा भारतका अर्बपति अडानीले वैशाख १६ र १७ गते नेपालले आयोजना गर्न लागेको लगानी सम्मेलनमा सहभागी हुने प्रतिवद्धता जनाएका हुन् । नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्ने रुची देखाउँदै […]
खोटाङ, १६ माघ : वैदेशिक रोजगारमा पठाउने बहनामा ठगिएका यहाँका ४६ युवाले सम्बन्धित ‘म्यानपावर’ र ‘एजेन्ट’लाई कारबाहीको दायरामा ल्याउन माग गर्दै उजुरी दिएका छन् । उनीहरुले विसं २०७७ देखि हालसम्म ‘विदेश पठाइदिन्छु भन्दै पैसा लिएको तर, वर्षौँसम्म विदेश नपठाएको’ जनाउँदै आप्रवासी स्रोत केन्द्र दिक्तेलमा उजुरी दिएका हुन् । सुरक्षित आप्रवासन कार्यक्रम (सामी)का खोटाङ संयोजक सन्तोष […]
काठमाडौँ, ४ पुस : प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काका विदेशमन्त्री एमयूएम अली साब्री आज नेपालको औपचारिक भ्रमणमा आउँदै हुनुहुन्छ । उहाँले आज पुस ४ देखि ७ सम्म नेपालको औपचारिक भ्रमण गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । विदेशमन्त्री साब्री पुस ५ र ६ गते काठमाडौँमा आयोजना हुने नेपाल–श्रीलङ्का संयुक्त आयोगको पहिलो बैठकमा सहभागी हुन नेपाल भ्रमणमा आउन […]
काठमाडौँ, १८ मङ्सिर : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ‘कोप’ २८’ महत्वपूर्ण र नेपालको हितमा भएको बताउनुभएको छ । संयुक्त अरब इमिरेट्सका प्रधानमन्त्री तथा उपराष्ट्रपति शेख मोहम्मद बिन रसिद अल मोक्तमको निमन्त्रणामा दुबईमा आयोजना भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ‘कोप’ २८’मा सहभागी भई आइतबार साँझ स्वदेश फर्किएपछि दिनुभएको प्रतिक्रियामा […]